काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले पार्टीको आधिकारिकता प्रदान गर्न निर्वाचन आयोगसँग पुनः माग गरेको छ ।
सोमबार बसेको सो समूहको सचिवालय बैठकले तत्काल दलको आधिकारिकता निरूपण गरिदिन निर्वाचन आयोगलाई ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।
बैठकले पार्टीको आधिकारिकता निरुपण नहुँदा कानुनी उल्झन खडा भएको भन्दै छिनोफानो गरिदिन आग्रह गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।
त्यस्तै, आजको सचिवालय बैठकले तत्काल स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक आह्वान गर्ने निर्णय गरेको छ ।