इलाम : ११ औं संस्करणको पवित्रहाङमा कप महिला फुटबल प्रतियोगिताको उपाधिका लागि डिफेन्डिङ च्याम्पियन एपिएससी माङसेबुङ इलाम र रोयल स्पोर्टिङ क्लब दमक, झापाले प्रतिस्पर्धा गर्ने भएका छन्। माङ्सेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द खेल मैदानमा शनिबार भएको सेमीफाइनल खेलमा विजयी बन्दै दुवै टोली उपाधिका लागि आइतबार दिउँसो उत्रिँदै छन्।पहिलो सेमीफाइनल खेलमा दमकले धरान फुटबल क्लब सुनसरीलाई २–१ गोल अन्तरले पराजित गरेको थियो। दमकको जितमा दीपा शाहीले एक गोल गरिन्। एक गोल उपहारको रुपमा पाएको थियो। खेलक