ज्योति लाईफका संचालक अग्रवाल राउण्ड टेबल इन्टरनेशनलको उपाध्यक्षमा र्निवाचित

ज्योति लाइफ इन्स्योेरेन्स कम्पनी लिमिटेडका संचालक जयन्त कुमार अग्रवाल राउण्ड टेबल नेपालको तर्फबाट राउण्ड टेबल इन्टरनेशनलको उपाध्यक्ष पदमा निर्वाचित  भएका छन् । उनी उक्त पदमा निर्वाचित हुने पहिलो नेपाली हुन् । अग्रवालले राउण्ड टेबल इन्टरनेशनलको उपाध्यक्षको कार्यकाल समाप्ती पछि राउण्ड टेबल इन्टरनेशनलका अध्यक्षका रुपमा कार्य गर्नेछन् ।  राउण्ड टेबल संसारको ६८ देशहरुमा क्रियाशील संस्था हो । अहिलेसम्म राउण्ड टेबल नेपालले ३४८ कक्षा कोठासहित ५८ वटा विद्यालय निर्माण गरिसकेको छ ।  यस संस्थाको उद्देश्य युवाहरुलाई सक्रि...

सम्बन्धित सामग्री

राउण्ड टेबल नेपालको अध्यक्षमा अग्रवाल चयन

राउण्ड टेबल नेपालको अध्यक्षमा प्रवेश अग्रवाल चयन भएका छन् । गत शनिबार झापाको विर्तामोडमा सम्पन्न २४ औं वार्षिक साधारण सभाबाट अग्रवाल अध्यक्षमा चयन भएका हुन् ।

राउण्ड टेबल नेपालको २३औं वार्षिक साधारणसभा

काठमाडौं– राउण्ड टेबल नेपालको २३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन परित गर्नुका साथै लेखा परीक्षकको प्रतिवेदन पारित गरी नयाँ कार्य समिति समेत चयन गरेको छ । नयाँ कार्यसमितिको अध्यक्षमा नितेशकुमार अग्रवाल, उपाध्यक्षमा प्रवेश अग्रवाल, महासचिवमा प्रतिक अग्रवाल, कोषाध्यक्षमा साहिल अग्रवाल तथा सम्पादकमा पंकज झुनझुनवाला निर्वाचित भएका छन् । […]

राउण्ड टेबल नेपालको २३ औं वार्षिक साधारणसभा सम्पन्न, नयाँ कार्य समिति चयन

काठमाडौं । राउण्ड टेबल नेपालको २३ औ वार्षिक साधारणसभा भदौ ९ गते सम्पन्न भएको छ । काठमाडौंस्थित हायात होटलमा आयोजित साधारणसभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन परित गर्नुका साथै लेखा परिक्षकको प्रतिवेदन पारित गरी नयाँ कार्य समिति समेत चयन गरेको छ । नयाँ कार्यसमितिको अध्यक्षमा नितेशकुमार अग्रवाल, उपाध्यक्षमा प्रवेश अग्रवाल, महासचिवमा प्रतिक अग्रवाल, कोषाध्यक्षमा साहिल […]

राउण्ड टेबल नेपालको ‘प्याडिलक्स गर्ल्स अन ह्वील्स’ प्रतियोगिता सम्पन्न

काठमाडौं । ग्यालेक्सी पब्लिक स्कुल ज्ञानेश्वरमा ‘प्याडिलक्स गर्ल्स अन ह्वील्स’ प्रतियोगिता चैत ११ गते सम्पन्न भएको छ । राउण्ड टेबल नेपालअन्तर्गतका काठमाडौं एस राउण्ड टेबल नेपाल २१, काठमाडौं रोयल्स राउण्ड टेबल २३ र काठमाडौं रोयल्स लेडिज सर्कल ७ को आयोजनामा प्रतियोगिता गरिएको बताइएको छ । प्रतियोगितामा सृजना कोइराला र प्रज्ञा सापकोटाको जोडी प्रथम भएका थिए । यसैगरी मुस्कान अग्रवाल र तानिषा अग्रवालको जोडी दोस्रो तथा दीपा थापा र काजल श्रेष्ठको जोडी तेस्रो भएका थिए । विजेतालाई काठमाडौं एस २१ का अध्यक्ष निश्चल रुंगटा, काठमाडौं रोयल्स २३ का अध्यक्ष हिमांशु गोल्छा र काठमाडौं रोयल्स लेडिज ७ का अध्यक्ष शिवानी अग्रवालले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । स्कुटरमा चढेर विभिन्न खेलमा सहभागी भई प्राप्त गरेको अंकका आधारमा विजेता घोषणा गरिएको कार्यक्रम संयोजक सिद्धार्थ जाजोदियाले जानकारी दिए । त्यस्तै आरटीआई दिवसको अवसरमा संस्थाले रक्तदान कार्यक्रम गरेको छ । रक्तदान कार्यक्रमबाट १ हजार २८५ पिन्ट रगत संकलन गरेको बताइएको छ । काठमाडौं, वीरगञ्ज, विराटनगर, बिर्तामोड, धरान, नेपालगञ्ज, धनगढी, हेटौंडा, चितवन, नारायणगढ, जनकपुर लगायत शहरमा रक्तदान कार्यक्रम राखिएको आयोजकको भनाइ छ ।

ज्योति लाइफका संचालक अग्रवाल राउण्ड टेबल इन्टरनेशनलको अध्यक्षमा निर्वाचित

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका संचालक जयन्त कुमार अग्रवाल राउण्ड टेबल इन्टरनेशनलको अध्यक्षमा निर्वाचित भएका छन् । राउण्ड टेबल इन्टरनेशनल शिक्षा र स्वास्थ्य क्षेत्र अन्तर्गत सामाजिक कार्यमा सक्रिय गैरनाफामूलक संस्था हो ।  उनी उक्त पदमा निर्वाचित हुने पहिलो नेपाली भएको जनाइएको छ ।  राउण्ड टेबल संसारको ६८ देशहरुमा क्रियाशील संस्था हो । अहिलेसम्म राउण्ड टेबल नेपालले ३४८ कक्षा कोठासहित ५८ वटा विद्यालय निर्माण तथा अन्य कार्यहरु गरिसकेको छ ।संस्थाको उद्देश्य युवाहरुलाई सक्रिय बना

राउण्ड टेबल नेपालको अध्यक्षमा अग्रवाल निर्वाचित

राउण्ड टेवल नेपालको २२औँ साधारणसभाबाट नयाँ कार्यसमिति चयन भएको छ । १८ भदौमा सम्पन्न साधारणसभाले राहुल अग्रवालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।चितवनको नारायणघाटस्थित सिराइचुली होटलमा भएको साधारणसभाबाट उपाध्यक्ष नितेजकुमार अग्रवाल, महासचिवमा दिवस सुवेदी, कोषाध्यक्षमा साकेत मुरारका र राष्ट्रिय सम्पादकमा निखिल बंशल चयन भएका छन् ।निवर्तमान अध्यक्ष तथा अन्तर्राष्ट्रिय जनसम्पर्क अधिकृत आनन्द बाहेतीले आफ्नो […]

राउण्ड टेबल नेपालको अध्यक्षमा राहुल अग्रवाल निर्वाचित

राउण्ड टेबल नेपालको २२ औं साधारणसभाबाट नयाँ कार्यसमिति चयन भएको छ । राहुल अग्रवालको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको हो ।  चितवनको नारायणघाटस्थित सिराइचुली होटलमा भएको साधारणसभाबाट उपाध्यक्ष नितेजकुमार अग्रवाल, महासचिवमा दिवस सुवेदी, कोषाध्यक्षमा साकेत मुरारका र राष्ट्रिय सम्पादकमा निखिल बंशल चयन भए । निवर्तमान अध्यक्ष तथा अन्तर्राष्ट्रिय जनसम्पर्क अधिकृत आनन्द बाहेतीले आफ्नो कार्यकालमा गरेका कामको बारेमा अवगत गराएका थिए ।  सो कार्यक्रममा जर्मनी, फ्रान्स, भारत, बंगलादेश लगायतका

ज्योतिलाईफका सञ्चालक अग्रवाल उपाध्यक्षमा निर्वाचित

ज्योति लाइफ इन्स्योेरेन्स कम्पनीका सञ्चालक जयन्तकुमार अग्रवाल शिक्षा र स्वास्थ्य क्षेत्र अन्तर्गत सामाजिक कार्यमा सक्रिय गैरनाफामूलक संस्था राउण्ड टेबल नेपालको तर्फबाट राउण्ड टेबल इन्टरनेशनलको उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । अग्रवाल उक्त पदमा निर्वाचित हुने पहिलो नेपाली रहेको कम्पनीले दावी गरेको छ ।अग्रवालले राउण्ड टेबल इन्टरनेशनलको उपाध्यक्षको कार्यकाल समाप्तीपछि राउण्ड टेबल इन्टरनेशनलका अध्यक्षका रुपमा कार्य […]

राउण्ड टेबल इन्टरनेशनलमा नेपालका अग्रवाल उपाध्यक्षमा निर्वाचित

काठमाडौँ- राउण्ड टेबल इन्टरनेशनलमा पहिलो पटक राउण्ड टेबल नेपालका जयन्त अग्रवाल उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । अग्रवालले राउण्ड टेबल इन्टरनेशनलको आफ्नो उपाध्यक्षको कार्यकाल समाप्त भएपछि आफ्नो नयाँ कार्यकाल राउण्ड टेबल इन्टरनेशनलका अध्यक्षका रुपमा शुरु गर्ने छन् । राउण्ड टेबल इन्टरनेशनललाइ राउण्ड टेबल नेपालले लिड गर्न लागेको यो पहिलो पटक हो । राउण्ड टेबल संसारको […]

जयन्त अग्रवाल राउण्ड टेबल अध्यक्ष निर्वाचित

हालै अन्तर्राष्ट्रिय राउण्ड टेबल एसिया प्यासिफिक क्षेत्रकोे काठमाडौंमा सम्पन्न बेठकमा राउण्ड टेबल नेपालका पूर्वअध्यक्ष जयन्त अग्रवाल एसिया प्यासिफिक क्षेत्र को आगामी कार्यकाल (२०१९ देखि २०२० सम्म) का लागि अध्यक्ष निर्वाचित भएका छन् । उनी हेमन्त गोल्छा, मनोज केडिया, अमित बेगानी र आकाश गोल्छा पछिको एसिया प्यासिफिक क्षेत्रको अध्यक्षका रूपमा पाँचौं निर्वाचित भएका हुन् ।