भक्तपुर–२ मा ‘बाहुबली’ भिडन्त

प्रतिनिधिसभा अन्तर्गत भक्तपुर–२ मा सत्ता गठबन्धनका साझा उम्मेदवार दुर्लभ थापा र एमालेका महेश बस्नेतबीच चुनावी भिडन्त हुने देखिन्छ । कांग्रेस जिल्ला सभापति थापा र एमाले पोलिटब्युरो सदस्य बस्नेतबीचको प्रतिस्पर्धालाई निकै चाखका साथ हेरिएको छ ।भक्तपुर–२ मा दुवैतर्फका उम्मेदवार जिल्लामा युवा तथा हक्की नेताका रुपमा परिचित छन् । त्यसैले दुवैलाई ‘बाहुबली’ उम्मेदवारका रुपमा स्थानीयवासीले लिने गरेका छन् ।०७४ मा पहिलो पटक भक्तपुर–२ मा एमालेको झण्डा गाडेका बस्नेतलाई यसपटक सत्ता