वाग्मती प्रदेश सरकारले उत्पादन र रोजगारीलाई जोड दिँदै आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार वाग्मती प्रदेशका प्रदेश प्रमुख यादबचन्द्र शर्माले कृषि, औद्योगीकरण तथा सीप विकासमा जोड दिइएको नीति तथा कार्यक्रम प्रदेशसभामा पेश गरेका थिए ।