वीरेन्द्रनगरको निषेधाज्ञा आज बिहानदेखि हट्यो : जनजीवन सामान्य बन्दै

सुर्खेत - सुर्खेतको वीरेन्द्रनगरमा लागेको निषेधाज्ञा हटेको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले वीरेन्द्रनगरमा लगाइएको निषेधाज्ञा आज बिहान ६ बजेदेखि हटाएको जनाएको छ । निषेधाज्ञा हटेसँगै जनजीवन सामान्य बन्न थालेको छ । गएको मङ्गलवार बेलुकी ७ बजेदेखि वीरेन्द्रनगरका मङ्गलगढी चोक, एरिचोक, हटिया चोक, हटिया लाइन क्षेत्रमा निषेधाज्ञा लगाइएको थियो । वीरेन्द्रनगरमा लगाइएको कर्फ्यु हटाएर निषेधाज्ञा लागू गरिएको थियो । गएको सोमवार एमसीसीको विरोधमा विभिन्न पार्टीले आह्वान गरेको बन्दका क्रममा वीरेन्द्रनगर तनावग्रस्त बन्दै गएपछि त्यही दिन...

सम्बन्धित सामग्री

नेपालगञ्जमा एक सातापछि हट्यो कर्फ्यु

रूपन्देही । बाँकेको नेपालगञ्जमा हिन्दू र मुस्लिम समुदायको विवाद कम गर्न स्थानीय प्रशासनले लगाउँदै आएको कर्फ्यु र निषेधाज्ञा हटाएको छ।् असोज १६ गते दिउँसोदेखि नेपालगञ्जमा कर्फ्यु लगाइएको थियो। त्यसपछि रातिमा कर्फ्यु र दिनमा निषेधाज्ञा लगाउने गरिएको थियो। नेपालगञ्जको जनजीवन सामान्य बन्दै गएपछि प्रशासनले कर्फ्यु र निषेधाज्ञाको समय घटाउँदै लगेको थियो। सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर […]

नेपालगन्जमा निषेधाज्ञा र कर्फ्यु हट्यो

बाँकेको नेपालगन्जमा एक हप्तादेखि स्थानीय प्रशासनले लगाउँदै आएको निषेधाज्ञा र कर्फ्यु हटेको छ। नेपालगन्जको जनजीवन सामान्य बन्दै गएपछि प्रशासनले कर्फ्यु र निषेधाज्ञाको समय घटाउँदै लगेको थियो।

मलङ्गवामा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी - NepaliPatra

मलङ्गवा । सर्लाही सदरमुकाम मलङ्गवामा शनिबारदेखि लगाइएको कर्फ्यु आज आइतबार बिहान ८ बजेदेखि हटाइएको छ । जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कर्फ्यु हटाइए पनि निषेधाज्ञा भने जारी रहने जानकारी दिए । कर्फ्यु हटाइएपछि मलङ्गवाको जनजीवन सामान्य बन्दै गएको छ । बजार, पसल खुल्न थालेका छन् भने यातायातका साधन चलन सुरु भएका छन् […]

मलङ्गवामा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

सर्लाही– सर्लाही सदरमुकाम मलङ्गवामा शनिबार अपराह्न ५ बजेदेखि लगाइएको कर्फ्यु आजबाट हटाइएको छ । जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कर्फ्यु हटाइए पनि निषेधाज्ञा भने जारी रहने जानकारी दिए । कर्फ्यु हटाइएपछि मलङ्गवाको जनजीवन सामान्य बन्दै गएको छ । बजार, पसल खुल्न थालेका छन् भने यातायातका साधन चलन सुरु भएका छन् । सर्वसाधारणहरु […]

स्याङ्जामा झण्डै पाँच महिना पछि हट्यो निषेधाज्ञा

स्याङ्जा । कोरोनाको संक्रमण बढ्दै गएपछि जिल्लाभर लगाइएको निषेधाज्ञा हटेको छ । गएको बैशाख २१ बाट लगाएकाे निषेधाज्ञा झण्डै ५ महिना पछि हटाईएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिनुभयो । पछिल्ला दिनहरुमा कोभिड–१९ को संक्रमणको दर न्यून हुँदै गएको तथा जिल्लाको जनजीवन समेत सामान्य बन्दै गईरहेको विश्लेषणका आधारमा जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकको […]

दार्चुलामा निषेधाज्ञा हट्यो

कोरोना संक्रमणको चेन ब्रेक गर्न वैशाख २५ गतेदेखि दार्चुलामा जारी गरिएको निषेधाज्ञा हटेको छ । जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले जारी निषेधाज्ञा शुक्रबारदेखि खुला गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासनले यसअघि लगाइएको असार मसान्तसम्मको निषेधाज्ञा बिहीबार सकिएको थियो । कोभिड–१९ व्यवस्थापन समितिको बैठकले जनजीवन सामान्य बनाउन स्वास्थ्य सुरक्षा मापदण्डको पूर्णरूपमा पालना गरेर निषेधाज्ञा खुला गरिएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताए ।