पूर्वीय दर्शनमा प्रगतिशील साहित्यबारे अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) को पाँचौँ कार्यक्रम

काठमाडौँ । पूर्वीय दर्शनमा प्रगतिशील साहित्यबारे अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) को पाँचौँ कार्यक्रम सम्पन्न भएको छ । २०७७ फागुन २९ गते भर्चुअल माध्यमबाट सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा अखिल (छैठौं) का अध्यक्ष विमल पोखरेलले सो विषयमा लिखित अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा उहाँले पूर्वी र पश्चिमी दुवै भूगोलका दर्शन र साहित्यको महत्त्वपूर्ण योगदान रहेको बताउँदै दुवै भूगोलका भौतिकवादी दर्शन र प्रगतिशील साहित्यलाई आत्मसात गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । पछिल्लो समयमा नेपालमा भौतिकवादी दर्शन र साहित्यको प्रचार बढ्दै गइरहेको उहाँको ठम्याइ थियो । ‘पूर्वीय दर्शनमा साकार रूप लिएका, जैन, साङ्ख्य, वैशेषिक, न्याय, बौद्धजस्ता दर्शनमा प्रशस्त मात्रामा भौतिकवादी तत्त्व रहेका छन्’ उहाँले भन्नुभयो– ‘हिन्दु दर्शनभित्र पनि महाभारत, रामायणलगायत धेरै धार्मिक साहित्यमा भौतिकवादी अवधारणाहरू रहेका छन् ।’ उहाँले भन्नुभयो– ‘पूर्वी भूगोलमा विकसित भएका यी दर्शनभित्रको भौतिकवाद नै यस क्षेत्रको प्रगतिशील साहित्यको आधार हुन् ।’ नेपालको प्रगतिशील लेखनमा भारत, रुस र चीनको प्रभाव सशक्त रहेको बताउँदै उहाँले साहित्यको वर्गीय चरित्र रहने बताउनुभयो । ‘साहित्यमा पनि वर्गीय स्वार्थ अभिव्यक्त हुन्छ’ उहाँले भन्नुभयो– ‘माओत्सेतुङले प्रगतिशील साहित्यले जनतालाई मद्दत गर्दै सत्रुलाई पराजित गर्ने काममा योगदान पुर्याउनुपर्ने आवश्यकतामा जोड दिनुहुन्थ्यो ।’ त्यसैगरी उहाँले साहित्य र सौन्दर्यले जीवन, जगत् र मानव समाजको पक्षमा उपयोग गर्नुपर्ने आवश्यकतामा पनि जोड दिनुभयो । अन्पाका अध्यक्ष डा. गोविन्दप्रसाद आचार्यको अध्यक्षता तथा केन्द्रीय सचिव गिरीप्रसाद बुढाको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा नेकपा (मसाल) का प्रवक्ता तथा प्रगतिवादी साहित्यकार रामप्रकाश पुरीले पनि सारगर्भित मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा अन्पाका केन्द्रीय कोषाध्यक्ष प्रकाश थापामगर र प्रगतिशील लेखक सङ्घ पश्चिम रुकुमका अध्यक्ष कमप्रसाद देवकोटाको पनि आतिथ्यता रहेको थियो । सो अवसरमा पिताम्बर भट्टराईले “मेरो देश”, समष्टि बुढाले “मेरो प्यारो नेपाल”, सुवास संयमले “ज्याकरान्डा” र प्रकाश थापामगरले “स्तुतिप्रसादहरू” शीर्षकको कविता वाचन गर्नुभएको थियो ।

सम्बन्धित सामग्री

वामपन्थीबीचको एकताका लागि प्रगतिशील लेखकले सिर्जना गर्नुपर्छ : मन्त्री किराती

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सुदन किरातीले जनता र सहिदका सपना पूरा गराउन वामपन्थीलाई एकताबद्ध बनाउन लेखकले सशक्त सिर्जना गर्नुपर्ने बताएका छन् । प्रगतिशील लेखक सङ्घ प्रलेसको ७२औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रममा मन्त्री किरातीले विश्वमै कम्युनिष्ट रक्षात्मक स्थितिमा रहेका बेला नेपालमा कम्युनिष्ट एक हुन नसकेको तर विसं २००९ देखि प्रलेसमा सबै वामविचारका लेखक […]

जनवादी गीतले नै मलाई मुख्यमन्त्री बनाएको हो : मुख्यमन्त्री पाण्डे

हेटौँडा– बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले जनावादी गीतहरुले नै आफू मुख्यमन्त्री भएको बताएका छन् । प्रगतिशील लेखक सङ्घ मकवानपुरको आयोजनामा आज हेटौँडामा भएको ‘जीवन शर्मा एकलसाँझ’ कार्यक्रममा उनले यस्तो बताएका हुन् । मुख्यमन्त्री पाण्डेले कम्युनिष्टले जनता जगाउने क्रममा जनवादी गीतको प्रयोग गरिएको र यही गीतले जनता जाग्दै व्यवस्था परिवर्तनसम्मको अवस्था सिर्जना हुँदा सोही क्रममा आफू […]

जनवादी गीतले नै मलाई मुख्यमन्त्री बनाएको हो : मुख्यमन्त्री पाण्डे

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले जनवादी गीतहरुले नै आफू मुख्यमन्त्री भएको बताएका छन् । प्रगतिशील लेखक सङ्घ मकवानपुरको आयोजनामा आज हेटौँडामा भएको ‘जीवन शर्मा एकलसाँझ’ कार्यक्रममा उनले यस्तो बताएका हुन् ।  मुख्यमन्त्री पाण्डेले कम्युनिष्टले जनता जगाउने क्रममा जनवादी गीतको प्रयोग गरिएको र यही गीतले जनता जाग्दै व्यवस्था परिवर्तनसम्मको अवस्था सिर्जना हुँदा सोही क्रममा आफू मुख्यमन्त्री भएको जनाए ।  जनताको वास्तविकता बोक्ने गरेको जनवादी गीतहरुले सामाजिक र

प्रलेस काठमाडौँको अध्यक्षमा विद्रोही

प्रगतिशील लेखक सङ्घ, काठमाडौँ जिल्ला शाखाको शनिबार सम्पन्न पाँचौँ अधिवेशनले ज्ञानु विद्रोहीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा भक्त विक र सुमिता भट्टराई, सचिवमा सुधा मैनाली, सहसचिवमा समष्टि बुढामगर र कोषाध्यक्षमा केशव भट्टराई चयन हुनुभएको छ । यसैगरी सदस्यहरूमा मेस्मा पुन, धुर्ब बस्याल, रामचन्द्र खतिवडा, जीवनप्रकाश उपाध्याय, राजेन्द्र पन्त ‘तारकिणी’, अनिता यात्री, जय गौडेल, रुपेश अधिकारी, राजेन्द्र घिमिरे, रमेश खतिवडा, पवनकुमारी न्यौपाने र शिवकु

प्रगतिशील लेखक सङ्घ बाँकेमा प्रधान

प्रगतिशील लेखक सङ्घ बाँकेको सातौँ जिल्ला सम्मेलनबाट सर्वसम्मत रूपले पुष्पमणि प्रधानको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति चयन भएको छ । समितिको उपाध्यक्षमा चरित्रा शाह, सचिवमा गणेशा कार्की, सहसचिवमा फणिन्द्र आचार्य, कोषाध्यक्षमा कल्पना पौडेल जिज्ञासु तथा सदस्यहरूमा विष्णु केसी, प्रकाश गिरि, लता शर्मा, प्रियङ्का वैश्य, जगदीश ढकाल, केशव निमेष र भूपेन्द्र सुवेदी रहेका छन् ।शनिबार नेपालगन्जमा सम्पन्न सम्मेलनको उद्घाटन गर्दै समारोहमा बाँके शाखाका संस्थापक अध्यक्ष ओमप्रकाश शर्माले सम्पूर्ण वामपन्थी लेख

प्रगतिशील लेखक सङ्घ नेपालको राष्ट्रिय सम्मेलन चैत २५ र २६ गते

काठमाडौँ, १८ पुस: नयाँ नेतृत्व चयनका लागि प्रगतिशील लेखक सङ्घ नेपालको १२औँ राष्ट्रिय सम्मेलन आगामी चैत २५ र २६ गते काठमाडौँमा हुने भएको छ । सङ्घका अध्यक्ष प्रा डा जीवेन्द्रदेव गिरीका अध्यक्षतामा शनिबार सम्पन्न केन्द्रीय समिति र तेस्रो राष्ट्रिय परिषद् बैठकले सम्मेलनका लागि आयोजक समितिसहित विभिन्न उपसमिति गठन पनि गरेको छ । सङ्घले व्यवस्थापन, प्रकाशन, […]

प्रलेसको राष्ट्रिय सम्मेलन चैत २५ र २६ गते

नयाँ नेतृत्व चयनका लागि प्रगतिशील लेखक सङ्घ नेपालको १२ औँ राष्ट्रिय सम्मेलन आगामी चैत २५ र २६ गते काठमाडौँमा हुने भएको छ । सङ्घका अध्यक्ष प्राडा जीवेन्द्रदेव गिरीका अध्यक्षतामा शनिबार सम्पन्न केन्द्रीय समिति र तेस्रो राष्ट्रिय परिषद् बैठकले  सम्मेलनका लागि आयोजक समितिसहित विभिन्न उपसमिति गठन पनि गरेको छ ।सङ्घले व्यवस्थापन, प्रकाशन, स्रष्टा सम्मान, प्रतिवेदन मस्यौदा, विधान मस्यौदा, प्रचार–प्रसार, स्वयंसेवक परिचालन र अतिथि सत्कार उपसमिति गठन गर्ने निर्णय गरेको छ  । राष्ट्रिय सम्मेल

युद्धप्रसाद मिश्र नयाँ जनवादी क्रान्तिपक्षीय साहित्यकार : डा. गोविन्द आचार्य

प्रकाश थापामगर/काठमाडौँ ।। अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) का अध्यक्ष डा. गोविन्दप्रसाद आचार्यले युद्धप्रसाद मिश्र नयाँ जनवादी क्रान्तिपक्षीय साहित्यकार भएको बताउनुभएको छ । अन्पाद्वारा २०७७ पुस २९ गते आयोजित ‘प्रगतिशील साहित्यिक आन्दोलनमा युद्धप्रसाद मिश्र’ विषयक परिसंवाद कार्यक्रममा मन्तव्य राख्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो । ‘साहित्यकार मिश्र नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न नहुँदासम्म र विश्वमा महान् सर्वहारा सांस्कृतिक क्रान्तिको औचित्यता कायम रहँदासम्म जीवितै रहने छन्’ डा. आचार्यले त्यसका पछाडिको कारण खोतल्दै भन्नुभयो– ‘मिश्रलाई प्रगतिवादी धारमा डोर्याउने यिनै दुई वटा परिघटना हुन् ।’ साहित्यकार मिश्र विशुद्ध साहित्यकार मात्र नभएर राजनीतिकर्मी पनि भएको उहाँको तर्क थियो । ‘उहाँले हलीगोठाला, महिला, प्रवासीसहित सर्वहारा पङ्क्तिको पक्षमा साहित्य सृजना गर्नुभयो’ उहाँले भन्नुभयो– ‘मिश्र त्यतिमा मात्र सीमित रहनुभएन, नेपाल कम्युनिस्ट आन्दोलनमा महत्त्वपूर्ण हस्ती पुष्पलालसँगै उहाँ नयाँ जनवादी क्रान्तिको राजनीतिमा समेत आजीवन सँगसँगै हिँड्नुभयो ।’ उहाँले मिश्रका खण्डकाव्यको तुलनामा फुटकर कविता सशक्त रहेको बताउनुभयो । मिश्रका कविता धारिलो भएको बताउँदै उहाँले त्यस खालको तिखो कवि अहिलेसम्म नेपाली साहित्यमा देखा नपरेको धारणा व्यक्त गर्नुभयो । कवि मिश्रको कविता अहिले पनि त्यत्तिकै सान्दर्भिक रहेको बताउँदै उहाँले भन्नुभयो– ‘प्रतिक्रियावादी व्यवस्थाका विरुद्ध धारिलो कविता लेख्न मिश्रका साहित्यले हामीलाई अहिलेसम्म पनि प्रेरणा दिइरहेका छन् ।’ नेकपा (मसाल) का प्रवक्ता तथा प्रगतिवादी साहित्यकार रामप्रकाश पुरीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा कविता र गजल वाचन पनि गरिएको थियो । कार्यक्रममा गिरीप्रसाद बुढाले ‘पार्टी फुटेको दिन’, ऋतु केसीले ‘ए साथी ! फर्केर आऊ’, समष्टि बुढाले ‘म देशको कृषक’, सुभाष जिसीले ‘मलाई सन्किन मन लागेको छ’, बाबुराम आचार्यले ‘साल साल बेहाल’, प्रकाश थापामगरले ‘बच्चामाकुरा’, हरिलाल महतराले ‘तिम्रो सङ्घीयतामा’ र खिमराज चालिसेले ‘मेरो घर’ शीर्षकको कविता वाचन गर्नुभएको थियो भने रगवीर विश्वकर्माले गजल वाचन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन अन्पाका सचिव गिरीप्रसाद बुढाले गर्नुभएको थियो ।

प्रतिगमन विरुद्ध सडकमा ओर्लिए लेखक–कलाकारहरू (फोटो)

प्रकाश थापामगर/काठमाडौँ ।। प्रतिनिधि सभा विघटनको विरुद्धमा लेखक–कलाकारहरू सडकमा ओर्लिएका छन् । प्रगतिशील लेखक सङ्घ, रक्तिम सांस्कृतिक अभियान, अखिल नेपाल प्रगतिशील लेखक सङ्घ र जनसांस्कृतिक महासङ्घसम्बद्ध लेखक–कलाकारहरू २०७७ पुस २६ गते माइतीघर मण्डलामा ओर्लिएर विरोध व्यक्त गरेका हुन् । कार्यक्रमको सञ्चालन गर्दै प्रगतिशील लेखक सङ्घका महासचिव समीर सिंहले प्रगतिशील लेखक–कलाकारहरूले खालि कविता, कथाजस्ता साहित्य लेख्ने मात्रै सीमित रहने होइन, परिस्थितिअनुसार सडकमै ओर्लिएर विरोध व्यक्त गर्ने गरेको बताउनुभयो । महासचिव सिंहले लेखक–कलाकारहरू परिस्थितिअनुसार कहिले कलमको मोर्चाबाट त कहिले सडकमै ओर्लिएर विरोध प्रदर्शन गर्ने परम्परानुसार अहिले ओली सरकारको प्रतिगामी कदमको विरोध गरिएको र आगामी दिनमा पनि यो सिलसिला यथावत रहने बताउनुभयो । कार्यक्रममा मन्तव्य राख्दै प्रलेसका उपाध्यक्ष गोपीरमण उपाध्यायले ओली सरकारको प्रतिनिधि सभा विघटन गर्ने घोषणा आफ्ना लागि अकल्पनीय भएको बताउनुभयो । उहाँले प्रधानमन्त्री ओलीले दुईतिहाइ बहुमतको सरकारको नेतृत्व गरिरहेकाले प्रतिनिधि सभा नै विघटन गरिहाल्लान् भनेर आफूले नचिताएको बताउँदै त्यसको सशक्त विरोध आवश्यक रहेको बताउनुभयो । त्यसैगरी, प्रलेसका पूर्व केन्द्रीय सचिव पुण्य गौतमले पनि ओलीको जनविरोधी संसद विघटनका विरुद्ध लेखक–कलाकारहरू अग्रपङ्क्तिमा रहेर विरोध गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । कार्यक्रममा कविता र गीतमार्फत पनि ओली सरकारको प्रतिगामी कदमको विरोध गरिएको थियो । त्यस क्रममा बम बानियाले ‘जोक्कर महाराज” शीर्षकको कविता प्रस्तुत गर्नुभएको थियो भने केशव सिलवालले ‘छुच्चो बादशाह’ शीर्षकमा कविता सुनाउनुभएको थियो । एवम् प्रकारले चेतनाथ धमलाले ‘रामशाहपथको अज्ञात घरबाट’, चीनका लागि पूर्व राजदूत डा. महेश मास्केले ‘एक्काइसौँ शताब्दीको बादशाह र नयाँ लुगा’, बाबा बस्नेतले ‘जङ्गबहादुर’, पारस ढकालले ‘प्रतिगमन मुर्दावाद’ र भीमा गौतमले ‘आगोको रगत’ शीर्षकको कविता वाचन गर्नुभएको थियो । कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सचिव हेमराज आश्रमले ‘छोड छोड साम्राज्यवाद’ र जनगायक प्रदीप देवानले ‘रक्तक्रान्तिको’ शीर्षकको गीत गाउनुभएको थियो ।