गुण एयरलाइन्सले सेप्टेम्बरबाट उडान शुरु गर्दै

१३ भदौ, काठमाडौं । गुण एयरलाइन्सको हवाई सेवा आगामी सेप्टेम्बरबाट शुरु हुने भएको छ । आफ्नो नियमित उडानको तयारी आन्तरिक रुपमा तीब्र पारेको कम्पनीले जनाएको छ । आफ्ना दुइवटा बिचक्राफ्ट र थप पाँच वटा जेट्स्ट्रीम सहित कुल सात वटा विमानबाट उडान थाल्ने प्रक्रिया अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ । सेप्टेम्बर दोस्रो साताबाट आन्तरिक हवाई […]

सम्बन्धित सामग्री

आइतवारदेखि काठमाडौं–सुर्खेत उडान शुरु गर्ने तयारीमा गुण एयरलाइन्स

पुस १७, कर्णाली(सुर्खेत) । निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले आइतवारदेखि काठमाडौं–सुर्खेत व्यावसायिक उडान शुरू गर्न लागेको छ । सन् २०२२ को शुरूआतमै यो कम्पनीले थप गन्तव्यका रूपमा सुर्खेत उडान गर्न लागेको हो । हाल बुद्ध एयरलाइन्सले मात्र काठमाडौं–सुर्खेत रुटमा उडान गर्दै आएको छ । गुण एयरलाइन्सका प्रवक्ता एवं बजार प्रमुख प्रज्ज्वल थापाले आइतवारदेखि १८ सिटे जहाजबाट उडान शुरुआत गर्न लागेको जानकारी दिए।             काठमाडौं–सुर्खेत उडानका लागि भाडादर तोकिसकेको छ । अनलाइन टिकटमा काठमाडौं–सुर्खेतका लागि ८ हजार ५४५, ९ हजार ५४५ र ११ हजार ४२०रुपैयाँ भाडादर तोकेको उक्त एयरलाइन्सले दैनिक बिहान ८ : ३० बजे काठमाडौंबाट र सुर्खेतबाट ९ : ५० बजे उडान गर्ने बताएको छ । प्रवक्ता थापाले यही पुस २६ गतेदेखि भने दिउँसो २ : ३० बजे काठमाडौंबाट र सुर्खेतबाट ३ः५० बजे उडान गर्ने बताए । बुद्ध एयरले भने दैनिक बिहान ७ : २० बजे  काठमाडौंबाट उडान गर्दै आएको छ । रासस

अन्तरप्रदेश उडान विस्तार गर्दै गुण एयरलाइन्स, आजदेखि पोखरा-भरतपुर उडान शुरु

८ मंसिर, काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी गुण एयरलाइन्सले पोखरालाई हब बनाएर अन्तरप्रदेश उडान थालेको छ । पोखरा–भरतपुर रुटमा बुधबारदेखि उडान थालेको कम्पनीले बिहीबारदेखि पोखरा–भैरहवा र शुक्रबारदेखि पोखरा–नेपालगञ्जमा नियमित उडान गर्ने भएको छ । आन्तरिक पर्यटनलाई लक्षित गरी अन्तरप्रदेश उडान विस्तार गरिएको कम्पनीले जनाएको छ । यसबाट आन्तरिक पर्यटन प्रवद्र्धनमा ठूलो मद्दत पुग्ने कम्पनीको […]

गुण एयरलाइन्सले जेटस्ट्रिम जहाजमार्फत भैरहवामा शुरु गर्‍यो उडान

२१ असोज, काठमाडौं । निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले जेटस्ट्रिम जहाजमार्फत भैरहवामा पहिलो पटक आफ्नो नियमित उडान शुरु गरेको छ । काठमाडौं-भैरहवा उडान शुरु गरेको यो जहाजको सिट क्षमता ३० सिट रहेको कम्पनीले जनाएको छ । गुण एयरलाइन्सले बिच एअरक्राफ्ट १९०० मार्फत भरतपुर, पोखरा र तुम्लिङटारमा असोज १ गतेदेखि नै आफ्नो नियमित उडान शुरु गरिसकेको […]

गुण एयरलाइन्सको उडान शुरु, यस्तो छ यात्रुहरुको प्रतिक्रिया

काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी गुण एयरलाइन्सले ८ वर्षपछि पुनः हवाइ सेवा सुचारु गरेको छ । एयरलाइन्सले आफ्ना दुई विचक्राफ्ट र थप गरिएका पाँच जेटस्ट्रिम सहित असोज १ गते शुक्रवारबाट आफ्नो नियमित आन्तरिक उडान शुरु गरेको हो । एयरलाइन्सले पहिलो उडानको रुपमा काठमाडौं–चितवन गरेको छ भने दोस्रोमा काठमाडौं–पोखरा उडान भरेको छ । एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बालकृष्ण श्रेष्ठले गुण एयरलाइन्स कसैसँग प्रतिस्पर्धा गर्नका लागि नआएको बताए । उनले एयरलाइन्सले कोरोना मह

गुण एयरलाइन्सको विद्युतीय बस सञ्चालनमा

असोज २, काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी गुण एयरलाइन्सले आन्तरिक उडानका यात्रुका लागि वातावरण अनुकुलित दुई ओटा विद्युतीय बस सेवा सञ्चालनमा ल्याएको छ ।  शुक्रवारदेखि आफ्नो नियमित उडान शुरु गरेको कम्पनीले आन्तरिक विमानस्थलमा पहिलो पटक विद्युतीय बस सञ्चालन गरेको हो । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिकतर्फ १० हेलिकप्टरसहित २० वायुसेवा प्रदायक कम्पनीले उडान गर्दै आएका छन् । नेपालीको महान् चाड दशैँ, तिहारलगायत चाडलाई लक्ष गर्दै उक्त एयरलाइन्सले दशैँको मुखमा उडान सञ्चालन गरेको हो । यात्रुलाई सुरक्षित र भरपर्दो सेवा दिन तयार रहेको र यसका लागि कुनै कसर बाँकी नराख्ने कम्पनीका प्रवक्ता एवम् बजार प्रमुख प्रज्वल थापाले बताए ।  कोभिड महामारीकाबीच आफूहरु पनि यात्रुलाई सेवा दिन तयार रहेको र वर्तमान हवाई भाडादरको चर्को प्रतिस्पर्धामा कम्पनी पनि उत्रेर गुणस्तरीय सेवा प्रदान गरिने उनको भनाइ थियो । आफ्ना १८ सिट क्षमताका दुई बिचक्राफ्ट र थप गरिएका ३० सिटे पाँच जेट स्ट्रिमसहित कूल सात जहाजको उडान शुरु गरिएको कम्पनीले जानकारी दिएको छ । सुरुआती उडान काठमाडौंबाट पोखरा र भरतपुर (चितवन) गरिएकोमा केही दिनपछि नै अन्य गन्तव्य तुम्लिङ्टार, विराटनगर, सिमरा, जनकपुर, भैरहवा, नेपालगञ्ज र सुर्खेतमा उडान गर्ने योजना बनाएको जानकारी दिइएको छ । रासस

दशैंको मुखमा आन्तरिक उडानमा थपियो विकल्प, गुण एयरलाइन्सले थाल्यो उडान

१ असोज, काठमाडौं । नजिकिँदै गएको दशैं-तिहार लगायतका चाडपर्वमा काठमाडौंबाट हवाईमार्गबाट विभिन्न गन्तव्यमा जाने यात्रुलाई एक विकल्प थपिएको छ । सिम्रिक एयरलाइन्स नामबाट चलिरहेको वायुसेवा कम्पनीको स्वामित्व परिवर्तन पछि बनेको गुण एयरलाइन्सले नयाँ व्यवस्थापनसहित उडान शुरु गरेको हो । साविकको सिम्रिकसँग मात्र २ वटा बिचक्राफ्ट जहाज थिए । सो कम्पनीले यति एयरलाइन्सका पाँच वटा जेट्स्ट्रीम […]

उडान थाल्यो गुण एयरलाइन्सले

निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी गुण एयरलाइन्सले शुक्रबारदेखि आफ्नो नियमित उडान शुरु गरेको छ । आफ्ना दुई विचक्राफ्ट र थप गरिएका पाँच जेट स्ट्रिमसहित कूल सात जहाजको उडान शुरु गरिएको कम्पनीले जनाएको छ ।

उडान थाल्यो गुण एयरलाइन्सले

निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी गुण एयरलाइन्सले शुक्रबारदेखि आफ्नो नियमित उडान शुरु गरेको छ । आफ्ना दुई विचक्राफ्ट र थप गरिएका पाँच जेट स्ट्रिमसहित कूल सात जहाजको उडान शुरु गरिएको कम्पनीले जनाएको छ ।

शुक्रवारदेखि गुण एयरलाइन्सले भरतपुर–काठमाडौं सेवा शुरु गर्ने

भदौ ३०, चितवन । यति एयरलाइन्सले आफ्नो सेवा बन्द गरेपछि गुण एयरलाईन्सले भरतपुर–काठमाडौं–भरतपुर सेवा दिने भएको छ । एयरलाइन्सले उडानको लागि अनुमति लगायत सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएको छ । दशैंलाई लक्षित गर्दै एयरलाइन्सले पहिलो पटक भरतपुरबाट सेवा दिन लागेको हो ।  एयरलाइन्सका कर्मचारी कुलराज शर्माले उडानको लागि सबै तयारी पूरा भएको जानकारी दिए । ‘हाम्रो लगभग सबै काम पूरा भएको छ र टिकट बुकिङ पनि शुरु गरेका छौं, उनले भने, असोज १ गतेबाट उडानको पक्का पक्की भइसकेको छ ।’ शुरुवाती क्षणमा एयरलाइन्सले एउटा मात्र उडानबाट सेवा शुरु गर्नेछ । हामीले शुरुमा १८ सिटे एउटा फ्लाईटबाट सेवा शुरु गर्नेछौं, शर्माले भने, यात्रुको चाप अनुसार उडान थप गर्दैछौं ।’ उनले भने ।  विमानस्थलका प्रमुख योगेन्द्र कुँवरले गुण एयरलाइन्सले उडान अनुमति लिइसकेको र फ्लाईट सेड्युल पनि आइसकेको बताए । ‘फ्लाईट सेड्युल पनि आईसकेको छ, असोज १ गतेबाट सेवा शुरु हुन्छ ।’ कुँवरले भने ।  यात्रुहरुको चाप अत्यधिक बढ्दै गईरहेको भन्दै कुँवरले गुण एयर सञ्चालनमा आएसँगै यात्रुहरुलाई केही राहत मिल्ने बताए ।  असोज १ गते बिहान साँढे १० बजे काठमाडौंबाट भरतपुर उडान हुने समय तालिका रहेको छ । पछि समयतालिका हेरफेर गर्न सकिने बताइएको छ ।

गुण एयरलाइन्सले १ असोजबाट उडान थाल्ने

२९ भदौ, काठमाडौं । गुण एयरलाइन्सले आफ्नो नियमित उडान असोज १ गतेबाट शुरूवात गर्ने भएको छ । आफ्ना दुइवटा बिचक्राफ्ट र थप गरिएका पाँच वटा जेट्स्ट्रीम सहित कुल सात वटा विमानबाट उडान शुरु गर्न लागेको कम्पनीले जनाएको छ । सेप्टेम्बर १७ (असोज १) देखि आन्तरिक हवाइ सेवा सुचारु गर्ने र यसको लागि टिकट बुकिङ समेत […]