अस्ट्रेलियन ओपन-२०२४ को पुरुष एकल उपाधिका लागि ड्यानिएल मेडभेडेभ र जानिच सिनर भिड्ने भएका छन् । शुक्रबार भएको पहिलो सेमिफाइनलमा सिनरले डिफेन्डिङ च्याम्पियन नोभाक जोकोभिचलाई ६–१, ६–२, ६–७ (६/८) र ६–३ ले हराएका थिए ।
डिफेन्डिङ च्याम्पियन दिनेश प्रजापतिले चौँथो वरीयताका जयराम श्रेष्ठविरुद्ध सूर्य नेपाल एनपीजीए म्याच–प्लेको उपाधिका लागि भिड्ने भएका छन् ।रोयल नेपाल गल्फ क्लबमा बिहीबार सेमिफाइनलमा तेस्रो वरीयताका दिनेशले १६औं होलमा जित हात पारे ।
काठमाडौं । राजधानीमा जारी यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज सोमबार सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश प्रतिस्पर्धा गर्दैछन् । उपाधिका लागि बिहान ९ कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा यी दुई टिमबीच प्रतिस्पर्धा हुन लागेको हो । समूह चरणको खेलमा अपराजित रहदै साबिकको उपबिजेता सुदुरपश्चिम फाइनल पुगेको हो । डिफेन्डिङ च्याम्पियन लुम्बिनी भने समूह चरणका ६ […]
डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब काठमाडौं झापाको दमकमा जारी दमक गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । गोर्खा ब्वाइज रुपन्देहीलाई १(० गोल अन्तरले पराजित गर्दै पुलिस फाइनलमा प्रवेश गरेको हो । खेलको ५९ औँ मिनेटमा नीरकुमार राईले डिएरियाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । उनको यही गोल निर्णायक बन्यो । निकै प्रतिस्पर्धात्मक खेलमा गोर्खा ब्वाइजले गोल गर्ने प्रयास गर्यो । तर, सफल हुन सकेन । जीतसँगै पुलिसले शुक्रबार उपाधिका लागि मनाङमस्र्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । बुधबारको
छैठौं राजर्षि जनक कप फुटबल प्रतियोगिताअन्तर्गत फाइनल खेलमा पिप्ले युवा क्लब हेटौडा र मच्छिन्द्र फुटबल क्लब काठमाडौं मैदानमा उत्रिँदै छन् । सर्लाहीको बागमती नगरपालिका–११, स्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा हुने फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन पिप्ले र ‘ए’ डिभिजन लिग विजेता मच्छिन्द्र भिड्न लागेका हुन् ।आइतबार दुवै टोली उपाधि आफ्नो पोल्टामा पार्ने दाउमा छन् । प्रतियोगिता पहिला आयोजकको तर्फबाट आयोजित प्रि–म्याच कन्फ्रेन्समार्फत दुवै टाेलीले आफ्नो दाबेदार
इलाम : ११ औं संस्करणको पवित्रहाङमा कप महिला फुटबल प्रतियोगिताको उपाधिका लागि डिफेन्डिङ च्याम्पियन एपिएससी माङसेबुङ इलाम र रोयल स्पोर्टिङ क्लब दमक, झापाले प्रतिस्पर्धा गर्ने भएका छन्। माङ्सेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द खेल मैदानमा शनिबार भएको सेमीफाइनल खेलमा विजयी बन्दै दुवै टोली उपाधिका लागि आइतबार दिउँसो उत्रिँदै छन्।पहिलो सेमीफाइनल खेलमा दमकले धरान फुटबल क्लब सुनसरीलाई २–१ गोल अन्तरले पराजित गरेको थियो। दमकको जितमा दीपा शाहीले एक गोल गरिन्। एक गोल उपहारको रुपमा पाएको थियो। खेलक