काठमाण्डौ - नेकपा एमालेका नेता माधव कुमार नेपालले प्रतिनिधि सभा विघटन गरेर मध्यावधि चुनावको घोषणा हुनुलाई प्रतिगमनको भाग–२ भन्नुभएको छ ।
ट्वीटमार्फत उहाँले प्रधानमन्त्री केपी शर्मा शर्मा ओलीले प्रतिगमन दोहोर्याएको आरोप लगाउनुभयो ।
षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको छ। प्रतिगमन दोहोरिएको छ । संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल हो । यो व्यवस्था नै कू गर्ने अग्रसरता हो । शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ ।...