निगम निजीकरणको कुराले नेपालमा भांडभैलो, भारतमा एयर इन्डिया १८ हजार करोडमा बिक्यो

नुनदेखि सफ्टवेयरसम्मको कारोबार गर्ने टाटा समूहले ऋणमा डुबेको भारतको राष्ट्रिय ध्वजाबाहक एयर इण्डिया खरिद गरेको छ । एयर इण्डिया खरिदको लागि टाटा समुहले १८ हजार करोड भारुमा शिलबन्दी बोलपत्र पेश गरेको थियो । टाटाले कबुल गरेको मूल्य नै सबै भन्दा बढी भएकोले उसले एयर इण्डियाको शत प्रतिशत स्वामित्व लिएको हो। टाटा सन्सको कम्पनी टैलेस प्राइवेट लिमिटेडले यो डिल हात पारेको हो । एयर इण्डिया खरिद गर्नको लागि ७ कम्पनीले टेण्डर हालेका थिए ।सम्झौता अनुसार टाटाले अब एयर इण्डियाको १५ हजार ३ सय करोडको ऋणको जिम्मा लिने छ भने बाँकि रकम भारत सरकारलाई नगद बुझाउने छ । टाटा समूहको विस्तारा विमानमा ५१ र एयर एशिया लिमिटेडमा ८४ प्रतिशत स्वामित्व रहेको छ।घाटामा र अरवौ ऋण भए पनि एयर इण्डियासँग भएको सम्पतिको कारण कम्पनीमा आकर्षण बढेको बताईएको छ । लण्डनको हिथ्रो विमानस्थलमा एयर इण्डियाको आफ्नै स्लट रहेको छ । कम्पनीसंग १३० विमान पनि छ । कम्पनीसँग ठूलो रकम बराबरको रियल स्टेट सम्पति छ । ६ महिना अगाडी कम्पनीको मुल्यांकन ६ अर्ब डलर गरिएको थियो । सन् १९३२ मा एयर इण्डियाको जन्म भएको थियो । टाटा समुहले नै यस कम्पनीको सुरु गरेको थियो । यो बेला यसलाई टाटा एयरलायन्स रहेको थियो। सन् १९४६ मा टाटा एयरलाइन्स पब्लिक कम्पनी बनेको थियो त्यही बेला नै नाम परिवर्तन गरेर एयर इण्डिया पब्लिक लिमिटेड बनाईएको थियो । सन् १९४७ मा भारतले स्वतन्त्रता पाएपछि भारत सरकारले यस कम्पनीको ४९ प्रतिशत स्वामित्व किनेको थियो । सन् १९५३ मा भारत सरकारले कम्पनीको पुरै स्वामित्व लिएको थियो । तर त्यसको ६८ वर्षपछि कम्पनीको पूर्ण स्वामित्व टाटा समुहमा नै गएको छ । टाटा समुहका अध्यक्ष रतन टाटाले 'वेलकम ब्याक' भन्दै खुसि व्यक्त गरेका छन् । निजीकरण प्रक्रिया आगामी डिसेम्बरसम्म सकिने बताईएको छ । टाटाले चाहेमा यसलाई बिक्रि गर्न पनि सक्ने छ , तर ५१ प्रतिशत स्वामित्व भने टाटाले आफु संग नै राख्नु पर्ने छ । शर्तका अनुसार हाल कम्पनीमा भएका कर्मचारीलाई १ वर्षसम्म निकाल्न पाईने छैन । दोस्रो वर्षमा पनि भिआरएस दिएर मात्र कर्मचारी विदाई गर्न पाइने छ । हाल एयर इण्डियाको ८ वटा लोगो छन् । यी लोगो ५ वर्षसम्म कायम राख्नु पर्ने छ । ५ वर्षपछि कुनै भारतीय कम्पनीलाई नै लोगो तथा ब्राण्ड बिक्रि गर्न सकिने छ , विदेशीलाई दिन पाइने छैन । यससंगै भारत सरकारले लामो समयको कसरतपछि ऋणमा डुबेको एयर इण्डियालाई निजीकरण गर्न सफल भएको छ ।नेपालमा पनि पछिल्लो समय नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलायन्स निजीकरण गर्ने प्रकृया सुरु भएको छ। संचालक समितिका केहि व्यक्तिहरु र महाप्रबन्धक डिम प्रकाश पौडेल मिलेर निगमको सम्पति मुल्यान्कन कौडीको भाऊमा देखाएर निजि क्षेत्रका हवाई र पर्यटन व्यवसायीलाई सुम्पिन लागेको भन्दै पछिल्लो ९९ औं दिनदेखि कर्मचारीहरु आन्दोलित छन्।निगमलाई महाप्रबन्धक सहितको टिमले प्रस्ताव गरेको शैलीमा निजीकरण गर्ने प्रस्तावको खारेजी, निगमका महाप्रबन्धक पौडेलको राजिनामा लगायतका ४ बुंदे माग राखेर कर्मचारीहरु आन्दोलित भएका हुन्। कर्मचारीहरुको आन्दोलन र लामो समयदेखि पर्यटन मन्त्रालय मन्त्री बिहिन अवस्थामा रहेकाले निगमलाई निजीकरण गर्ने प्रस्ताव अन्यौलमा रहेको छ।

सम्बन्धित सामग्री

दुबईमा एयर इन्डिया एक्सप्रेसको विमानभित्र सर्प भेटियो, छानबिनको आदेश

शनिबार दुबई विमानस्थलमा एयर इन्डिया एक्सप्रेसको विमानमा सर्प भेटिएपछि भारतको  नागरिक उड्डयन महानिर्देशनालयले घटनाको छानबिन गर्न आदेश दिएको छ ।समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार बी७३७–८०० विमान केरलाको कालीकटबाट दुबई पुगेको थियो, जहाँ विमानको ब्यागेज क्षेत्रमा सर्प भेटिएको थियो । विमानबाट सबै यात्रुलाई सकुशल बाहिर निकालिएको छ ।घटनाको जानकारी दिँदै डीजीसीएका एक वरिष्ठ अधिकारीले भने, ‘एयरपोर्टको फायर सर्भिसलाई बोलाइएको थियो । यो ग्राउण्ड ह्यान्डलिङका क्रममा भएको गल्तीको परिणाम

टाटा समूहले ६९ वर्षपछि लियो एयर इन्डिया, यात्रुहरुलाई विशेष सन्देश

एयर इन्डियाको स्वामित्व ६९ वर्षपछि टाटा समूहमा फर्केको छ । बिहीबार टाटाले एयर इन्डिया लिएलगत्तै शुक्रबारको उडानमा यात्रुहरुलाई सन्देश दिइएको छ जहाँ क्याप्टेनहरुले नयाँ जोश र प्रतिबद्धतासाथ सेवा दिने बचन...

६७ वर्षपछि एयर इन्डिया औपचारिकरुपमा टाटा ग्रुपलाई हस्तान्तरण

नयाँ दिल्ली । ऋणमा डुबेको एयर इन्डिया ६७ वर्षपछि औपचारिकरुपमा बिहीबार टाटा ग्रुपलाई सुम्पिइएको छ । टाटा ग्रुपले अक्टोबर १९३२ मा टाटा एयरलाइन्सको रूपमा एयर इन्डियाको स्थापना गरेको थियो। सरकारले सन् १९५३ मा एयरलाइनलाई राष्ट्रियकरण गरेको थियो। एयरलाइन्स हस्तान्तरणको औपचारिकता बिहीबार बल्ल पूरा भएको छ । अब एयर इन्डियाको सेयरहरू टालेस प्रालिलाई हस्तान्तरण गरिएको छ, […]

आजदेखि एयर इन्डिया टाटा समूहको स्वामित्वमा

भारतको एयर इन्डिया आजबाट अधिकारिक रुपमा टाटा समूहको भएको छ । भारत सरकारका नागरिक उड्डयनमन्त्री ज्योतिरादित्य सिन्धियाले एयर इन्डियाको सम्पूर्ण स्वामित्व टाटा समूहको भएको बताएका हुन् । सन् २०२१ को अक्टोबरमा एयर इन्डियाको लिलामीका लागि गरिएको प्रस्तावमा टाटा सन्सले सबैभन्दा धेरै रकम कबुल गरेको थियो । रतन टाटाले एयर इन्डिया लामो समयपछि घर फर्किएको बताएका छन् । ‘टाटा समूहका लागि एयर इन्डियाको अधिग्रहण लिन पाउनु निकै ठूलो समाचार हो’ उनले भने, ‘एयर इन्डियालाई फेरि उठाउन निकै कोसिस गर्नुपर्ने हुन्छ, हामी गर्छौँँ ।’ उद्योगपति जेआरडी टाटाले सन् १९३२ अप्रिलमा एयर इन्डियाको स्थापना गरेका गरेका थिए । त्यतिबेला उनले टाटा एयरलाइन्सको नाममा स्थापना गरेको यो एयरलाइन्स सरकारले लिएको थियो । तर, पुनः यसको स्वमित्व टाटा समूहले नै अधिग्रहण गरेको हो ।

टाटा समूहले लियो एयर इन्डिया

भारतको सरकारी एयरलाइन्स कम्पनी एयर इन्डिया विहीबारबाट आधिकिारिक रुपमा निजीकरण भएको छ ।

एयर इन्डिया जस्तै नेवानिको विक्री किन हुँदैन ?

बजेट राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम घाटामा गएर सञ्चालन हुन नसक्ने अवस्था आएको दशकौं भइसक्यो तर कुनै पनि सरकारले यसमा सुधार ल्याउने योजनाअघि सारेनन् । आफन्तको नियुक्ति र यसबाट लिन सक्ने आर्थिक लाभमै सबैजसो दल लोभिए । त्यही भएर निगमलाई निजीकरण गर्ने कुरामा कुनै पनि दल बलियोसँग उभिन सकेनन् । त्यसैको परिणति अहिले अर्बौं रुपैयाँको बोझ बोकेर पनि निगमले आफ्नो व्यवस्थापन सुधार गर्न पहल गरेको छैन । उसलाई यसो गर्न आवश्यक नै अनुभव भएको छैन किनभने सरकारले जमानीमा बसेर विमान किनिदिन्छ, ऋण र अनुदान जुटाएर विमान दिन्छ । त्यसो हुँदा यो सीमित मानिसका लागि कमाउने माध्यम बनेको छ भने मुलुकको लागि घाँडो साबित भएको छ । भारतको ध्वजावाहक एयर इन्डिया टाटा समूहले खरीद गरेको कुराले नेपालमा पनि बहस शुरू गरेको छ, एयर इन्डियाजस्तै नेवानि विक्री गर्दा के आपत्ति छ ? भारतको सरकारले एयर इन्डिया २ खर्ब ८८ अर्ब भारतीय रुपयामा टाटा ग्रूपलाई विक्री गरेको छ । टाटाले सन् १९३२ मा शुरू गरेको कम्पनी नै पछि भारत सरकारले खरीद गरी एयर इन्डियाको नाम दिएको थियो । भारत सरकारले कम्पनी लीलामी गर्ने घोषणा गरेपछि पछिल्लोपटकमा टाटाका साथै स्पाइस जेटका अध्यक्ष अजय सिंहले पनि बोली लगाएका थिए । यसमा टाटाले सिंहको तुलनामा ३ हजार करोड बढी बोली लगाएका थिए । अन्य पाँचओटा कम्पनीले विक्रीमा सहभागी भएका थिए । तर, ती क्वालिफाइड नहुँदा खरीदविक्रीबाट बाहिरिए । नेपाल वायु सेवा निगमजस्तै एयर इन्डिया पनि ठूलो ऋणको जालोमा फस्यो । आन्तरिक र बाह्य उडानमा निकै प्रतिस्पर्धा गर्नुपर्दा एयसलाइन्स घाटामा जान थाल्यो । यसको ऋण बढ्दै गएपछि भारत सरकारले लामो समयदेखि विक्री गर्ने योजना बनाएको थियो । यसअघिका कैयन् सरकार विक्री गर्न असफल भएका थिए । सरकारले सन् २०१८ मा ७६ प्रतिशत शेयर विक्री गर्न आह्वान गरेको थियो । तत्कालीन समयमा व्यवस्थापन आफ्नै नियन्त्रणमा राख्ने बताएको थियो । तर, यो शर्तमा कुनै पनि कम्पनीले चासो नदेखाएपछि सरकारले व्यवस्थापनका साथै शतप्रतिशत शेयर विक्री गर्ने निर्णय गरेको थियो । नेपालमा पनि निगमको सुधारका लागि दर्जनौं समिति बने तिनले निगमलाई निजीकरण गर्न सुझाव दिए । निजीकरणका विभिन्न मोडलसहित सुझाव दिए पनि सरकारकाले निगम निजीकरण गर्ने निर्णय लिन सकेको छैन । भारतमा पनि निकै लामो समयको पहलपछि एयर इन्डियाको विक्रीका लागि सम्झौता भएको हो । सम्झौताअनुसार विमान, कर्मचारी र अन्य भौतिक सम्पत्ति तथा दायित्व अब पूरै टाटा समूहको सहायक कम्पनी टेलेस प्राइभेट लिमिटेडको हुने भएको छ । यसलाई निजीकरण गर्न नसकेकोमा सरकारको आलोचना भएको थियो । नेपालमा भने निजीकरणको कुरा गर्‍यो सरकारी कम्पनी बेचेर खाने भनी आरोप लगाइन्छ । करदाताको पैसाबाट विमान नउडाई तलब सुविधा थापेर बस्ने कर्मचारी र व्यवस्थापन पक्षबारे भने मानिसहरूको विरोध गरेको पाइँदैन । सरकारी कम्पनी भएकाले सरकारले घाटा बेहोर्ने हो भन्ने सोच पाइन्छ । सरकारले घाटा बेहोर्नु भनेको करदाताको पैसा व्यर्थमा खर्च हुुनु हो । तर, नेपालमा यसरी तर्क गरेर हेर्ने मानिस निकै कम छन् । भारत सरकारले सन् २००० मा नै एयर इन्डिया विक्री गर्ने निर्णय गरेको थियो । तत्कालीन समयमा अटलविहारी बाजपेयीको नेतृत्वमा रहेको राष्ट्रिय जनतान्त्रिक गठबन्धन सरकारले मुम्बईको सेन्टार होटलसहित कैयन् कम्पनीमा लगानी गरिएको थियो । सन् २००० मे २७ मा सरकारले एयर इन्डियाको ४० प्रतिशत शेयर विक्री गर्ने निर्णय गरेको थियो । साथै, १० प्रतिशत शेयर कर्मचारीलाई विक्री गर्ने र १० प्रतिशत घरेलु वित्तीय संस्थानलाई विक्री गर्ने निर्णय गरेको थियो । त्यसो हुँदा सरकारको हिस्सेदारी ४० प्रतिशतमा सीमित हुन्थ्यो । तर, सरकारले गरेको निर्णयअनुसार यसको निजीकरण हुन सकेन । अर्थात् शेयर विक्रीमा समस्या आयो । त्यो समयदेखि २१ वर्षसम्म एयर इन्डिया विक्री गर्ने कैयन् प्रयास भए । तर, सफलता मिलेन । यस परिदृश्यलाई हेर्दा नेवानिको निजीकरण त्यति सहज देखिँदैन । नेपाल वायु सेवा निगमलाई निजीकरण गर्नु हुँदैन भन्नेहरूले एयर इन्डियाको समस्यालाई हेर्न सक्नुपर्छ । एयर इन्डिया निगमभन्दा निकै ठूलो कम्पनी हो । आन्तरिक र बाह्य उडान दुवैमा यसको ठूलो अंश छ । तर, वायु सेवा निकै प्रतिस्पर्धी छ । निजीक्षेत्रले ज्यादै कम खर्चमा उडान गरेर मुनाफा निकाल्छ । अलिकति रणनीति बिग्रियो भने पूरै कम्पनी केही दिनमै ध्वस्त हुन बेर लाग्दैन । किङ फिसर डुबेको धेरै भएको छैन । नेपालमै पनि कस्मिक एयरको दुर्गति सबैले देखेकै हो । सरकारी कम्पनी प्रतिस्पर्धामा टिक्न सक्दैनन् । उनीहरूको सञ्चालन खर्च नै धेरै हुन्छ । विमानको सञ्चालन खर्च प्रतिसीट प्रतिकिलोमीटरमा निकालिन्छ । सीट संख्याअनुसार यस्तो सञ्चालन खर्च निजीको दाँजोमा सरकारी कम्पनीको खर्च झन्डै एक चौथाइ बढी पर्न जान्छ । नेपालमा त विमानहरू उड्न नपाएर घाम तापेर बसिरहेका छन् । आन्तरिक उडान र बाह्य उडान दुवैमा उस्तै छ । सरकारले जमानीमा बसेर लिइदिएको ऋण पनि ३० अर्ब नाघिसकेको छ । तर, त्यहाँको व्यवस्थापन र कर्मचारीलाई सरकारी बनाएर सुविधा लिइरहनु छ । त्यसैले उनीहरू यसलाई निजीकरण गर्न दिने पक्षमा छैनन् । सरकार पनि विमान बेचेको आरोप किन खानु भन्ने सोचेर निजीकरणको हिम्मत गर्न सक्दैन । त्यही भएर सरकारी कम्पनी बनाउने, केही अंश शेयर बेच्ने जस्ता कुरा गरिरहेको छ । यो तरीका भारतमा पनि असफल भइसकेको हो । त्यसैले निगमलाई एयर इन्डियाजस्तै विक्री गर्ने हिम्मत गर्न सक्नुपर्छ । सरकारले निगम विक्री गर्न खोजे पनि यति ठूलो कम्पनी किन्न सक्ने हैसियत भएका नेपाली व्यवसायी छैनन् । आन्तरिक र बाह्य उडानका अलगअलग कम्पनी बनाएर विक्री गरेमा भने विक्री हुन सक्छ । पन्त नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का पूर्वमहासचिव हुन् ।

एयर इन्डिया खरिद गर्दै टाटा समूह

काठमाडौँ (एजेन्सी) । आफैंले स्थापना गरेको एयर इन्डिया टाटा समूहले पुनः खरिद गरेको छ । सन् १९३२ मा स्थापना भएको भारतको राष्ट्रिय ध्वजावाहक एयर इन्डिया ७० वर्षपछि त्यसको स्वामित्व ग्रहण गर्न लागेको कम्पनीले घोषणा गरेको छ । सन २०२२ को जनवरी १ देखि टाटा समूहले एयर इन्डियाको स्वामित्व लिने भएको हो । टाटा समूहले ले […]

टाटा ग्रुपले पायो एयर इन्डिया

२२ असोज, काठमाडौं । भारतको सरकारी एयरलाइन एयर इन्डिया अब टाटा ग्रुपको हुने भएको छ । भारतको अर्थ मन्त्रालयको लगानी तथा लोक परिसम्पत्ति प्रबन्धन विभागका सचिव तुहिन कान्ताले टाटा ग्रुपले एक खर्ब ८० अर्ब भारुको बोली लगाएको बताएका छन् । यो रकममध्ये सरकारले १५ प्रतिशत पाउनेछ र बाँकी एयरलाइन्सको ऋण चुक्ताको लागि प्रयोग गरिनेछ । […]

६८ वर्षपछि टाटाको भयो एयर इन्डिया : रतन टाटाले भने, ‘वेलकम ब्याक’

भारतको सरकारी एयरलाइन एयर इन्डिया अब टाटा समूहको भएको छ । भारत सरकारको फाइनेन्स मिनिस्ट्रीको डिपार्टमेन्ट अफ इनभेस्टमेन्ट एण्ड पब्लिक एसेट म्यानेजमेन्टका सचिव तुहीन कान्ताले यसबारे घोषणा गर्दै टाटा समूहले यसका लागि १८,००० करोड भारुको बोली लगाएको जानकारी दिएका छन् ।कान्ताका अनुसार १० डिसेम्बरसम्म एयर इन्डिया टाटा समूहलाई सुम्पिइनेछ । नागरिक उड्डयन सचिव राजिव बंसलले बिजेता बिडरले सबै कर्मचारीलाई पहिलो एक वर्षसम्म जागिरमा यथावत् राख्नुपर्ने बताएका छन् । उनका अनुसार त्यसपछि टाटा समूहसँग स्वेच्

पाइलटको गल्तीले दुर्घटनाको शिकार भएको थियो एयर इन्डिया एक्सप्रेसको विमान

पाइलटको गल्ती र सुरक्षा मापदण्डको पालना गर्न असक्षम भएका कारण एयर इन्डिया एक्सप्रेसको विमान अघिल्लो वर्ष दुर्घटनाको शिकार भएको अनुसन्धाताले बताएका छन् ।केरलको कालीकट विमानस्थलमा यो विमान दुर्घटना भएको थियो । दुर्घटनाका बेला विमानमा १९० जना सवार थिए । यो दुर्घटनामा २१ जनाको मृत्यु भएको थियो ।दुबईबाट आइरहेका बोइंग ७३७ विमान रनवेमा वर्षाका कारण चिप्लियो र अवतरण गरेपछि दुई टुक्रा भएको थियो । यो विमानमा कोरोना लकडाउनका कारण विदेशमा फसेका भारतीयलाई उद्धार गरिएका यात्री सवार थिए ।दुर्घटनामा जतिको मृत्य