कुनै पनि देशको सर्वतोमुखी विकासका लागि स्थानीय विकासको अपरिहार्य आवश्यकता छ, जसका लागि स्थानीय निकायहरूको भूमिका मह्वपूर्ण छ । वस्तुतः स्थानीय तहका महत्वपूर्ण पूर्वाधारअन्तर्गत नगरपालिकाहरूमा सडक, आवास, ढल, खानेपानी तथा सरसफाइ, फोहरमैला व्यवस्थापन, पर्यटकीय पूर्वाधार, कृषि पूर्वाधार, पार्क, बिजुली, टेलिफोन, इन्टरनेट, विशेष आर्थिक क्षेत्र (सेज) आदि हुन् । यसैगरी गाउँपालिकाहरूका स्थानीय पूर्वाधारहरूमा सडक, साना जलविद्युत्, […]