काठमाण्डाै - नेकपा एमालेको विधानमा ७० वर्षे उमेर हद कायम राख्ने प्रस्ताव गरिएको छ । यो प्रस्ताव पारित भएमा एमालेको नेतृत्वमा व्यापक परिवर्तन हुनेछ भने नयाँ पुस्तालाई नेतृत्वमा पुग्नको लागि ढोका खुल्नेछ ।
हिजोको स्थायी कमिटी बैठकमा पेस भएको विधान मस्यौदामा सबै तहका कार्यकारी कमिटीको पदाधिकारी वा सदस्यमा निर्वाचित वा मनोनित हुन ७० वर्ष उमेर पूरा नभएको हुनुपर्ने प्रस्ताव गरिएको छ ।
आउँदो १५ गतेदेखि १७ गतेसम्म चल्ने विधान महाधिवेशनले यो प्रस्ताव अनुमोदन गरेमा यसले मंसिरमा हुने १० औं महाधिवेशनलाई खासै प्रभाव पर्ने...