नेकपा माओवादी केन्द्र महाधिवेशनबाट १५ प्रतिशत केन्द्रीय सदस्य छान्न असफल भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जारी बन्दसत्रमा केन्द्रीय सदस्यहरुको नाम वाचन गरेका छन् । तर उनले १५ प्रतिशत केन्द्रीय सदस्य भने छान्न सकेनन् । बन्दसत्रमा नाम वाचन गर्दै उनले सबैलाई समेट्ने आश्वासन दिए। २९९ जनाको केन्द्रीय समितिमा प्रचण्डले १२५ जना समानुपातिकतर्फको नाम प्रस्तुत गरेका छन् । त्यस्तै खुलातर्फ १११ जनाको नाम पनि प्रस्तुत गरेका छन् । समानुपातिकतर्फ २९ थप्न बाँकी रहेको छ भ