काठमाण्डाै – आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फको चुनावका लागि आज बिहीवारदेखि मतपत्र छपाइको काम सुरु भएको छ ।
उम्मेदवारकाे मात्र चुनाव चिह्न रहने गरी प्रत्यक्ष प्रणालीतर्फको मतपत्र छपाइ आजदेखि सुरु गरिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनुभयो । मतपत्र जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा छपाइ भइरहेको छ ।
यस प्रणालीतर्फ प्रत्येक निर्वाचन क्षेत्रको छुट्टाछुट्टै हुने गरी चार सय ९५ प्रकारका मतपत्र छापिने छन् । प्रदेश सभातर्फ तीन सय ३० निर्वाचन क्षेत्रका लागि दुई करोडभन्द...