डोटी प्रदेश सभा ‘ख’बाट माओवादीका शिवसिंह ओली निर्वाचित भएका छन् । एमालेका टंकबहादुर बमलाई हराउँदै सत्ता गठबन्धनबाट माओवादीका ओली निर्वाचित भएका हुन् । ओलीले १४ हजार ४७ मत ल्याएर विजयी भए भने एमालेका बम १३ हजार १२८ मत ल्याएर पराजित भएका हुन् । प्रदेश सभा ‘क’ मा भने कांग्रेसका नरेन्द्रबहादुर सिंहलाई पछि पार्दै एमालेका चक्रबहादुर मल्लले अग्रता लिएका छन् ।