एपीएफ क्लब महिला भलिबलको फाइनलमा

काठमाण्डाै - सशस्त्र प्रहरीको एपीएफ क्लब एनभीए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगको महिलातर्फ फाइनलमा पुगेको छ । लिग चरणको अन्तिम खेलमा न्यू डायमन्ड क्लब नेपाल पुलिस क्लबसँग पराजित हुँदा अङ्क तालिकामा दोस्रो हुँदै एपीएफ क्लबको महिला टोली फाइनल प्रवेश गरेको हो । न्यू डायमन्ड पुलिससँग २५–२०, २५–१४ र २५– १७ को सोझो सेटमा पराजित भएको हो । अब फाइनलमा दुई विभागीय टोली एपीएफ र नेपाल पुलिस खेल्नेछन् । यसअघि नै फाइनलमा पुगिसकेको पुलिस लिग चरणमा अविजित रह्यो । पुलिस ५ खेलमा १५ अङ्कसहित ...

सम्बन्धित सामग्री

छैटौँ झापा गोल्ड कपको फाइनलमा एपीएफ क्लब

काठमाडौं– एपीएफ क्लब छैटौँ झापा गोल्ड कपको फाइनलमा पुगेको छ । बिर्तामोडको डोमालाल राजवंशी मैदानमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा एपीएफ त्रिभुवन आर्मी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । एपिएफले आर्मीको आत्माघाती गोलको कारण फाइनल यात्रा तय गरेको हो । एपिएफका विदेशी खेलाडी फोडे फोफोनाले प्रहार गरेको बल खेलको ७०औं मिनेटमा आत्माघाति […]

एपीएफ क्लब प्रधानमन्त्री कपकाे फाइनलमा

काठमाण्डाै – सशस्त्र प्रहरीको एपीएफ क्लब प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको फाइनलमा पुगेको छ ।  कीर्तिपुर मैदानमा आज बिहीवार भएकाे खेलमा मधेस प्रदेशलाई सात विकेटले हराउँदै एपीएफ उपाधि नजिकै पुगेको हो । मधेसले दिएको एक सय २३ रनको लक्ष्य एपीएफले २१ ओभर ३ बलमा तीन विकेट गुमाएर भेटायो । एपीएफका लोकेश बमले ३५, प्रदीप ऐरीले ३३ र आशिफ शेखले २५ रन बनाए । मधेसका रुपेश सिंहले दुई र राजेश यादवले एक विकेट लिए ।   यसअघि पहिले ब्याटिङ गरेको मधेस ३१ ओभरमा एक सय २२ रनमा आलआउट भयाे । उसका लागि रुपेश स...

एपीएफ क्लब बेलबारी गोल्डकपको सेमिफाइनलमा

काठमाडौँ- सशस्त्र प्रहरी (एपीएफ) क्लब पाचौँ बेलबारी बुद्ध एयर अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखराको सहारा क्लबलाई टाइब्रेकरमा पाँच–चार गोल अन्तरले पराजित गर्दै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको हो । टाइब्रेकरमा एपीएफकालागि सनिश श्रेष्ठ, नवीन लामा, सुदीप शिखरकार, दीपेश धिमाल र राजु नगरकोटीले गोल गरेका थिए । त्यसैगरी सहारा क्लबका लागि दीपेश आलेमगर, […]

प्रधानमन्त्री कप : एपीएफ क्लब सेमिफाइनलमा प्रवेश

काठमाडाैं । विभागीय टोली एपीएफ क्लब प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । टियु क्रिकेट मैदानमा शनिबार कर्णाली प्रदेशलाई ४४ रनले हराउँदै एपीएफले अन्तिम चारको यात्रा तय गरेको हो । एपीएफले दिएको २ सय ३५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कर्णालीले ४८ ओभर १ बलमा अलआउट हुँदै ९० रन मात्र बनाउन […]

कर्णालीलाई हराउँदै एपीएफ क्लब प्रधानमन्त्री कप क्रिकेटको सेमि-फाइनलमा

काठमाण्डाै – सशस्त्र प्रहरीको एपीएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेटको सेमि-फाइनलमा पुगेको छ । कर्णाली प्रदेशलाई ४४ रनले हराएसँगै एपीएफ अन्तिम चारमा पुगेको हो । कीर्तिपुर मैदानमा एपीएफले दिएको २ सय ३५ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेश ११ बल बाँकी छँदै  १ सय ९० रनमा अलआउट भयो । उसका लागि रवीन्द्र शाहीले सर्वाधिक ८० रन बनाए । यस्तै, विपीन शाहीले ३४, अर्जुन घर्तीले २७ र दिनेश अधिकारीले २० रन बनाए । बलिङतर्फ एपीएफका मौसम ढकालले ४ तथा भुवन कार्कीले २ विकेट लिए । कर्णाली प्रदेशले कुनै अंक...

नवौं राष्ट्रिय खेलकुद: एपीएफ क्लब र सुदूरपश्चिम प्रदेश विजयी

काठमाडौँ– नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ क्लब र सुदूरपश्चिम प्रदेश विजयी भएको छ ।  पोखरामा मंगलबार भएको खेलमा नेपाल एपीएफ क्लबले बागमती प्रदेशलाई ४ विकेट पराजित गरेको हो । बागमतीले दिएको ९० रनको लक्ष्य पछ्याएको एपीएफले १९ ओभर १ बलमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । एपीएफको […]

एपीएफ क्लब नेपाल प्रो क्लब क्रिकेट च्याम्पियनसिपमा पाचौँ

काठमाडौं- एपीएफ क्लब नेपाल प्रो क्लब टी–ट्वान्टी क्रिकेट च्याम्पियनसिपमा पाचौँ भएको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा पाचौँ स्थानका लागि शुक्रबार दिउँसो भएको खेलमा एपीएफले पुश स्पोर्ट्स क्लब दिल्लीलाई ६ विकेटले पराजित गर्दै पाचौँ स्थान पक्का गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको पुश स्पोर्ट्स दिल्ली १७ ओभर ५ बलमा सबै विकेट गुमाउँदै केबल ६२ […]

अमेरिकी क्लब बीवाईएससीलाई हराउँदै एपीएफ क्लब आहा रारा गोल्डकपको सेमिफाइनलमा

काठमाण्डाै – सशस्त्र प्रहरीको एपीएफ क्लब आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ । पोखरा रंगशालामा भएको खेलमा बीवाईएससी यूएसए क्बलाई ३–१ गोलले हराउँदै एपीएफ अन्तिम चारमा पुगेको हो ।   ४७ औँ मिनेटमा मिगल फेलाफक्सले गोल गरेर बीवाईएसीलाई अग्रता दिलाए पनि एपीएफका रवि थिङले दुई तथा आवाश लामिछानेले एक गोल गरेपछि अमेरिकी क्लब पराजित हुन पुग्यो । पोखरामा चलिरहेको २० औं संस्करणको आहा रारा गोल्डकपमा १० टोली सहभागी छन् । प्रतियोगिताको विजेता १० लाख १ हजार र उपविजेता टोलीले ५ लाख १ हज...

एपीएफ क्लब आहा रारा गोल्डकप फुटबलको क्वाटर फाइनलमा

काठकाडौं, माघ ६ । नेपाल एपीएफ क्लब आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ । पोखरास्थित पोखरा रंगशालामा भएको उदघाटन खेलमा आयोजक सहारा क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै एपीएफ अन्तिम आठमा प्रवेश गरेको हो । सातदोबाटो युथ क्लबका ५ खेलाडी लिएर प्रतियोगितामा उत्रिएको आयोजक टिम उद्घाटन खेलमै पराजित भयो । एपीएफका […]

काठमाडौँ मेयर कप क्रिकेट : एपीएफ क्लब फाइनलमा

काठमाडौँ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब काठमाडौैँ मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । काठमाडौँ मेयर ११ लाई सात विकेटले पराजित गर्दै एपीएफ क्लब फाइनलमा स्थान बनाउन सफल भएको हो । मुलपानी क्रिकेट मैदानमा एपीएफ क्लबले टस जितेर फिल्डिङ रोजेपछि काठमाडौँ मेयर ११ ले ब्याटिङ गरेको थियो । काठमाडौँ मेयर ११ […]