काठमाण्डौ – नेकपा एमालेका सचिव छविलाल विश्वकर्मा तेस्रो पटक संसद् प्रवेश गर्दै हुनुहुन्छ । सचिव विश्वकर्मा यस पटक पनि रुपन्देही क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभएको छ । उहाँले आफ्नै पूर्वसहकर्मी घनश्याम भुसाललाई ३ हजार ५ सय ६४ मतान्तरले पराजित गर्नुभएको हो ।
बुटवल उपमहानगरपालिका–११, रुपन्देहीका स्याथी बासिन्दा विश्वकर्मा २०१९ मङ्सिर २३ गते स्याङ्जा जिल्लामा जन्मिनुभएको हो । विसं २०७४ को चुनावमा त्यसै क्षेत्रबाट विजयी हुनुभएका उहाँले यस पटक २४ हजार ८ सय ७२ मत ल्याई प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभयो । नि...