‘रू. ३ अर्बको ठेक्कामा स्वदेशी बोलपत्रदाताबीच मात्रै प्रतिस्पर्धा’

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरीद नियमावलीमै रू. ३ अर्ब (भ्याटबाहेक) का ठेक्कामा स्वदेशी बोलपत्रदाताहरूबीच मात्रै प्रतिस्पर्धाको व्यवस्था गर्न आग्रह गरेको छ । सार्वजनिक खरीद नियमावली २०६४ मा संशोधनका लागि लिखित सुझाव दिँदै महासंघले उक्त मूल्यका खरीदमा स्वदेशीबीच मात्रै प्रतिस्पर्धाका लागि माग गरेको हो । संघीय संसद्को विकास तथा प्रविधि समितिकी सभापति कल्याणीकुमारी खड्कासँग बिहीवार भेट्दै महासंघले लिखित धारणा पेश गरेको हो । महासंघ अध्यक्ष रवि सिंहले निर्माण व्यवसायसँग सम्बन्धित ऐन/नियमहरू निर्माण व्यवसाय तथा विकास निर्माणमैत्री नहुँदा विकास निर्माणमा देशले फड्को मार्न नसकेको बताए । लिखित सुझाव पेश गर्दै उनले निर्माण व्यवसायीले रू. ३ करोडभन्दा माथिका निर्माण कार्यको सम्झौता गर्दा नियमावली लागू भएको मितिबाट अधिकतम ३ ओटासम्म निर्माण कार्य गर्न पाउनुपर्ने माग राखे । महासंघले सार्वजनिक खरिद नियमावलीको ११औं संशोधनमा थप गर्नुपर्ने सुझावहरू दिएको हो । यस्तै रू.३ करोडभन्दा कमको निर्माणमा भने अधिकतम २ ओटा निर्माण कार्यसम्म मात्र सम्झौता गर्न पाउने व्यवस्था गर्न पनि महासंघले माग गरेको छ । यस्तै निर्माण गर्दै गरेका योजनाको ८० प्रतिशत काम सम्पन्न भएपछि मात्र थप बोलपत्रमा सहभागी हुन पाउनुपर्ने व्यवस्था गर्न पनि महासंघले माग गरेको छ । बोलपत्रदाताले विगत १० वर्षभित्रको अधिकतम कारोबार रकमलाई बोलपत्रदाताको योग्यता र मूल्यांकनको आधारको रूपमा लिनुपर्नेमा पनि जोड दिइएको छ । यसैगरी खरीद सम्झौताअनुसार तोकिएको समयमा काम सम्पन्न नभएका तथा सम्पन्न हुन नसक्ने आयोजनाहरूमा बोलपत्र स्वीकृत गर्ने अधिकारीले प्राविधिक पुस्ट्याइ गरेर आवश्यकताअनुसार म्याद थप गर्नुपर्ने व्यवस्था गर्न पनि महासंघले माग गरेको छ । कालोसूचीमा परेको व्यक्ति अन्य कम्पनीबाट समेत बोलपत्रमा भाग लिन नसक्ने व्यवस्था खारेज गरिनुपर्नेलगायत लिखित सुझावहरू पनि महासंघले पेश गरेको छ । निर्माण व्यवसायीहरूको विद्यमान समस्या र समाधानका उपायका बारे पनि सभापति खड्कालाई अवगत गराएको छ । उक्त अवसरमा महासंघले धरौटी रकम फिर्ता, पेश्की रकम, बीमा दररेट, बैंक क्रेडिट लाइनको खारेजी, म्याद थप, भुक्तानीलगायत विषयमा देखिएका समस्या समाधानका लागि पनि पहल गर्न आग्रह गरेको छ ।

सम्बन्धित सामग्री

पोखरा विमानस्थल ठेक्कामा अख्तियार धाउँदै अधिकारी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ठेक्कामा अनियमितता गरेको आरोपमा बयान लिएको छ।...

ठेक्कामा भष्ट्राचार गरेको आरोपमा पूर्वनगरप्रमुखसहित १२ जना विरुद्ध आरोपपत्र दायर

भीमदत्त नगरपालिका, कन्चनपुरले आर्थिक बर्ष २०७६/७७ मा प्रकृतिक स्रोतबाट (नदीजन्य) प्राप्त हुने आयको ठेक्कामा बोलपत्रको सम्झौता अनुसार प्राप्त गर्नुपर्ने आयमा नियम बिपरीत छुट दिएको आरोपमा १२ जना विरुद्ध आरोपपत्र दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उजुरीका आधारमा अनुसन्धान हुँदा उनीहरु विरुद्ध आरोपपत्र दायर गरेको हो। भीमदत्त नगरपालिकाका तत्कालीन नगरप्रमुख सुरेन्द्र बहादुर बिष्ट र तत्कालीन […]

जलेश्वरको स्मार्ट बसपार्क निर्माण ठेक्कामा कमिसनको चलखेल

महोतरी । महोतरी जलेश्वर नगरपालिका– २मा निर्माण हुने स्मार्ट बसपाक ठेक्कामा कमिशनको चलखेल गरेको भन्दै पुनः एकपटक विवादमा तानिएको छ । सो स्मार्ट बस पार्क निर्माणको ठेक्काको क्राइटेरिया बसपार्क निर्माणमा अनुभव नभएका खाइखेली आएका ठेकेदारहरूले मात्र भाग लिन पाउने गरी सेटिङ गरेको पाइएपछि विवादमा तानिएको हो । १३ करोड ६६ लाख रुपैयाँको यो ठेक्कामा जलेश्वर […] The post जलेश्वरको स्मार्ट बसपार्क निर्माण ठेक्कामा कमिसनको चलखेल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

परिचयपत्र ठेक्कामा मुछिएका मोरङका सिडिओ मन्त्रालय तानिए

राष्ट्रिय परिचय पत्रको ठेक्कामा मुछिएका सहसचिव तीर्थराज भट्टराईलाई गृह मन्त्रालयले मोरङका प्रमुख जिल्ला अधिकारीबाट हटाएको छ ।  राष्ट्रिय परिचयत्रपत्र तथा पञ्जिकरण विभागको महानिर्देशक हुँदा सार्वजनिक खरिद नियमावली मिचेर ठेक्का दिएको आरोप...

इन्धन ट्यांकी बनाउने ८० करोडको ठेक्कामा मिलेमतो

नेपाल आयल निगमले बाराको अमलेखगञ्जमा बनाउन लागेको एक करोड लिटर क्षमताको इन्धन भण्डारण ट्यांकी निर्माणको ठेक्कामा मिलेमतो भएको छ ।

मतपेटिका खरिद ठेक्कामा अदालतको प्रवेश

आसन्न निर्वाचनका लागि आवश्यक पर्ने मतपेटिका खरिद ठेक्कामा अदालतको प्रवेश भएको छ । निर्वाचन आयोगले मतपेटिका खरिदका लागि १३ भदौमा ‘शशीधर÷काविल÷ब्रिजटेक जेभी’लाई १४ करोड ९८ लाख रुपैयाँमा ठेक्का स्वीकृत गरेको...

लुम्बिनी प्रादेशिक अस्पतालको  नयाँ भवन निर्माण ठेक्कामा पुनः ‘मिलेमतो’

लुम्बिनी प्रदेश अस्पतालको नयाँ भवन निर्माण ठेक्कामा पुनः मिलेमतो भएको पाइएपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले सच्याउन पत्र काटेको छ । करिब ६ अर्ब ७० करोड रुपैयाँ लागतमा लुम्बिनी प्रदेशमातहतको प्रदेश पूर्वाधार...

ठेक्कामा चल्छन् एम्बुलेन्स

दाङमा सरकारी स्वास्थ्यचौकी, निजी अस्पताल र विभिन्न सामुदायिक संघसंस्थाका गरी ७६ वटा एम्बुलेन्स छन् । तीमध्ये पञ्चकुले स्वास्थ्यचौकी, तुलसीपुर उद्योग वाणिज्य संघ र भूपू सैनिक लालमटियाको गरी तीन वटा एम्बुलेन्स सञ्चालित छैनन् । बाँकी ७३ वटामध्ये अधिकांश एम्बुलेन्स ठेक्कामा चल्दै आइरहेका छन् ।एम्बुलेन्स व्यवस्थापन तथा सञ्चालन झन्झटबाट मुक्त हुन सङ्घसंस्थाहरूले चालकलाई नै मौखिक सम्झौतामा ती एम्बुलेन्स ठेक्का दिँदै आइरहेका छन् । नागरिक सेवाका लागि सरकारले एम्बुलेन्सका लागि भन्सार छुट गरे पनि सङ्घ

निर्माण ठेक्कामा बैंक कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको लालबन्दी नगरपालिकाको भवन निर्माणसम्बन्धी ठेक्कामा नक्कली बैंक ग्यारेन्टी राखेर भ्रष्टाचार गरेको अभियोगमा निर्माण व्यवसायीसहित नेपाल बैंक लिमिटेडका कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले नपा भवन निर्माणको ठेक्का लिएको लोकवीर बेताली÷पाँचकुमारी जेभीका अनिल गुप्ता र शिवनन्दन पासवानसँगै नेपाल बैंक लिमिटेड मलङ्गवा शाखा सर्लाहीका ऋण सहायक सन्तोषविक्रम शाहविरुद्ध […]