बाँकेको नेपालगन्जमा एक हप्तादेखि स्थानीय प्रशासनले लगाउँदै आएको निषेधाज्ञा र कर्फ्यु हटेको छ। नेपालगन्जको जनजीवन सामान्य बन्दै गएपछि प्रशासनले कर्फ्यु र निषेधाज्ञाको समय घटाउँदै लगेको थियो।
सर्लाही– सर्लाही सदरमुकाम मलङ्गवामा शनिबार अपराह्न ५ बजेदेखि लगाइएको कर्फ्यु आजबाट हटाइएको छ । जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कर्फ्यु हटाइए पनि निषेधाज्ञा भने जारी रहने जानकारी दिए । कर्फ्यु हटाइएपछि मलङ्गवाको जनजीवन सामान्य बन्दै गएको छ । बजार, पसल खुल्न थालेका छन् भने यातायातका साधन चलन सुरु भएका छन् । सर्वसाधारणहरु […]
महोत्तरी । महोत्तरीमा धार्मिक हिंसा नदिन जिल्ला प्रशासन कार्यालय महोत्तरीले निषेधाज्ञा (कर्फ्यु ) कायमै राखेको छ। हिंसा भड्किएको भंगहा नगरपालिका क्षेत्रमा कर्फ्यु कायमै रहेकाे हाे । भङ्गाहा नगरपालिका–८ पडरिया बस्तीमा बिहीबार भड्केको दङ्गा नियन्त्रण गर्न जिल्ला प्रशासनले पडरिया वरपर क्षेत्र तोकेर निषेधाज्ञा जारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बताउनुभयाे । उनका अनुसार बिहीबार […]
काठमाडाैँ- महोत्तरीको भङ्गाहा नगरपालिकामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा (कर्फ्यु) कायमै राखेको छ। भङ्गाहा-८ पडरिया बस्तीमा बिहीबार दुई समूहबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालयले पडरिया वरपर क्षेत्र तोकेर निषेधाज्ञा जारी गरेको थियो। निषेधाज्ञा शुक्रबार पनि जारी छ। भङ्गाहा नगरपालिका-८ को दक्षिणमा पर्ने पडरिया बस्तीको सम्पूर्ण क्षेत्र, उत्तरपूर्वमा पडरियाको ब्रह्मस्थान, उत्तरमा धर्मपुर बस्तीको दक्षिण, पूर्वमा लोहारपट्टी नगरपालिका-१ […]
काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरमा जारी गरिएको निषेधाज्ञा बिहीबार बिहान ६ बजेदेखि पूर्ण रूपमा हटेको छ। एमसीसीको विरोधमा भएको प्रदर्शनका क्रममा केही समूह उग्र बनेपछि सुर्खेत जिल्ला सुरक्षा समितिले सोमबार बेलुका सवा ८ बजेदेखि मङ्गलवार बेलुका ७ बजेसम्म कर्फ्यु लगाएको थियो। मङ्गलवार दिउँसो स्थिति सामान्य बनेपछि कर्फ्यु हटाएर अनिश्चितकाका लागि निषेधाज्ञा जारी गरिएको थियो। मङ्गलवार दिउँसोदेखि […]
सुर्खेत – सुर्खेतकाे वीरेन्द्रनगरमा लगाइएकाे कर्फ्यु हटाएर अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ ।
एमसीसीको विराेधमा हिजाे साेमवार आह्वान गरिएको बन्दका क्रममा वीरेन्द्रनगर तनावग्रस्त बन्दै गएपछि हिजाे सवा ८ देखि आज मङ्गलवार बेलुकी ७ बजेसम्म कर्फ्यु जारी गरिएको थियो । अहिले ७ बजेदेखि अर्को आदेश नहुन्जेलसम्मका निषेधाज्ञा जारी गरिने प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताउनुभयो ।
उहाँले अप्रिय घटना नघटेको र शान्तिपूर्ण अवस्था रहेकाले कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरेको बताउनुभयो । एमसीसीकाे विराेधमा हिज...
रुपन्देहीको बुटवलमा चार दिनदेखि लगाइएको कर्फ्यु हटाइएको छ ।
स्थिति असामान्य बनेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु जारी गरेको थियो । बुटवल १७ मा निर्माणाधीन मोतीपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न खोज्न सर्वसाधारण र प्रहरीबीच झडप हुँदा चार जनाको मृत्यु भएपछि प्रशासनले कर्फ्यु लगाएको हो ।
रूपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले गएराति १२ बजेदेखि कर्फ्यु हटाइएको बताए । ‘निषेधाज्ञा कायम नै छ । कर्फ्यु हटाइएको छ । अवस्था अहिले सामान्य छ । अहिले पनि ठूलो संख्यामा प्रहरी भने परिचालन गरिएको छ,’ ...
रुपन्देही । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बुटवलमा कर्फ्यु आदेश जारी गरेको छ । आइतबार बिहानैदेखि बुटवलको मोतीपुर क्षेत्र तनावग्रस्त भएपछि प्रशासनले मोतीपुरमा कर्फ्यु आदेश जारी गरेको हो । प्रशासनले निर्माणाधीन औद्योगिक करिडोर क्षेत्रको जग्गाका विषयमा उत्पन्न तनावका कारण कर्फ्यु आदेश जारी गरेको जनाएको छ । जारी आदेशमा पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुर, उत्तरमा शिवनगर रानीगञ्ज बस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका– १८ स्थित औद्योगिक करिडोरसम्म निषेधाज्ञा जारी गरिएको उल्लेख छ ।औद्य
एजेन्सी । भारतको केन्द्रीय राजधानी समेत रहेको दिल्लीमा निषेधाज्ञा जारी गरिएको छ । कोरोनाभाइरसको महामारी तीव्र रूपमा फैलिन थालेपछि दिल्ली प्रदेश सरकारले निषेधाज्ञा जारी गर्नुपर्ने निश्कर्ष निकालेको हो । ‘कोरोनाभाइरसको महामारी थप फैलिन नदिनका लागि दिल्लीमा कर्फ्यु लगाउनुपर्ने निष्कर्षमा हामी पुगेका हौँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले भने ।सरोकारवाला र विज्ञहरुसहितको उच्चस्तरीय बैठकपछि बिहीबार मुख्यमन्त्री केजरीवालले अप्रिय निर्णय गर्न प्रदेश सरकार बाध्य भएको उल्लेख गरे । गत बु