काठमाडौँ– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कम्युनिष्टहरूले काम गर्न नसकेको सन्देश जनतालाई दिनुपर्ने बताएका छन् । शनिबार काठमाडौँमा भएको कार्यक्रममा नेता सिंहले कम्युनिष्टहरूले मौका पाउँदा यसको सदुपयोग गर्न नसकेको सन्देश जनतामा लैजानुपर्ने बताएका हुन् । उनले जनताले म्यान्डेट दिँदासमेत काम गर्न नसक्ने कम्युनिष्टहरू नै रहेको पनि टिप्पणी गरे । नेता सिंहले नेपाली कांग्रेसले तीनवटै तहमा […]