काठमाडौं– सामुदायिक वनभित्र सञ्चालन भइरहेका पर्यापर्यटनसम्बन्धी गतिविधि निजी क्षेत्रलाई सुप्पिन खोजिएको भन्दै विरोध सुरु भएको छ । सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) ले सामुदायिक वन क्षेत्रभित्र सञ्चालन हुँदै आइरहेको पर्यापर्यटनसम्बन्धी विभिन्न गतिविधिमा रोक लगाएर निजी क्षेत्रलाई दिइने गरी स्थानीय तहहरूले बोलपत्र आह्वान गरेको भन्दै विरोध गरेको हो । उक्त बोलपत्र खारेजी गर्नुपर्ने फेकोफनको माग छ […]