ताप्लेजुङ : आगलागी पीडितलाई राहत दिन सुरु

ताप्लेजुङ – ताप्लेजुङको दोभान बजारमा मङ्गलवार भएको आगलागीका कारण गाँसबास गुमाएका परिवारलाई राहत वितरण गर्न थालिएकाे छ ।  मेरिङदेन गाउँपालिकाले आगलागी पीडितका प्रति परिवारलाई १५ हजार रुपैयाँका दरले राहत उपलब्ध गराएको छ । त्यस्तै नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङ शाखाले विभिन्न भाडाकुँडासहितका सामग्री र उद्योग वाणिज्य सङ्घले २० केजी चामल, नुन, तेललगायतका सामग्री वितरण गरेको छ ।  ताप्लेजुङको दोभान बजारमा आगलागी हुँदा कम्तीमा ४९ घर जलेका छन् । ५६ परिवार पूर्ण र थप २२ परिवार गरी ७८ घर परिवार ...

सम्बन्धित सामग्री

ताप्लेजुङ अमेरिका समाजद्वारा ७ लाख ४३ हजार

फुङलिङ नगरपालिकाको ५ लाख सहयोगताप्लेजुङ- जिल्लाको दोभानका आगलागी पीडित परिवारलाई ताप्लेजुङ समाज अमेरिकाले नगद ७ लाख ४३ हजार ८ सय ८५ रुपैयाँ प्रदान गरेको छ । समाजका ताप्लेजुङ प्रतिनिधि शिव कुमार गुरुङ नेतृत्वको टोलीले शनिबार उक्त रकम गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको समन्वयमा पीडित परिवारलाई प्रदान गरेको हो । ५९ घरपरिवारलाई जनही १२ हजार ५ सयका […]

आगलागी पीडित दोभानवासीको पीडाः थापेको राहतले घर ठडिदैन्, साहूको जमिनमा मन अडिदैन

ताप्लेजुङ– गत फागुन १८ गते दोभान बजार आगोले जल्यो । क्षणभरै ५० घर खरानी बन्यो । ६३ घरपरिवार विस्थापित भए । मेरिङदेन गाउँपालिकाले ४० करोड बढीको क्षति भएको तथ्यांक सार्वजनिक ग-यो । गृह मन्त्रालयमार्फत जिल्ला प्रशासन कार्यालयले आगलागी भएको पर्सिपल्ट टेन्ट वितरण गर्याे । त्यही टेन्टभित्र कतिपय अग्निपीडित परिवार कोचिएर बसेका छन् । कतिपय अन्यत्र […]