युरोपीयन सुपर लीग बनाउनका लागि कोशिश गर्ने ६ वटा इंग्लिश क्लबहरूलाई सबै गरेर दुई करोड पाउन्डको जरिवाना लगाइएको छ ।
म्यानचेस्टर युनाइटेड, चेल्सी, लिभरपूल, आर्सनल, म्यानचेस्टर सिटी र टोटनहमले जरिवाना तिर्नुपर्ने भएको हो ।
उनीहरू प्रत्येकको भागमा ३३ लाख पाउन्ड जरिवाना परेको छ ।
यी ६ क्लबले यस्तै किसिमको काम भविष्यमा पनि गरेमा उनीहरू प्रत्येकलाई दुई करोड पाउन्ड जरिवाना लगाउने र ३० अंक काटिने पनि बताइएको छ ।
युरोपीयन सुपर लीग गत अप्रिल महिनामा प्रस्ताव गरिएको थियो । युरोपका सर्व...