रुपन्देही १ मा छविलाल विश्वकर्मा निर्वाचित, घनश्याम भुसाल पराजित

काठमाडौं । रुपन्देही १ बाट प्रतिनिधिसभा सदस्य पदमा एमालेका छविलाल विश्वकर्मा निर्वाचित हुनुभएको छ । नेकपा एमाले परित्याग गरेर स्वतन्त्रबाट उम्मेदवारी दिएका घनश्याम भुसाल प्रतिनिधि सभा सदस्यमा पराजित हुनुभएको छ । विश्वकर्माले २४ हजार ८७२ मत प्राप्त गर्नुभएको छ भने भुसालले २१ हजार ३०८ मत प्राप्त गर्नुभएको छ ।

सम्बन्धित सामग्री

घनश्याम भुसाल पराजित, रुपन्देही १ मा एमालेका छविलाल विश्वकर्मा विजयी

बुटवलः प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुपन्देही १ बाट नेकपा एमालेका छविलाल विश्वकर्मा विजयी भएका छन्। एमालेका सचिव तथा लुम्बिनी प्रदेश इन्चार्जसमेत रहेका विश्वकर्माले सत्ता गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाललाई ३ हजार ५६४ मतान्तरले पराजित गरेका हुन्। विश्वकर्माले २४ हजार ८७२ मत ल्याएर विजयी हुँदा भुसालले २१ हजार ३०८…

रुपन्देही– १ मा छविलालको अग्रता कायमै, घनश्याम दोस्रो

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ अन्तर्गत रुपन्देही १ को मतगणना जारी छ ।  रुपन्देहीको देवदह बहुमुखी क्याम्पसमा भइरहेको मतगणनामा  हालसम्म ६३ हजार १ यस ८ मत गणना भएको छ ।जसमा सबैभन्दा धेरै नेकपा एमालेका छविलाल विश्वकर्मा (सूर्य) ले १५ हजार १ सय ९८ मतसहित अग्रता कायम गरेका छन् भने स्वतन्त्र बाम उम्मेदवार घनश्याम भुसाल (त्रिभुज) ले १२ हजार ५ सय ५३ मत प्राप्त गरेर दोस्रो स्थानमा छन् । तेस्रो स्थानमा रहेका नागरिक उन्मुक्ति पार्टीबाट धनिराम चौधरी (ढकीया) ८ हजार ४ सय ९६ मत प्राप्त

घनश्याम भुसाल ५७८ मतले पछि

रुपन्देही क्षेत्र १ मा स्वतन्त्र उम्मेदवार घनश्याम भुसाल नेकपा एमालेका उम्मेदवार छविलाल विश्वकर्मा भन्दा पछाडि रहेका छन् ।

यसकारण चुनावी चर्चाकाे उचाइमा छ रुपन्देही-१

रुपन्देही- राजनीतिक पूर्वसहकर्मीबीचको प्रतिस्पर्धाले रुपन्देही निर्वाचन क्षेत्र नं १ को चुनावी चर्चा उचाइमा छ । नेकपा (एमाले) का सचिव छविलाल विश्वकर्मा र निर्वाचनकै समयमा पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसाल चुनावी प्रतिस्पर्धामा रहेकाले यो क्षेत्रको निर्वाचन सबैका लागि चासोको विषय बनेको छ ।    &nbs...

रुपन्देही १ मा एउटै पार्टीका सहकर्मी भुसाल र विश्वकर्माबीच राेचक प्रतिस्पर्धा

बुटवल । एउटै पार्टीमा बसेर तीनदशक बढी सहकार्य गरेका नेताहुन्, घनश्याम भुसाल र छविलाल विश्वकर्मा अहिले रुपन्देही निर्वाचन १ मा आमन्ने सामन्ने भएकाले पनि निकै रोचक देखिएको छ । विद्यार्थीकालदेखि राजनीतिकमा होमिएका भुसाल एमालेको उप महासचिवसम्म चुनिए । एमालेको पछिल्लो महाधिवेशनमा भुसाल उपाध्यक्षमा पराजित हुँदा विश्वकर्मा भने केन्द्रिय सचिवमा निर्वाचित भए । यी दुई नेताको […]

घनश्याम भर्सेस छविलाल : यस्तो छ स्थानीय चुनावको मतभार

दुई पूर्वसहयात्री नेताको प्रतिस्पर्धा रहेको रुपन्देही- १ को चुनावी माहोल रोचक मोडमा पुगेको छ । एमाले सचिव छविलाल विश्वकर्मा र पूर्वएमाले नेता घनश्याम भुसाल आमनेसामने भएको यो क्षेत्रप्रति धेरैको चासो र चर्चा छ ।

रुपन्देही १ मा विश्वकर्मा र भुषालबीच प्रतिस्पर्धा

रुपन्देहीको निर्वाचन क्षेत्र १ यतिबेला सबैको चासोको केन्द्र बनेको छ । भर्खरै मात्र एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसाल र एमाले सचिव छविलाल विश्वकर्मा यतिबेला एकअर्काका प्रतिस्पर्धी बनेर मैदानमा हुनुहुन्छ ।

पूर्वसहयात्री छविलाल र घनश्यामबीच रोचक प्रतिष्पर्धा

बुटवल । केही समयअघिसम्म एउटै पार्टीमा सहयात्री रहेका एमाले सचिव छविलाल विश्वकर्मा र पूर्वएमाले नेता घनश्याम भुसाल अहिले एकअर्काका प्रतिष्पर्धी छन् । एउटै पार्टी कमिटीमा काम गरेका उनीहरू अहिले भने एक अर्काको आलोचनामा सबभन्दा बढी समय बिताउने गरेका छन् । रुपन्देही क्षेत्र नम्बर १ का उम्मेदवार बनेका घनश्याम भुसालले एमालेले प्रतिष्पर्धी उम्मेदवार छविलालमाथि तीखो टिप्पणी गर्दै […] The post पूर्वसहयात्री छविलाल र घनश्यामबीच रोचक प्रतिष्पर्धा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पूर्व सहयात्री छविलाल र घनश्यामबीच रोचक प्रतिस्पर्धा

केही समयअघिसम्म एउटै पार्टीमा सहयात्री रहेका एमाले सचिव छविलाल विश्वकर्मा र पूर्वएमाले नेता घनश्याम भुसाल अहिले एकअर्काका प्रतिस्पर्धी छन् । एउटै पार्टी कमिटीमा काम गरेका उनीहरू अहिले भने एक अर्काको आलोचनामा सबभन्दा बढी समय बिताउने गरेका छन् ।रुपन्देही क्षेत्र नम्बर १ का उम्मेदवार बनेका घनश्याम भुसालले एमालेले प्रतिस्पर्धी उम्मेदवार छविलालमाथि तीखो टिप्पणी गर्दै चुनाव प्रचार गरिरहेका छन् भने विश्वकर्माले भुसालमाथि राजनीतिक चरित्र नभएको र पार्टी छाड्दै हिंड्नेको कुनै विश्वास नहुने भन्दै मत मागिरह

सधैँ शक्तिको केन्द्रमा रुपन्देही : जुनसुकै सरकार आए पनि कोही न कोही मन्त्री !

केन्द्रीय राजनीतिमा रूपन्देहीबाट प्रभावशाली नेताहरूको प्रतिनिधित्व छ । नयाँ बन्ने हरेक सरकारमा रुपन्देहीका कुनै न कुनै नेता प्रभावशाली मन्त्री बन्ने गर्छन् । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा पनि रुपन्देहीका प्रभावशाली कांग्रेस नेता बालकृष्ण खाँण गृहमन्त्री बनेका छन् ।  यहाँबाट एमालेका उपामहासचिवद्वय विष्णु पौडेल, घनश्याम भुसाल, कांग्रेस केन्द्रीय सदस्य खाँण, राप्रपाका वरिष्ठ नेता दीपक बोहोरा, जनता समाजवादी पार्टीका नेता सर्वेन्द्रनाथ शुक्ला, कांग्रेसकै भरतकुमार शाह, एमाले नेता छविलाल विश्वकर्मा, राध...