सन् २०२१ शेयरबजारमा सुखद् रहला ? कारोबारको पहिलो दिनमै शेयरमा छलाङ

अंग्रेजी वर्ष २०२१ शेयरबजार क्षेत्रका लागि सुखद् रहने आकलन शेयरबजार विश्लेषकहरूले गरिरदहँदा नयाँ वर्षको पहिलो कारोबारको दिनमै नेप्से सूचकले छलाङ मारेको छ

सम्बन्धित सामग्री

ब्ल्याक होलको अध्ययनका लागि भारतले पठायो स्याटेलाइट

सन् २०२४ को पहिलो दिनमै भारतीय अन्तरिक्ष अनुसन्धान संस्था इसरोले इतिहास रचेको छ । भारतले सोमबार जनवरी १ मा विश्वकै दोस्रो यस्तो स्याटेलाइट प्रक्षेपण गरेको छ जसले ब्ल्याक होल, पल्सर, आकाशगंगा तथा विकिरण आदिको अध्ययन गर्नेछ । यसअघि विश्वमा पहिलोपटक अमेरिकी अन्तरिक्ष संस्था नासाले सन् २०२१ मा यस्तै स्याटेलाइट प्रक्षेपण गरेको थियो । हाल भारतले […]

वैज्ञानिकको योगदान कदर

अहिले पनि कोरोना अर्थात् कोभिड–१९ भाइरसको सङ्क्रमणबाट विश्व पूर्ण मुक्त भइसकेको छैन । चीनबाट सुरु भई विश्वव्यापी भएको कोरोना सङ्क्रमणले तीव्र रूपमा मानवको ज्यान जान थालेपछि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले विश्वव्यापी आपत्काल घोषणा गरेको थियो । यो महामारी सन् २०२१ को जनवरीमा उच्च बिन्दुमा पुग्यो । विश्वव्यापी रूपमा केही दिनमै लाखौँको ज्यान गयो । कोभिड–१९ विरुद्ध औषधी एवं खोप विकास नभएको कारण विश्वभर ‘लकडाउन’ गरी मानव आवागमन प्रतिबन्धित गर्नु परेको थियो । यस कारण जनस्वास्थ्य र विश्व अर्थतन्त्रमै ठुलो सङ्कट पैदा भयो । त्यो अवस्थामा स्रोत र जनशक्ति सम्पन्न मुलुक, वैज्ञानिकहरू कोरोनाविरुद्धको खोप विकास गर्न अनुसन्धानमा लागिपरे र बाजी मारे अमेरिकी वैज्ञानिकले । कोरोनाविरुद्धको खोप निर्माणको पथप्रदर्शन गरेका तिनै दुई वैज्ञानिक–काटालिन कारिको र ड्र वाइस्मानलाई संयुक्त रूपमा यस वर्षको चिकित्सा

एकै दिनमा एसभी बैंकको अवसान अनिष्टको संकेत हो त ?

काठमाडौं । मार्च १० मा विश्व शेयरबजार रक्ताम्मे बन्यो । अमेरिकी बैंकिङ नियामक हरूले सिलिकन भ्याली बैंक (एसभीबी) बन्द गर्दाको परिणति थियो, त्यो । नियामकहरूले निक्षेपकर्ताको पैसा जोगाइदिन बैंकलाई दामासाहीमा राखेका छन् । एसभीबी एक्कासि धराशयी बनेपछि यसको झट्का स्टार्ट अप समुदायसम्म पुगेको छ । एसभीबी स्टार्ट अप कम्पनीका लागि लगानीको भरपर्दो स्रोत थियो ।  अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले १ वर्षभन्दा कम समयमा ब्याजदर १ हजार ७०० प्रतिशतले बढाउँदाको परिणति बैंकको अवसान बन्यो । फेडले महँगी नियन्त्रण गर्न धमाधम ब्याजदर बढाएपछि एसभीबीको ऋणपत्रभन्दा आकर्षक बन्यो फेड । मानिसहरूले आफ्नो पैसा एसभीबीबाट झिक्न थाले । निक्षेपकर्ताले धमाधम पैसा झिक्न थालेपछि त्यो चुक्ता गर्न एसभीबीलाई छिट्टै नै थप पैसा चाहियो । बुधवार बैंकले त्यसका लागि केही रकम खोज्दै थियो । कतैबाट पैसा नजुटेपछि घाटै खाएर ऋणपत्र बेच्यो ।  यो फेडको आक्रामक ब्याजदर वृद्धिले के हुन सक्छ भन्ने एउटा सानो उदाहरण मात्रै हो । कुनै बेला तुलनात्मक रूपमा स्थिर मानिएको बैंकले पनि ब्याजदर वृद्धिको झट्का खेप्न सकेन । दोष फेडको मात्रै हो त ? पक्कै होइन । ब्याजदर तीव्र दरमा बढेको अनि आर्थिक मन्दीको जोखिम उच्च भएको अवस्थाका लागि बैंकले फिटिक्कै तयारी नगर्दा बैंक १ दिनमै पतन भयो ।  फेडले १५ वर्षसम्म ब्याजदर शून्यको स्तरनजिक राखेर अर्थतन्त्रलाई चाहिनेभन्दा धेरै प्रोत्साहन दिइर≈यो । फेडले सन् २०२१ को मार्चमा यू टर्न लिएपछिको असर क्रिप्टोबजारमा यसअघि नै देखिएको थियो । एफटीएक्स र सिल्भरगेट धराशयी बने । तीव्र वृद्धि भइरहेको प्रविधि क्षेत्र दोहोरो अंकले घट्यो । अब ब्याजदर वृद्धिको चपेटामा कुन क्षेत्र पर्छ भन्ने अहिलेको गहन प्रश्न बनेको छ ।  ब्याजदर वृद्धिको चक्र फेरिँदा के हुन्छ भन्ने राम्रो उदाहरण हो एसभीबीको पतन । ४० वर्षयता चलिरहेको एउटा बैंक १ दिनमै स्वाहा भयो । शुक्रवार नियामकहरूले बैंक बन्द गरेर यसको निक्षेप जफत गरिदिए । यो सन् २००८ को वित्तीय संकटयता अमेरिकाको सबैभन्दा ठूलो बैंकिङ असफलता हो । अहिलेसम्मको भने यो बैंकिङ असफलताको दोस्रो ठूलो घटना हो ।  बैंकको वासलात बढाउन उसलाई २ अर्ब २५ करोड डलरमात्रै चाहिएको थियो । प्राविधिक कम्पनीहरूलाई ठूलो रकम कर्जा दिएको बैंकले आफ्नो अस्तित्व जोगाउन सकेन । भेन्चर क्यापिटल र स्टार्ट अप कम्पनीहरूलाई भने एसभीबीको पतनपछि उसको भूमिका कसले निभाइदेला, अब उप्रान्त आफूलाई चाहिएको पैसा कसले देला भनेर टाउको दुख्न थालिसकेको छ ।  महँगी नियन्त्रण गर्न धमाधम ब्याजदर बढाउने अमेरिकी केन्द्रीय बैंकको आक्रामक नीतिलाई एसभीबी अवसानको मुख्य कारण मानिएको छ । यसको असर यतिमा मात्रै पक्कै सीमित हुने छैन । यसका अन्य दूरगामी असर आउनेछन् । एसभीबी अमेरिकाको १६औं ठूलो बैंक थियो । स्टार्ट अपहरूले अहिले नै अनेक समस्या भोगिरहेका छन् । एसभीबीको पतनपछि उनीहरूलाई आफूलाई चाहिएको रकमको जोहो गर्न सकस हुने निश्चित छ । एसभीबीसँग पहिलादेखि नै पूँजी कम थियो ।

‘पुष्पा’को व्यापार दुई दिनमै सय करोड

मुम्बई(आजतक)– सन् २०२१ दक्षिण भारतीय फिल्मका लागि उत्कृष्ट साबित भएको छ । दक्षिण भारतका कैयौं फिल्मले भारतीय दर्शकमात्र नभई विश्वकै दर्शकको ध्यान आफूतिर खिचिरहेको छ । ठूलो बजेटको दक्षिण भारतीय फिल्म ‘आरआरआर’को ग्राण्ड रिलिज अघि फिल्म ‘पुष्पाः द राइज’ले बक्सअफिसमा रिलिजको दुई दिनमै सय करोड बढीको व्यापार गरेको छ । व्यापार विश्लेषक रमेश बालाका अनुसार […]