जनकपुरधाम। जनता समाजवादी पार्टी (जसपा)को चुनावी समीक्षा बैठकमा कुटाकुट भएको छ। मंगलबार जनकपुरधामस्थित एक होटेलमा भएको धनुषा जिल्लाको समीक्षा बैठकमा नेताहरुले कुटाकुट गरेका हुन्।
अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा भएको समीक्षा बैठकमा संगठनको अवस्था बलियो रहे पनि चुनावमा भएको नराम्ररी पराजयको विषयमा नेताहरुले खुल्ला रुपमा आरोप लगाउन थालेपछि कुटाकुट भएको हो।