जुम्ला – नेपाली कांग्रेस जिल्ला कार्य समिति जुम्लाले सात जना नेता कार्यकर्तालाई कारबाही सिफारिस गरेको छ । जिल्ला उपसभापति दीपक शाहीलगायत सात जनालाई कारबाहीका लागि कार्य समितिले आज मङ्गलवार केन्द्रीय कार्यालयमा सिफारिस गरेको हो ।
उपसभापति दिपक शाही, महाधिवेशन प्रतिनिधि भक्तबहादुर रोकाया, गाेविन्दबहादुर शाही, चन्दननाथ नगरपालिकाका सभापति रवि थापा, आसे बस्नेत, भक्त रोकाया र गोरबहादुर सुनारलाई कारबाहीका लागि सिफारिस गरिएको विज्ञप्तिमा उल्लेख छ ।
मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा आ...