माओवादी केन्द्रका केन्द्रीय सदस्य यादवको निधन

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य महादेव यादवको निधन भएको छ। यादवको गएराति धनुषाको जनकपुरस्थित आफ्नै घरमा निधन भएको हो। ५७ वर्षीय यादव लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए। यादव तत्कालिन माओवादीले सञ्चालन गरेको जनयुद्धमा सक्रियतापूर्वक सहभागी भएका थिए। उनले महोत्तरी, धनुषासहित तराईका जिल्लालाई कार्यक्षेत्र बनाएर पार्टीको नेतृत्व गरेका थिए। उनका श्रीमती, दुई छोरी र एक छोरा  छन्। यादवको निधनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले

सम्बन्धित सामग्री

माओवादी केन्द्र जुम्ला संयोजकमा नवराज न्यौपाने

नेकपा (माओवादी केन्द्र) जुम्ला जिल्ला संयोजकमा नवराज न्यौपाने चयन भएका छन्। माओवादी केन्द्रकी केन्द्रीय सदस्य गोमा कुँवरका अनुसार शुक्रबार सुर्खेतमा बसेको कर्णाली प्रदेशस्तरीय बैठकले न्यौपानेलाई संयोजकको जिम्मेवारी तोकेको हो। लामो समयपछि...

नेकपा (माओवादी केन्द्र) तनहुँको जिल्ला संयोजकमा आले

नेकपा (माओवादी) केन्द्र तनहुँको संयोजकमा ओमराज आले चयन भएका छन् । माओवादी केन्द्र गण्डकी प्रदेश कमिटीको आज सम्पन्न बैठकले आलेलाई जिल्ला संयोजकमा चयन गरेको हो । आले यसअघि पार्टीको गण्डकी प्रदेश कमिटीको सचिवालय सदस्य रहेका थिए । यसअघिका जिल्ला संयोजक राजेन्द्रकेशरी न्यौपाने पार्टीको वैकल्पिक केन्द्रीय सदस्य चयन भएपछि आलेलाई संयोजकको जिम्मेवारी दिइएको हो । बैठकले निर्वाचन क्षेत्रीय कमिटी र पालिका कमिटीका संयोजक र इन्चार्जहरु पनि तोकेको छ । यसैगरी नेकपा (एकीकृत समाजवादी) तनहुँको अध्यक्षमा श्रीर

कांग्रेसको क्षेत्रीय प्रतिनिधिमै हारेका राजवंशीलाई एमालेले बनायो केन्द्रीय सदस्य

काठमाडौं: नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अरु पार्टीबाट एमालेमा प्रवेश गर्नेलाई केन्द्रीय सदस्य बनाएका छन्। नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) त्यागेर आएकालाई ओलीले केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन्। बिहीबारको एमाले सचिवालय बैठकले चार जनालाई केन्द्रीय सदस्य मनोनयन गरेको हो। थप जिम्मेवारी दिनेबारेमा जिल्ला कमिटीभन्दा माथिल्ला कमिटीले गरेको…

माओवादी केन्द्र रुकुम पश्चिमको तीन बुँदे सर्कुलर

नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले तीन बुँदे सर्कुलर जारी गरेको छ।  असार ३० गते बसेको रुकुम पश्चिमस्थित पार्टीका केन्द्रीय सदस्य र जिल्ला संयोजक सम्मिलित छलफलबाट भएको निर्णयअनुसार ३ मातहतका कमिटीमा ३ बुँदे सर्कुलर पठाइएको हो । नेकपा माओवादी केन्द्र रुकुम पश्चिमका संयोजक गोविन्द रोकाका अनुसार साउन ७ देखि ११ गतेसम्म ५ दिन सदरमुकाम मुसिकोटमा जिल्लास्तरीय स्कुलिङ कार्यक्रम सञ्चालन गरिने भएको छ । व्यवस्थापकीय सीमाका कारण प्रशिक्षण कार्यक्रममा सहभागी हुन नसक्नेलाई साउन महिनाभित्रै दोस

माओवादी केन्द्र चितवनको नेतृत्वमा दाहाल र अधिकारी

सत्तारूढ नेकपा (माओवादी केन्द्र ) को चितवन जिल्ला इन्चार्जको जिम्मेवारी रेणु दाहाल र संयोजकको जिम्मेवारी रामचन्द्र अधिकारीले पाएका छन्। माओवादी केन्द्रको वागमती प्रदेश कार्यालयको बैठकले दाहाल र अधिकारीलाई सो जिम्मेवारी प्रदान गरेको हो। भरतपुर नगरपालिकाकी मेयर समेत रहेकी दाहाल  माओवादी केन्द्रकी केन्द्रीय सदस्य हुन् । उनले यसअघि भरतपुर महानगरको इन्चार्जको जिम्मेवारी सम्हालेकी थिइन् ।चितवन जिल्ला संयोजकको जिम्मेवारी पाएका अधिकारी पूर्व विद्यार्थी नेता हुन्। उनी विगतमा माओवादी केन्द्र निकट विद

माओवादी केन्द्रद्धारा ९७ केन्द्रीय सदस्य मनोनित

काठमाडौं, २३ फागुन । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले ९७ जना केन्द्रीय सदस्य मनोनित गरेको छ । आज बसेको केन्द्रीय समितिको बैठकले ९७ जना केन्द्रीय सदस्य मनोनित गरेको हो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज छोरी गंगा दाहाल, ज्वाई जीवन आचार्यसहित ९७ जना मनोनित गरेका हुन् । त्यस्तै, प्रचण्डका स्वकिय सचिव रमेश मल्ल, वाइसिएलका अध्यक्ष […]

जसपा केन्द्रीय सदस्य लक्ष्मण सिंह माओवादी प्रवेश

डडेल्धुरा : जनता समाजवादी पार्टी, नेपाल (जसपा)का केन्द्रीय सदस्य लक्ष्मण सिंह नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। शनिबार नेकपा (माओवादी केन्द्र)को प्रदेश कार्यालय धनगढीमा प्रदेश इन्चार्ज खगराज भट्ट र राष्ट्रियसभा सदस्य जगत पार्कीले उनलाई पार्टी प्रवेश गराएका हुन्। सिंह डडेल्धुराबाट जसपा केन्द्रीय सदस्य थिए। माओवादीमा प्रवेश गरेका सिंहलाई पार्टीमा कुनै न कुनै जिम्मेवारी दिनेबारेमा छलफल भइरहेको नेकपा माओवादी केन्द्र डडेल्धुराका संयोजक मानसिंह मालले बताए।आफू माओवादीमा प्रवेश गरेसँगै

नेकपा (माओवादी केन्द्र)मा उदयपुरका दुई केन्द्रीय सदस्य

सर्वसम्मत केन्द्रीय सदस्य छानिएका उनीहरुमध्ये हिमाल प्रदेश १ का निवर्तमान अध्यक्ष तथा हालका प्रतिनिधिसभा सदस्यसमेत हुन्। उनी ०७४ को संघीय चुनावमा उदयपुर निर्वाचन क्षेत्र २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्।...

माओवादीले १५ प्रतिशत केन्द्रीय सदस्य छान्न सकेन

नेकपा माओवादी केन्द्र महाधिवेशनबाट १५ प्रतिशत केन्द्रीय सदस्य छान्न  असफल भएको छ ।  अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जारी बन्दसत्रमा केन्द्रीय सदस्यहरुको नाम वाचन गरेका छन् । तर उनले १५ प्रतिशत केन्द्रीय सदस्य भने छान्न सकेनन् । बन्दसत्रमा नाम वाचन गर्दै उनले सबैलाई समेट्ने आश्वासन दिए। २९९ जनाको केन्द्रीय समितिमा प्रचण्डले १२५ जना समानुपातिकतर्फको नाम प्रस्तुत गरेका छन् । त्यस्तै खुलातर्फ १११ जनाको नाम पनि प्रस्तुत गरेका छन् । समानुपातिकतर्फ २९ थप्न बाँकी रहेको छ भ