एकै दिनमा एसभी बैंकको अवसान अनिष्टको संकेत हो त ?

काठमाडौं । मार्च १० मा विश्व शेयरबजार रक्ताम्मे बन्यो । अमेरिकी बैंकिङ नियामक हरूले सिलिकन भ्याली बैंक (एसभीबी) बन्द गर्दाको परिणति थियो, त्यो । नियामकहरूले निक्षेपकर्ताको पैसा जोगाइदिन बैंकलाई दामासाहीमा राखेका छन् । एसभीबी एक्कासि धराशयी बनेपछि यसको झट्का स्टार्ट अप समुदायसम्म पुगेको छ । एसभीबी स्टार्ट अप कम्पनीका लागि लगानीको भरपर्दो स्रोत थियो ।  अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले १ वर्षभन्दा कम समयमा ब्याजदर १ हजार ७०० प्रतिशतले बढाउँदाको परिणति बैंकको अवसान बन्यो । फेडले महँगी नियन्त्रण गर्न धमाधम ब्याजदर बढाएपछि एसभीबीको ऋणपत्रभन्दा आकर्षक बन्यो फेड । मानिसहरूले आफ्नो पैसा एसभीबीबाट झिक्न थाले । निक्षेपकर्ताले धमाधम पैसा झिक्न थालेपछि त्यो चुक्ता गर्न एसभीबीलाई छिट्टै नै थप पैसा चाहियो । बुधवार बैंकले त्यसका लागि केही रकम खोज्दै थियो । कतैबाट पैसा नजुटेपछि घाटै खाएर ऋणपत्र बेच्यो ।  यो फेडको आक्रामक ब्याजदर वृद्धिले के हुन सक्छ भन्ने एउटा सानो उदाहरण मात्रै हो । कुनै बेला तुलनात्मक रूपमा स्थिर मानिएको बैंकले पनि ब्याजदर वृद्धिको झट्का खेप्न सकेन । दोष फेडको मात्रै हो त ? पक्कै होइन । ब्याजदर तीव्र दरमा बढेको अनि आर्थिक मन्दीको जोखिम उच्च भएको अवस्थाका लागि बैंकले फिटिक्कै तयारी नगर्दा बैंक १ दिनमै पतन भयो ।  फेडले १५ वर्षसम्म ब्याजदर शून्यको स्तरनजिक राखेर अर्थतन्त्रलाई चाहिनेभन्दा धेरै प्रोत्साहन दिइर≈यो । फेडले सन् २०२१ को मार्चमा यू टर्न लिएपछिको असर क्रिप्टोबजारमा यसअघि नै देखिएको थियो । एफटीएक्स र सिल्भरगेट धराशयी बने । तीव्र वृद्धि भइरहेको प्रविधि क्षेत्र दोहोरो अंकले घट्यो । अब ब्याजदर वृद्धिको चपेटामा कुन क्षेत्र पर्छ भन्ने अहिलेको गहन प्रश्न बनेको छ ।  ब्याजदर वृद्धिको चक्र फेरिँदा के हुन्छ भन्ने राम्रो उदाहरण हो एसभीबीको पतन । ४० वर्षयता चलिरहेको एउटा बैंक १ दिनमै स्वाहा भयो । शुक्रवार नियामकहरूले बैंक बन्द गरेर यसको निक्षेप जफत गरिदिए । यो सन् २००८ को वित्तीय संकटयता अमेरिकाको सबैभन्दा ठूलो बैंकिङ असफलता हो । अहिलेसम्मको भने यो बैंकिङ असफलताको दोस्रो ठूलो घटना हो ।  बैंकको वासलात बढाउन उसलाई २ अर्ब २५ करोड डलरमात्रै चाहिएको थियो । प्राविधिक कम्पनीहरूलाई ठूलो रकम कर्जा दिएको बैंकले आफ्नो अस्तित्व जोगाउन सकेन । भेन्चर क्यापिटल र स्टार्ट अप कम्पनीहरूलाई भने एसभीबीको पतनपछि उसको भूमिका कसले निभाइदेला, अब उप्रान्त आफूलाई चाहिएको पैसा कसले देला भनेर टाउको दुख्न थालिसकेको छ ।  महँगी नियन्त्रण गर्न धमाधम ब्याजदर बढाउने अमेरिकी केन्द्रीय बैंकको आक्रामक नीतिलाई एसभीबी अवसानको मुख्य कारण मानिएको छ । यसको असर यतिमा मात्रै पक्कै सीमित हुने छैन । यसका अन्य दूरगामी असर आउनेछन् । एसभीबी अमेरिकाको १६औं ठूलो बैंक थियो । स्टार्ट अपहरूले अहिले नै अनेक समस्या भोगिरहेका छन् । एसभीबीको पतनपछि उनीहरूलाई आफूलाई चाहिएको रकमको जोहो गर्न सकस हुने निश्चित छ । एसभीबीसँग पहिलादेखि नै पूँजी कम थियो । 

सम्बन्धित सामग्री

पूर्वप्रधानमन्त्री भट्टराई भन्छन् : अनिष्टको संकेत देखिँदैछ, गम्भीर बनौँ

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई देशमा अनिष्टको संकेत देखिएकाले गम्भीर बन्न सबैलाई अपिल गरेका छन् । हिजोका आन्दोलनकारी शक्ति र संविधान निर्माता नै पतन हुँदै जानु लोकतन्त्रका लागि ठूलो अनिष्टको संकेत भएको अध्यक्ष भट्टराईको भनाइ छ ।

सत्तादोहन, दाउपेचको राजनीति र अनिष्टको संकेत

संघ तथा प्रदेशको निर्वाचन सकिएसँगै अब केन्द्र र प्रदेश सरकार गठनको प्रक्रिया सुरु हुँदै छ । निर्वाचनको परिणामले उत्साह र आशा जगाउन सकेको देखिँदैन । आमजनता फेरि वर्षौंदेखिको समस्याले आक्रान्त बन्ने स्थिति देखिँदै छ । कसैको पनि बहुमत नआएको र ५–६ वटा राजनीतिक दल मिलेर टालाटुली सरकार बनाउँदा त्यो सरकारले समग्र मुलुक र मुलुकबासीको हित […] The post सत्तादोहन, दाउपेचको राजनीति र अनिष्टको संकेत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मुलुक राष्ट्रपतिको पक्ष र विपक्षमा बाँडिनु अनिष्टको संकेत होः शेरबहादुर केसी

काठमाडौं, ७ असोज । नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष शेरबहादुर केसीले सभामुख अग्निप्रसाद सापकोटा दलहरुको निर्देशनमा चल्दा मुलुकमा अनिष्टको संकेत देखिएको बताएका छन् । “राष्ट्रपतिले प्रतिनिधिसभामा नागरिकता विधेयक फिर्ता गरी १५ बुँदा पठाएपछि त्यसमा छलफल गर्नुपर्थ्र्यो । उहाँले भनेको कुरा पनि सुनियो भन्ने हुन्थ्यो । तर त्यसलाई संसदीय समिति र प्रतिनिधिसभाले बेवास्ता गरिदियो । उल्टै दलहरुले […]

एमालेले भन्यो- अर्थतन्त्रमा गम्भीर अनिष्टको संकेत

९ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालले अर्थतन्त्रका सूचकले भविष्यमा गम्भीर अनिष्टको संकेत गरेको ठहर गरेको छ । सरकारको कडा आलोचना गर्दै अध्यक्ष केपी शर्मा ओली आइतबार सार्वजनिक गरेको विज्ञप्तिमा यस्तो बेला अर्थमन्त्रालय पोलिसी सेटिङमा रहेको आरोप लाग्नु उचित नभएको उल्लेख छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुकको आर्थिक अवस्थाको विवरणले मुलुक आर्थिक […]

अर्थतन्त्रका सूचकहरूले अनिष्टको संकेत गरेका छन् : ओली

उनले देशको अर्थतन्त्रले अनिष्टको संकेत गरेको बताए । साथै, पूर्ववर्ती सरकारले ल्याएको बजेटलाई विस्थापन गर्दा विकासको गति ठप्प भएको उनको दाबी छ ।

न्यायालयमाथि प्रश्न उठ्नु अनिष्टको संकेत

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले लोकतन्त्रमा न्यायालयमाथि प्रश्न उठ्नु अनिष्टको संकेत भएको बताएका छन् ।बिहीवार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष भट्टराईले यस्तो बताएका हुन् । उनले न्यायायपालिकामा गम्भीर रोग देखिएकोले न्यायपालिकाले नै यसको उपचार गर्नुपर्ने बताए । उनले न्यायाधीश नियुक्तीदेखि सबै प्रक्रिया त्रुटिपूर्ण रहेको बताउँदै भागबण्डामा चल्ने कामले न्यायालयको प्रतिष्ठामा […]

न्यायालयमाथि प्रश्न उठ्नु अनिष्टको संकेत : बाबुराम भट्टराई

जनता समाजवादी पार्टी (जसपा), नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले लोकतन्त्रमा न्यायालयमाथि प्रश्न उठ्नु अनिष्टको संकेत भएको बताएका छन् ।

न्यायालयमाथि प्रश्न उठ्नु अनिष्टको संकेत : बाबुराम भट्टराई

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले लोकतन्त्रमा न्यायालयमाथि प्रश्न उठ्नु अनिष्टको संकेत भएको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष भट्टराईले यस्तो बताएका हुन् । उनले न्यायपालिकामा गम्भीर रोग देखिएकोले न्यायपालिकाले नै यसको उपचार गर्नुपर्ने बताए ।उनले न्यायाधीश नियुक्तिदेखि सबै प्रक्रिया त्रुटिपूर्ण रहेको बताउँदै भागबण्डामा चल्ने कामले न्यायालयको प्रतिष्ठामा आघात पुगेको तर्क गरे । उनले न्यायपालिकाबाटै समस्या सिर्जना भएकोले त्यस

अनिष्टको संकेत

शनिबार पाँच पूर्वप्रधानमन्त्रीको बिरलै सम्भव हुने संयुक्त वक्तव्य सार्वजनिक भयो । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराईले यो वक्तव्यमार्फत केही गम्भीर प्रश्न...

बामदेवको लागि चुनाव गराउनु अनिष्टको संकेत : बाबुराम भट्टराई

काठमाडौं – नयाँशक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले बर्दियाबाट पराजित बामदेव गौतमका लागि काठमाडौं ७ मा उपचुनाव गराउनु चरम राजनीतिक अनिष्टको संकेत भएको टिप्पणी गर्नुभएको छ । बुधबार ट्वीटमार्फत उहाँले यसलाई लोकतन्त्रको भ्रष्टीकरण समेत भन्नुभएको छ । ट्वीटरमा उहाँले लेख्नुभएको छ, ‘काठमाडौं ७ का निर्वाचित ...