सांसदले आफ्नै कम्पनीको ठेक्का शिलान्यास गरे

प्रतिनिधिसभाका नवनिर्वाचित एक सांसदले आफ्नै कम्पनीले ठेक्का पाएको सडकखण्डको शिलान्यास गरेका छन्। पर्सा ३ का सांसद हरिनारायण रौनियार पप्पु कन्स्ट्रक्सनका सञ्चालक हुन्, जुन कम्पनी ढिलासुस्ती र गुणस्तरहीनताका कारण विभिन्न परियोजनामा ‘कालो सूची’ मा पर्दै आएको छ। त्यहि कम्पनीले ठेक्का पाएको हुलाकी राजमार्गअन्तर्गत वीरगन्ज–ठोरी ३० किलोमिटर खण्ड स्तरोन्नति गरी कालोपत्रे गर्ने योजनाको सोमबार स्वयं रौनियारले शिलान्यास…

सम्बन्धित सामग्री

प्रिमियममा आईपीओ निष्कासन गर्ने कम्पनी थपिँदै, कुन कम्पनीले पाउँछन् यो सुविधा ?

काठमाडौं । पछिल्लो समय प्रिमियममा आईपीओ निष्कासन गर्ने कम्पनीको संख्या बढ्न थालेको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले प्रिमियममा आईपीओ निष्कासन गर्न स्वीकृति दिन थालेपछि कतिपय निजी क्षेत्रका कम्पनीले साधारण सभाबाट उक्त प्रस्ताव पारित गराएर आईपीओ निष्कासनको प्रक्रिया अघि बढाएका छन् । कतिपयले भने साधारण सभामा प्रिमियममा आईपीओ जारी गर्ने प्रस्ताव राख्ने भएका छन् ।   प्रिमियममा शेयर निष्कासन गर्न अनुमति पाएका सबै कम्पनीले सर्वसाधारणमा शेयर जारी गरेर प्रिमियम मूल्यभन्दा पनि उच्च मूल्यमा दोस्रो बजारमा कारोबारमा आइसकेका छन् । दोस्रो बजारमा उच्च मूल्यमा कारोबार भएपछि अहिले स्थापित कम्पनी पनि प्रिमियम मूल्यमा शेयर निष्कासन गर्न उत्साहित भएको देखिन्छ ।  शिवम् होल्डिङ्ग्स लिमिटेड प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्नका लागि विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त गरिसकेको छ । कम्पनीले १६ लाख कित्ता साधारण शेयर प्रिमियम मूल्यमा निष्कासन गर्ने तयारी गरेको हो । त्यस्तै जगदम्बा क्रेडिट इन्भेष्टमेन्ट लिमिटेडले पनि प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न यही पुस २८ गते साधारण सभा आयोजना गरेको छ । त्यस्तै जगदम्बा स्टिल्स र ह्याम्स अस्पताल पनि प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने तयारीमा छन् । यी दुवै कम्पनीले आईपीओ निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिइसकेका छन् । जगदम्बा स्टिल्सले अंकित मूल्यमा २ सय रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता ३ सय रुपैयाँमा २ करोड ७० हजार कित्ता आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएको छ ।  त्यसैगरी ह्याम्स अस्पतालले अंकित मूल्यमा १ सय ८८ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २८८ रुपैयाँमा ११ लाख २५ हजार कित्ता आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो ।  चालू आर्थिक वर्ष (आव)मा सेबोनले सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड र हिमालनयन रिइन्स्योरेन्सलाई प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न स्वीकृति दिइसकेको छ । सोनापुर मिनरल्सको शेयर कारोबार धितोपत्रको दोस्रो बजारमा आइसकेको छ भने हिमालयन रिइन्स्योरेन्सको शेयर सूचीकृत प्रक्रियामा छ ।  त्यस्तै सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्न स्वीकृति पाइसकेको छ । पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तामा बाँडफाँट गरेर दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ जारी गर्ने सेबोनबाट अनुमति पाइसकेको छ । यस कम्पनीले पुस २५ गतेदेखि उद्योग प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ जारी गर्न लागेको छ । कम्पनीले बुक बिल्डिङ विधिबाट प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसामा आईपीओ जारी गर्न लागेको हो ।  सोनापुर मिनरल्सको शेयर मूल्य बुधवार प्रतिकित्ता रू.४८२ दशमलव ९० कायम भएको छ । यस कम्पनीले अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसाका दरले ९७ लाख ३२ हजार ५४४ कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गरेको थियो ।  गत आवमा घोराही सिमेन्ट इन्डष्ट्रिज, भगवती हाइड्रोपावर डेभलपमेन्ट कं. लिमिटेड, मान्डु हाइड्रोपावर, रिलायवल नेपाल लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, सिटिजन्स लाइफ इन्स्योरेन्स र आईएमई लाइफ इन्स्योरेन्स लिमिटेडलाई प्रिमियममा शेयर निष्कासन गर्न सेबोनले अनुमति दिएको थियो ।  पछिल्लो समय सेबोनले प्रिमियममा आईपीओ निष्कासन गर्न स्वीकृति दिएको कम्पनीको बारेमा संसदको लेखा समितिमा कुरा उठेको थियो । समितिमा कतिपय सांसदले वित्तीय विवरण राम्रो नभएका कम्पनीलाई प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न दिएको आरोप लगाएका थिए ।  त्यसपछि कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले कस्ता कम्पनीले प्रिमियम मूल्यमा आईपीओ जारी गर्न पाउँछन् भने प्रश्न उठाउन थालेका छन् ।  कस्ता कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न पाउँछन् ? धितोपत्र दर्ता तथा निष्कासन नियमावलीले लगातार तीन आवसम्म नाफामा रहेको प्रतिशेयर नेटवर्थ प्रतिशेयर अंकित मूल्यभन्दा बढी रहेका कम्पनीलाई प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न सक्ने व्यवस्था छ । ‘प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने संगठित संस्था लगातार पछिल्लो तीन वर्षसम्म खुद मुनाफामा सञ्चालनमा रहेको, संगठित संस्थाको प्रतिशेयर चुक्ता पूँजीभन्दा प्रतिशेयर नेटवर्थ बढी भएको हुनपर्नेछ,’ धितोपत्र दर्ता तथा निष्कासन नियमावलीमा भनिएको छ, ‘संगठित संस्थाको साधारण सभाले प्रिमियम मूल्यमा धितोपत्र जारी गर्ने निर्णय गरेको, संगठित संस्थाले प्रिमियम मूल्य निर्धारण गर्दा अपनाइएको विधि, औचित्य र औचित्यलाई पुष्टि गर्ने गरी संगठित संस्थाभन्दा बाहिरका विज्ञ वा विज्ञ संस्थाबाट प्रमाणित धितोपत्र मूल्यांकन प्रतिवेदन, निर्देशिकामा उल्लिखित प्रिमियम निर्धारणसम्बन्धी व्यवस्था पालना गरेको र संगठित संस्थाले कम्तिमा औसत वा सोभन्दा माथिल्लो क्रेडिट रेटिङ्गको ग्रेड प्राप्त गरेको हुनुपर्नेछ ।’ कसरी हुन्छ प्रिमियममा मूल्य निर्धारण ? धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन वा विक्री प्रस्तावमार्फत निष्कासन गर्न चाहने संगठित संस्थाको धितोपत्रको प्रिमियम गणना गर्दा पछिल्लो तीन वर्षको पूँजीकृत भएको आम्दानी (क्यापिटलाइज्ड अर्निङ्ग), भविष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्य (डिस्काउन्टेड क्यास फ्लो) र अन्तरराष्ट्रिय प्रचलनको आधारमा मूल्यांकनकर्ताले अपनाएको अन्य कुनै एक विधि अवलम्बन गरी प्राप्त हुने कुल मूल्यको औसत मूल्य गणना गर्नुपर्ने व्यवस्था धितोपत्र दर्ता तथा निष्कासन नियमावलीले गरेको छ । यसरी कायम भएको औसत मूल्य र संगठित संस्थाको पछिल्लो लेखापरीक्षण भएको वित्तीय विवरण अनुसारको प्रतिशेयर नेटवर्थको दुई गुणाले हुन आउने मूल्यमा जुन कम हुन्छ सो रकमलाई प्रिमियम कायम गर्नुपर्ने व्यवस्था नियमावलीले गरेको छ ।

सिफारिस समितिले सभामुखलाई बुझायो प्रतिवेदन

महाभियोग सिफारिस समितिले सभामुख अग्नीप्रसाद सापकोटालाई प्रवितवेदन बुझाएको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाभियोग लगाउन संसदीय छानबिन समितिले सिफारिस गरेको थियाे । सत्तागठबन्धनका ९८ सांसदले १ फागुनमा जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका...

अर्थ समितिमा सेबोन अध्यक्षमाथि सांसदले उठाए नैतिक प्रश्न

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा अध्यक्ष भीष्मराज ढुंगानाले पदीय दायित्वविपरीत काम नगरेको दाबी गरेको छ । आइतबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा बोर्डले सर्वोत्तम सिमेन्ट धितोपत्र बोर्डको नियमनभित्र नआइसकेको पनि जनाएको छ । अध्यक्ष ढुंगानाको विवाहिता छोरीले कम्पनीको सेयर खरिद गरेको र बोर्ड कर्मचारी सेवा, सर्त...

सांसदले गरे आफ्नै कम्पनीको ठेक्का शिलान्यास

वीरगन्ज । प्रतिनिधिसभाका नवनिर्वाचित एक सांसदले आफ्नै कम्पनीले ठेक्का पाएको सडकखण्डको सोमबार शिलान्यास गरेका छन् । पर्सा ३ का सांसद हरिनारायण रौनियार पप्पु कन्स्ट्रक्सनका सञ्चालक...

सांसदले गरे आफ्नै कम्पनीको ठेक्का शिलान्यास

प्रतिनिधिसभाका नवनिर्वाचित एक सांसदले आफ्नै कम्पनीले ठेक्का पाएको सडकखण्डको सोमबार शिलान्यास गरेका छन् । पर्सा ३ का सांसद हरिनारायण रौनियार पप्पु कन्स्ट्रक्सनका सञ्चालक हुन्, जुन कम्पनी ढिलासुस्ती र गुणस्तरहीनताका कारण विभिन्न परियोजनामा ‘कालो सूची’ मा पर्दै आएको छ ।