एक वर्षमा ७६२ व्यावसायिक फर्म थप - Purbeli News

म्याग्दी / म्याग्दी जिल्लामा पछिल्लो एक वर्षमा ७६२ उद्योग र व्यावसायिक फर्म थपिएका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा ५०० उद्योग र २६२ वटा वाणिज्य फर्म दर्ता भएका हुन् । विसं २०७७ साउनदेखि २०७८ असार अन्तिम हप्तासम्म दर्ता भएका उद्योग र वाणिज्य फर्मबाट रु २६ लाख आठ हजार १२३ राजस्व सङ्कलन भएको कार्यालयका प्रमुख...

सम्बन्धित सामग्री

दाङमा ८७७ वटा व्यावसायिक फर्म बन्द

१३ साउन, घोराही । सञ्चालन खर्च धान्न नसकेर दाङमा गत आर्थिक वर्षमा ८७७ वटा व्यावसायिक फर्म बन्द भएका छन् । यद्यपि, व्यवसाय बन्द गर्ने र खोल्नेको संख्या समान छ । घरेलु तथा साना उद्योग कार्यालयमा उत्पादनमूलक, …

स्याङ्जामा एक वर्षभित्र २६३ उद्योग बन्द

स्याङ्जामा गत आर्थिक वर्षमा २६३ व्यावसायिक फर्म बन्द भएका छन् । पर्यटन तथा उद्योग कार्यालयका अनुसार जिल्लामा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०७९/०८० मा धेरै व्यावसायिक फर्म बन्द भएका हुन् । २०७८/०७९ मा ८९ फर्म बन्द भएका थिए । गत आर्थिक वर्षमा बन्द हुने फर्ममा कृषि तथा पशुपंक्षी तथा व्यापारिक फर्म बढी छन् […]

पूँजीगत लाभकर नै अन्तिम कर हो कि होइन ? 'कानुनी व्यवस्थाले दोहोरो लाग्दैन'

हालै आर्थिक अभियानमा ‘पूँजीगत लाभकरलाई अन्तिम कर मान्न माग’ र ‘दोहोरो कर तिर्न तयार छैनन् लगानीकर्ता’ भन्ने समाचार छापिएको थियो । यो समाचार मात्र होइन, अहिले शेयरबजारका लगानीकर्ता सबैलाई यो व्यवस्था टाउको दुखाइ भएको छ । यही कारण शेयरबजार घटेको हो पनि भनिन्छ । मेरो विचारमा पूँजीगत लाभकर न त अन्तिम कर हो न यो दोहोरो कर हो । यससम्बन्धी आयकर ऐनका दफाहरू स्पष्ट छन् र ती दफाले कुनै प्रकारको अन्योलको सृजना गरेको छैन । तर, यस सम्बन्धमा आयकर ऐनका सम्बद्ध दफाहरूको अभिप्राय अथवा सही अर्थ नबुझेकाले नै अन्योल सृजना भएको हो । साथै आर्थिक विधेयक २०८० को दफा २९ ‘धितोपत्र, जग्गा तथा घरजग्गाको व्यावसायिक कारोबार गर्नेलाई छूटसम्बन्धी विशेष व्यवस्थाले’ अन्योल बढाउनमा आगोमा घिउ हाल्ने कार्य गरेको छ । आन्तरिक राजस्व विभागले पनि प्रेस विज्ञप्ति जारी गरी पूँजीगत लाभकर अन्तिम कर हो भनी लेखेको छ ।  यस सन्दर्भमा आयकर ऐनका सान्दर्भिक दफाहरूको सही व्याख्या यस प्रकारले गर्न सकिन्छ ।   धितोपत्र, जग्गा तथा घरजग्गाको निःसर्गबाट पूँजीगत लाभ भएको अवस्थामा आयकर ऐनको दफा ९५ क ले जुनजुन दरले अग्रिम कर असुल गर्नुपर्ने भनी लेखेको छ उक्त ऐनको अनुसूची १ को दफा ४ ले पनि ती ती दरले नै कर लगाउनु भनी लेखको छ । अर्थात्, पूँजीगत लाभ भएको अवस्थामा अग्रिम करको दर र उक्त लाभमा लाग्ने करका दरहरू उही छन् र कुनै फरक छैन ।  जहाँसम्म पूँजीगत लाभकर अन्तिम हो अथवा होइन भन्ने प्रश्न छ, त्यसको जवाफ आयकर ऐनको दफा ९५ क को उपदफा (१३) ले दिएको छ । यस उपदफामा लेखिएको छ ‘यस दफाबमोजिम दाखिला गरिएको अग्रिम कर दाखिला गर्नुपर्ने व्यक्तिले तिर्नुपर्ने वार्षिक कर दायित्वमा घटाउन पाउनेछ ।’ यस व्यवस्थाले स्पष्ट पारेको छ कि दफा ९५ क अनुसार कुनै पनि अग्रिम कर अन्तिम होइन, अग्रिम नै हो । तर, जबसम्म हामी दफा ९७ को प्रावधानलाई दफा ९५ क को प्रावधानसँग जोडेर अध्ययन गर्दैनौं तबसम्म यो कर अन्तिम होइन, अग्रिम हो भन्ने जवाफ प्रत्येक अवस्थामा सही हुन सक्दैन । आयकर ऐनको दफा ९७ मा आय विवरण दाखिला गर्न नपर्ने अवस्थाहरू बारे कुरा गरेको छ । ती अवस्थाहरूमध्ये एउटा यो पनि छ, ‘(ङ) आय विवरण पेश गर्न नचाहने गैरव्यावसायिक करयोग्य सम्पत्ति निःसर्गको आयमात्र भएको प्राकृतिक व्यक्ति ।’ अर्थात् कुनै प्राकृतिक व्यक्तिको उक्त वर्षमा गैरव्यावसायिक करयोग्य सम्पत्ति निःसर्गको आयमात्र भएको अवस्थामा उक्त व्यक्तिले आय विवरण दाखिला गर्नु पर्दैन । तर, दफा ९७ को उपदफा (२) ले यस प्रावधानमा पनि थप शर्त लगाएको छ, ‘उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्राकृतिक व्यक्तिको कुनै आय वर्षमा ४० लाख रुपैयाँभन्दा बढी भएमा ऐनको दफा ९६ बमोजिम आय विवरण पेश गर्नुपर्ने छ ।’ यहाँ बुझ्नुपर्ने कुरा के हो भने जुन अवस्थामा पूँजीगत लाभकरका लागि आय विवरण दाखिला गर्नु पर्दैन भनी लेखेको छ, ती अवस्थामा मात्र पूँजीगत लाभकर अन्तिम कर मानिन्छ । उक्त अवस्थामा पनि लगानीकर्ताले आय विवरण दाखिला गर्न चाहेमा गर्न सक्ने भनी उसलाई स्वैच्छिक अधिकार प्रदान गरेको छ ।  आय विवरण दाखिला गर्दा दोहोरो कर भार पर्न जान्छ भन्ने धारणा पनि कपोलकल्पित हो । आयकर ऐनमा यस्तो लेखेको नै छैन । आय विवरणअनुसार गणना गरिएको कर दायित्वको रकम जैले पनि जम्मा अग्रिम करका रूपमा काटिएको रकमभन्दा घटी नै हुन्छ, बढी त कुनै हालतमा पनि हुँदैन । किनभने नेप्सेले जुनजुन कारोबारबाट लाभ भएको छ उक्त लाभ माथि तोकिएको दरले अग्रिम कर कट्टी गर्ने गर्छ, तर जुन कारोबारमा नोक्सान भएको छ उक्त नोक्सानको समायोजन लाभबाट गर्दैन । लगानीकर्ताले आय विवरण दाखिला गर्दा उक्त वर्षमा भएको लाभबाट नोक्सान घटाई खुद लाभ अथवा खुद नोक्सानको गणना गर्छ र खुद लाभ भएको खण्डमा मात्र उक्त खुद लाभको रकममा तोकिएको दरले कर लगाई जम्मा कर दायित्वको निर्धारण गर्छ । खुद नोक्सान भएको खण्डमा उक्त नोक्सानको रकमलाई आगामी वर्षको लाभबाट समायोजन गर्न पाउने गरी व्यवस्था गर्छ । आय विवरणअनुसारको कर दायित्वभन्दा अग्रिम कर कट्टी भएको रकम बढी भएमा बढी भएजतिको रकम आगामी वर्षको कर दायित्वबाट घटाउन पाइनेछ ।  आय विवरण भर्दा लगानीकर्तालाई निम्न फाइदा हुन जान्छ: कारोबार वर्षमा शेयर कारोबारमा बेहोरेको नोक्सान भए उक्त आय विवरणमा देखाउन पाइन्छ र आगामी वर्षमा हुने लाभबाट घटाउन पाइन्छ । एउटा शेयर बेच्दा भएको नोक्सानलाई अर्को शेयर बेच्दा भएको नाफाबाट घटाउन पाइने भएकाले यसरी वर्षभरिमा शेयर कारोबारबाट खुद लाभको गणना गरी उक्त खुद लाभमाथि मात्र कर दायित्वको निर्धारण गरिन्छ ।  प्राकृतिक व्यक्तिले पाउने कर छूटको रकम रू. ५ लाख वा रू. ५ लाख पनि घटाई बाँकी रहेको आयमा मात्र ५ वा ७ दशमलव ५ प्रतिशतले कर लाग्छ । शेयर खरीद गर्न बैंक वा वित्तीय कम्पनीबाट लिएको ऋणमा तिरेको ब्याज तथा शेयर कारोबारकै लागि गरिएका अन्य प्रत्यक्ष खर्च कर प्रयोजनका लागि उक्त आयबाट घटाउन पाइन्छ । आर्थिक विधेयक २०८० को दफा २९ निम्न अवस्थामा मात्र प्रभावित हुन्छ ।  क) कुनै एउटा प्राकृतिक व्यक्तिले धितोपत्र, जग्गा तथा घरजग्गाको कारोबार गर्ने उद्देश्य लिई एउटा व्यावसायिक फर्म कुनै पनि एक सरकारी निकायमा दर्ता गराई वा नगराई सञ्चालन गरिरहेको छ भने र उक्त फर्मको नामबाट नै धितोपत्र, जग्गा तथा घरजग्गाको कारोबार गरिरहेको छ भने मात्र ती कारोबारहरूलाई व्यावसायिक कारोबार भन्न मिल्छ । यस्तो अवस्थामा मात्र उक्त व्यावसायिक फर्मले खरीद गरेका धितोपत्र, जग्गा तथा घरजग्गालाई व्यापारिक मौज्दात मान्नुपर्छ । त्यसको निःसर्गबाट निर्धारण गरिएको करयोग्य आयलाई व्यवसायको आय मानी २५ प्रतिशतको दरले कर तिर्नुपर्ने हुन्छ । अन्य कुनै पनि अवस्थामा धितोपत्र, जग्गा तथा घरजग्गाको कारोबारलाई नियमित व्यावसायिक कारोबार हो भनी भन्नै मिल्दैन ।  लेखक जगदिश अग्रवाल वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट हुन् ।

कालोबजारी गर्ने ५२ वटा व्यावसायिक फर्म कारबाहीमा

सुनसरी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले एक वर्षमा ५२ वटा व्यावसायिक फर्मलाई कारबाही गरेको छ ।गत आर्थिक वर्ष २०७७/०७८ मा २ सय २ वटा फर्महरू अनुगमन गरेकामध्ये बदमासी गर्ने ५२ वटा फर्मलाई कारबाही गरेको हो । कारबाहीमा परेका उद्योग र पसलहरू छन् । वाणिज्य कार्यालयले मंगलबार पत्रकार सम्मेलन गरी ५२ वटा फर्मलाई कारबाही […]

मोरङका ५२ ओटा व्यावसायिक फर्ममाथि कारवाही

साउन ६, विराटनगर । नागरिकको स्वास्थ्यमाथि खेलवाड गर्ने, बढी मूल्य लिने, र उपभोग्य मिति समाप्त भएर पनि विक्री वितरण गर्दै आएका ५२ ओटा व्यावसायिक फर्म कारबाहीमा परेका छन् । वाणिज्य, आपूिर्त तथा उपभोक्ता संरक्षण कार्यालयद्वारा बुधवार आयोजित पत्रकार सम्मेलनमा आर्थिक वर्ष २०७७/७८ मा २०२ ओटा व्यावसायिक फर्ममा अनुगमन गरिएकोमा सो संख्याका फर्ममा कारवाही गरिएको जानकारी दिइएको छ ।  तीमध्ये विराटनगरस्थित जैसानी ट्रेड कन्सर्न, विके मसला उद्योग सेन्ट्रल बजार प्रालि, कटहरीस्थित अंश लघु घरेलु उद्योग बूढीगंगास्थित विज्ञान फर्मेसी र इटहरीस्थित विनिता सर्जिकल हाउस रू. दुई लाख वा सोभन्दा बढी जरिवानामा परेका थिए  ।  ती फर्मबाट रू. १९ लाख पाँच हजार जरिवाना असुल गरिएको  कार्यालयका निमित्त प्रमुख सन्तोष पोखरेलले जानकारी दिए । कार्यालयले आर्थिक वर्ष २०७६/७७ मा २२ फर्ममाथि कारवाही गरी रू. नौ लाख २५ हजार जरिवाना गरेको थियो । यसैबीच गत आर्थिक वर्षमा एक हजार ८३९ नयाँ फर्म दर्ता भएकामा तीन हजार ३०६ फर्मको नवीकरण/संशोधन र २०० फर्म खारेजीमा परेको कार्यालयले जानकारी दिएको छ । यस प्रदेशको १४ जिल्ला कार्यक्षेत्रभित्र परे पनि विगतका वर्षमा मोरङमा मात्र कार्यालयले अनुगमन गर्दै आएकामा गत आर्थिक वर्ष सुनसरी, झापा, धनकुटा, इलाम, पाँचथर र उदयपुर जिल्लाका व्यावसायिक फर्ममा अनुगमन गरेको थियो । रासस

म्याग्दीमा १ वर्षमा ७६२ ओटा व्यावसायिक फर्म थपिए

म्याग्दी । म्याग्दीमा पछिल्लो एक वर्षमा ७६२ उद्योग तथा व्यावसायिक फर्म थपिएका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा ५०० उद्योग र २६२ ओटा वाणिज्य फर्म दर्ता भएका हुन् । २०७७ साउनदेखि २०७८ असार अन्तिम हप्तासम्म दर्ता भएका उद्योग र वाणिज्य फर्मबाट रू. २६ लाख ८ हजार राजस्व संकलन भएको कार्यालयका प्रमुख नन्दलाल पौडेलले जानकारी दिए । ‘पहिलेदेखि नै सञ्चालन भएका उद्योग तथा फर्महरू कानूनी दायरामा आउनुका साथै उद्यम व्यवसायतर्फको आकर्षणका कारण दर्ता संख्या बढेको हो,’ उनले भने, ‘नयाँ फर्म तथा उद्योग दर्ता गर्नेमा धेरैजसो युवा छन् ।’ उद्योग दर्ताबाट १४ लाख ३४ हजार  र वाणिज्य फर्म दर्ताबाट ११ लाख ७४ हजार राजस्व संकलन भएको छ । नयाँ दर्ता भएका ५०० ओटामध्ये ३६८ ओटा कृषि तथा वन पैदावारमा आधारित छन् । यसअघि दर्ता भएका २९८ उद्योग र ३९८ ओटा वाणिज्य फर्म नवीकरण भएका छन् । चालू आर्थिक वर्षमा कुल १ करोड १६ लाख २८ हजार बजेट विनियोजन भएको घरेलु कार्यालयले भौतिकतर्फ ९९ प्रतिशत र वित्तीयतर्फ ७६ प्रतिशत प्रगति गरेको जानकारी दिएको छ । यसैगरी १५१ जनालाई उद्यमशीलता विकास, ३८ जनालाई युवा उद्यमशीलता शीप विकास, २७ जना उद्यमी सृजना, १६ जनालाई उद्योग प्रवर्द्धन, कोरोनाका कारण श्रम छाडेर घर फर्केका ३५ जनालाई शीप विकास र १८ जनालाई परम्परागत शीपमा आधारित व्यवसाय प्रवद्र्धन तालीम प्रदान गरेको छ । कार्यालयले अल्लो तथा ढाकाको झोला, पर्स डिजाइन, हलुका सवारी चालक, सिलाइकटाइ, ब्युटी पार्लर, कम्प्युटर, हाउस वायरिङसम्बन्धी तालीम दिएको हो । यस्तै एघार पटक ११८ ओटा पसल तथा फर्मको बजार अनुगमन गरेको छ भने १६ जना उद्यमीलाई १३ लाख ७६ हजार रुपैयाँ बराबरको उपकरण वितरण गरेको छ । रासस