ताप्लेजुङ अमेरिका समाजद्वारा ७ लाख ४३ हजार

फुङलिङ नगरपालिकाको ५ लाख सहयोगताप्लेजुङ- जिल्लाको दोभानका आगलागी पीडित परिवारलाई ताप्लेजुङ समाज अमेरिकाले नगद ७ लाख ४३ हजार ८ सय ८५ रुपैयाँ प्रदान गरेको छ । समाजका ताप्लेजुङ प्रतिनिधि शिव कुमार गुरुङ नेतृत्वको टोलीले शनिबार उक्त रकम गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको समन्वयमा पीडित परिवारलाई प्रदान गरेको हो । ५९ घरपरिवारलाई जनही १२ हजार ५ सयका […]

सम्बन्धित सामग्री

आइतवारसम्म सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ करीब ८ लाखले भरे

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ फागुन २८ गतेसम्म ७ लाख ८२ हजार २२९ जनाले भरेका छन् । सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले दिएको जानकारीअनुसार फागुन २८ गते साँझ ५ बजेसम्म यी आवेदकहरूबाट ९३ लाख १७ हजार ६७० कित्ता शेयर खरीद माग भएको हो । जुन मागभन्दा २ दशमलव १९ गुणा बढी आवेदन हुन आउँछ ।  कम्पनीले फागुन २६ गतेदेखि सर्वसाधारणका लागि ४२ लाख ४८ हजार ९३८ कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो । यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीहरूमा आईपीओ बाँडफाँट गरिसकेको छ । आयोजना प्रभावित स्थानीयमा ३३ लाख ३२ हजार ५०० कित्ता, वैदेशिक रोजगारीमा गएका नेपालीमा ४ लाख ९९ हजार ८७५ कित्ता, सामूहिक लगानी कोषमा २ लाख ४९ हजार ९३७ कित्ता र कर्मचारीहरूमा १६ लाख ६६ हजार २५० कित्ता शेयर बाँडफाँट गरिसकिएको छ ।  मागभन्दा बढी आवेदन परिसकेकाले कम्पनीको आईपीओ फागुन ३० गतेसम्म मात्र विक्रीमा रहनेछ । न्यूनतम १० देखि अधिकतम २० हजार कित्तासम्म यो आईपीओ खरीदका लागि आवेदन दिन सकिनेछ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डकाट स्वीकृति प्राप्त सम्पूर्ण सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।  आईपीओ निष्कासनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ । कम्पनीले ताप्लेजुङ जिल्लामा ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस आयोजनको कुल लागत १३ अर्ब ३३ करोड रुपैयाँ र प्रतिमेगावाट लागत १८ करोड २६ लाखभन्दा बढी हुने अनुमान गरिएको छ । ७४ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको यस आयोजनाबाट २०८० साल भदौ २६ गतेदेखि व्यापारिक उत्पादन गर्ने लक्ष्य लिइएको छ । कम्पनीमा हाल संस्थापकतर्फबाट चुक्ता भएको पूँजी रू. २ अर्ब ३३ करोड २७ लाख ५० हजार रूपैयाँ रहेको छ । सर्वसाधारणमा सम्पूर्ण कित्ता शेयर बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ३ अर्ब ३३ करोड २५ लाख कायम हुनेछ । संस्थापकतर्फ ७० प्रतिशत शेयर स्वामित्व रहेको कम्पनीमा सर्वसाधारणतर्फ स्थानीयमा १० प्रतिशत, कर्मचारीमा ५ प्रतिशत र वैदेशिक रोजगारीमा रहेको नेपाली कामदार तथा सामूहिक लगानी कोषसहित सर्वसाधारणमा १५ प्रतिशत शेयर कायम हुनेछ ।

५८ घरपरिवारलाई जनही १३ हजार २ सयले प्रदान

दक्षिण कोरियाद्वारा दोभानका अग्निपीडितलाई ७ लाख ६५ हजार ५ सय २५ रुपैयाँ वितरण ताप्लेजुङ सम्पर्क समिति दक्षिण कोरियाले दोभानका अग्निपीडित परिवारलाई शनिबार ७ लाख ६५ हजार ५ सय २५ रुपैयाँ राहत वितरण गरेको छ । उपाध्यक्ष विजु माबोले गाउँपालिका अध्यक्ष गणेशबहादुर चोङबाङ लिम्बुसहित जनप्रतिनिधि तथा कर्मचारीको उपस्थितिमा उक्त रकम प्रदान गरेका हुन् । ५८ घर […]

ताप्लेजुङका अग्नी पीडितलाई साढे ७ लाख राहत

ताप्लेजुङ सम्पर्क समिति दक्षिण कोरियाले फुङ्लिङका अग्नि पीडितलाई झण्डै ७ लाख रुपैयाँ प्रदान गरेको छ । यसैगरी किराँत याक्थुङ कलाकार मञ्च फुङ्लिङले करिव ५८ हजार रुपैयाँ वितरण गरेको छ ।