काठमाण्डाै – सशस्त्र प्रहरीको एपीएफ क्लब प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको फाइनलमा पुगेको छ ।
कीर्तिपुर मैदानमा आज बिहीवार भएकाे खेलमा मधेस प्रदेशलाई सात विकेटले हराउँदै एपीएफ उपाधि नजिकै पुगेको हो । मधेसले दिएको एक सय २३ रनको लक्ष्य एपीएफले २१ ओभर ३ बलमा तीन विकेट गुमाएर भेटायो । एपीएफका लोकेश बमले ३५, प्रदीप ऐरीले ३३ र आशिफ शेखले २५ रन बनाए । मधेसका रुपेश सिंहले दुई र राजेश यादवले एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको मधेस ३१ ओभरमा एक सय २२ रनमा आलआउट भयाे । उसका लागि रुपेश स...