भक्तपुर नगरपालिकामा नेमकिपाको पुरानै उम्मेदवार

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले भक्तपुर नगरपालिकामा पुरानै नगर प्रमुख र उपप्रमुखलाई आसन्न स्थानीय तहका लागि उम्मेदवार बनाएको छ । भक्तपुर नगरपालिकाको प्रमुखमा नेमकिपाले सुनील प्रजापति र उपप्रमुखमा रजनी जोशीले सोमबार उम्मेदवारी दर्ता गराएका छन् । सो पार्टीले चाँगुनारायण नगरपालिकामा प्रमुख पदमा केशव तिमिल्सिना र उपप्रमुख पदमा कल्पना लामालाई उम्मेदवार बनाएको छ । सूर्यविनायक नगरपालिकामा श्याम बिसंखे प्रमुख र चनमति खुलिमुली उपप्रमुखको उम्मेदवार रहेकी छन् । मध्यपुर थिमिमा आशाहिर प्रजापत

सम्बन्धित सामग्री

भक्तपुर-१ मा नेमकिपाका प्रेम सुवाल विजयी

८ मंसिर, भक्तपुर । भक्तपुर क्षेत्र नम्बर १ बाट नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का उम्मेदवार प्रेम सुवाल पुनः विजयी भएका छन् । पछिल्लो परिणाममा सुवालले ४२ हजारभन्दा बढी मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नवराज गेलालले ११ हजार ८३४ र राप्रपाका उम्मेदवार भरतबहादुर खड्काले ९ हजार २२२ मत पाएका छन् । सत्ता […]

भक्तपुर-१ मा नेमकिपाका प्रेम सुवालकाे अग्रता

भक्तपुर - प्रतिनिधि सभातर्फ भक्तपुर क्षेत्र नं. १ मा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार प्रेम सुवालले फराकिलो मतान्तरले अग्रता लिनु भएको छ । उहाँलाई  एमालेका उम्मेदवार नवराज गेलालले पछ्याइरहनु भएकाे छ ।  आज बिहानको मत परिणाम अनुसार तीन हजार ७२९ को मतान्तरबाट नेमकिपाले अग्रता लिएको हो । आज बिहानसम्ममा ३६ हजार ९९४ मत गणना हुँदा नेमकिपाले १३ हजार ६८८ मत प्राप्त गर्दै अग्रता लिएको छ भने निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार नवराज गेलालले नौ हजार ९५९ मत प्राप्त गर्नु भएको छ ।  राष्ट्रिय प्रजात...

भक्तपुर १ मा नेमकिपा सुवाल पछाडि, २ मा एमालेका बस्नेत

भक्तपुर – दुई निर्वाचन क्षेत्र रहेको भक्तपुर जिल्लाको क्षेत्र नं २ मा मंगलबार बिहान ११ः३० बजेसम्म भएको मतगणनामा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका दुर्लभ थापाले एमालेका उम्मेदवार महेश बस्नेतलाई एक हजार ५० मतान्तरले पछाडि पार्दै अग्रता लिएका छन्। मध्यपुरथिमि नगरपालिका बोडेस्थित नेपाल कृषि विकास बैंकको तालिम केन्द्रमा जारी मतगणनामा मंगलबार बिहान ११ बजेसम्मको मतपरिणाम अनुसार ३५ […]

भक्तपुर– २ मा महेश बस्नेतको अग्रता

काठमाडौँ – भक्तपुर २ मा कांग्रेसका उम्मेदवार दुर्लभ थापालाई पछि पार्दै एमाले उम्मेदवार महेश थापाले अग्रता लिएका छन्। बस्नेतले ६ हजार ८ सय २४ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका थापाले ६ हजार ४ सय ८४ मत ल्याएका छन्।

भक्तपुर–१ मा माओवादीका सुनिल गोठेको अग्रता, एमाले तेस्राे

भक्तपुर–१ मा माओवादी केन्द्रका उम्मेदवार सुनिल गोठेले अग्रता लिएका छन् ।

भक्तपुर क्षेत्र नं. २ मा कांग्रेस अगाडि, एमाले उम्मेदवार महेश बस्नेत पछाडि

भक्तपुर - भक्तपुर क्षेत्र नं. २ मा नेपाली कांग्रेसले अग्रता लिएको छ। प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसले एमालेका उम्मेदवारलाई पछाडि पार्दै अग्रता लिएको हो। गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका जिल्ला सभापति दूर्लभ थापाले एमालेका उम्मेदवार महेश बस्नेतलाई ६ सय मतले पछाडि  पार्नु भएको छ। मध्यपुरथिमि नगरपालिका–३ कौशलटार, सूर्यविनायक नगरपालिका–१ सिरुटार र सूर्यविनायक नगरपालिका–५ कटुन्जे तीन वटा मतदान केन्द्रका मतगणनामा नेपाली कांग्रेसले दुई हजार २ सय ३० मतले अग्रता लिएको छ। एमाले एक हजार ६ ...

भक्तपुर-१ का उम्मेदवार चुनावी प्रचारप्रसारमा व्यस्त

काठमाडौं । मतदान गर्ने दिन नजिकिएसँगै भक्तपुर निर्वाचन क्षेत्र नम्बर –१ का उम्मेदवारहरुले प्रचारप्रसारलाई तीब्रता दिएका छन्। विभिन्न राजनीतिक दलका उम्मेदवारका साथै स्वतन्त्र उम्मेदवारहरु पनि पुरानै आश्वासनका बोकेर मत माग्न घरदैलोमा व्यस्त भएका हुन् । उम्मेदवारहरुको घरदैलोमा स्थानीय किसानहरुले भने मल नपाएको गुनासो गरेका छन् । अहिले देशभरका उम्मेदवार आफ्नो अन्तिम प्रचारप्रसारका लागि दौड धूप […]

भक्तपुर–२ मा ‘बाहुबली’ भिडन्त

प्रतिनिधिसभा अन्तर्गत भक्तपुर–२ मा सत्ता गठबन्धनका साझा उम्मेदवार दुर्लभ थापा र एमालेका महेश बस्नेतबीच चुनावी भिडन्त हुने देखिन्छ । कांग्रेस जिल्ला सभापति थापा र एमाले पोलिटब्युरो सदस्य बस्नेतबीचको प्रतिस्पर्धालाई निकै चाखका साथ हेरिएको छ ।भक्तपुर–२ मा दुवैतर्फका उम्मेदवार जिल्लामा युवा तथा हक्की नेताका रुपमा परिचित छन् । त्यसैले दुवैलाई ‘बाहुबली’ उम्मेदवारका रुपमा स्थानीयवासीले लिने गरेका छन् ।०७४ मा पहिलो पटक भक्तपुर–२ मा एमालेको झण्डा गाडेका बस्नेतलाई यसपटक सत्ता

भक्तपुर क्षेत्र नं २ का उम्मेदवार थापालाई स्पष्टीकरण

काठमाडौँ,२ कार्तिक । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जारी आचारसंहिताको उल्लङ्घन हुने गरी प्रचारप्रसार गरेको विषयमा प्रतिनिधिसभा सदस्यका भक्तपुर क्षेत्र नं २ का उम्मेदवार दुर्लभ थापालाई स्पष्टीकरण सोधेको छ । थापाले सूर्यविनायक नगरपालिका वडा नं. २, ३, ४ र ६ का चोक र गल्ली र पोलमा आफू उम्मेदवार रहेको नेपाली कांग्रेस दलको झण्डा, […]