एचआईडिसीएलको शतप्रतिशत हकप्रदमा आवेदन दिने थपिएको अवधि मंगलवार सकिदैं

भदौ ७, काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी (एचआईडिसीएल) को शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिन थपिएको अवधि मंगलवार सकिदैछ ।  कम्पनीले साउन ५ गतेदेखि २५ गते सम्मका लगि एक बराबर एक शेयर खरीद गर्न पाउने गरी हकप्रद निष्कासन गरेकोमा १५ दिनको अवधि थप गरी भदौ ८ गतेसम्मको मिति तय गरेको हो । कोभिडका कारण अहिलेको अवस्थालाई ध्यानमा राखी कम्पनीले आवेदन दिने अवधि थप गरिएको जानकारी दिएको छ ।  कम्पनीले विद्यमान चुक्तापूँजी रू. ११ अर्बको आधारमा रू. १०० अंकित दरको रू. ११ अर्ब बराबरको ११ करोड कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । यो हकप्रद शेयर प्रयोजनका लागि जेठ २८ गते (एक दिन) बुक क्लोज गरेकाले जेठ २७ गतेसम्म कायम शेयरधनीहरुले आवेदन दिन सक्नेछन् ।  हकप्रद शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।  भौतिक रुपमा शेयरमा आवेदन दिने आवेदकहरुका लागि भने उपत्यका भित्र ग्लोबल आइएमई बैंकको न्यूरोड, बानेश्वर, भक्तपुर थिमी र लगनखेलबाट आवेदन दिन सकिनेछ ।  उपत्यका बाहिरका लागि भने ग्लोबल आइएमई बैंकको पोखरा, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौँडा, नारायणगढ, बुटवल, बाग्लुङ, नेपालगञ्ज, सुर्खेत, दाङ, धनगढी र महेन्द्रनगरबाट आवेदन दिन सकिनेछ । कम्पनीले हकप्रद शेयर निष्कासनका लागि जेठ ९ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कम्पनीको हकप्रद शेयरलाई केयर रेटिङ नेपालले समयमै वित्तीय दायित्व पूरा गर्ने प्रयाप्त सुनिश्चितता रहेको संकेत गर्ने केयर एनपी सिंगल ए माइनस आइएस रेटिङ प्रदान गरेको छ । 

सम्बन्धित सामग्री

दुर्गम गाउँका शतप्रतिशत बालबालिका विद्यालयको पहुँचमा

जुम्लाको हिमा गाउँपालिका ५ का शतप्रतिशत बालबालिका विद्यालयको पहुँचमा पुगेको गाउँपालिकाले घोषणा गरेको छ।...

‘शतप्रतिशत मत खसे पुनः निर्वाचन हुन्छ’

काठमाडौं– निर्वाचन आयोगले शतप्रतिशत मत खसेमा उक्त मतदान केन्द्रमा पुनः मतदान हुने जनाएको छ । आयोग कार्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनकुमार थपलियाले स्वाभाविक रुपमा शतप्रतिशत मत खसे मतबदर गरी उक्त केन्द्रमा पुनः मतदान हुने जानकारी दिएका हुन् ।  बुथ कब्जा गरेर मतदान गर्ने सोच नराख्न आग्रह गर्दै उनले शतप्रतिशत मत खसे […]

अपर तामाकोसी हाइड्रोपावरले शतप्रतिशत हकप्रद निष्कासन गर्ने

अपर तामाकोसी हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।

अपर तामाकोशीले शतप्रतिशत शेयर निष्कासन गर्ने

अपर तामाकोशी हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । शुक्रवार हाइड्रोपावरको चौधौं वार्षिक सधारण सभामार्फत पास गरेर कम्पनीको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको हो ।शुक्रवार काठमाडौंमा भएको वार्षिक सधारण सभाले कम्पनीको १०० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पास गरेको छ । वार्षिक सधारण सभामा बोल्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कम्पनीको समग्र वित्तीय विश्लेषण गरी उपसमितिबाट विस्तृत अध्ययन गरी प्राप्त प्रतिवेदनको आधारमा हकप्रद शेयरको माध्य

चन्द्रागिरिको केबलकार शतप्रतिशत सुरक्षित छ: चन्द्र ढकाल

चन्द्रागिरि केबलकार व्यवस्थापन समितिले चन्द्रागिरिको केबलकार शतप्रतिशत सुरक्षित रहेको बताएको छ । शुक्रबार पत्रकार सम्मेलन गरेर समितिले केबलकार शतप्रतिशत सुरक्षित रहेको बताएको हो । पत्रकार सम्मेलनमा बोल्दै समितिका अध्यक्ष चन्द्र ढकालले पछिल्लो समय केबलकारको बारेमा सञ्चारमाध्यमहरूमा विभिन्न नराम्रा समाचार प्रकाशित भएको भन्दै चन्द्रागिरिको केबलकार शतप्रतिशत सुरक्षित रहेकाले चढ्न हिच्किचाउनु नपर्ने बताए । केही समयअघि मात्र […]

पहिलो राउन्डमा एपिएफको शतप्रतिशत जित

चितवन (हाम्रो खेलकुद) – उपाधि दावेदार नेपाल एपिएफ क्लबले राष्ट्रिय महिला लिगको पहिलो राउन्डमा शतप्रतिशत जित निकालेको छ । बुधबार पहिलो चरणको आफ्नो अन्तिम खेलमा एपिएफले विराटनगर महानगरपालिका मोरङलाई २–१ ले पराजित गर्दै पहिलो चरणको सबै सात खेलमा शतप्रतिशत जित निकालेको हो । एपिएफको जितमा सावित्रा भण्डारी ‘साम्वा’ र सरु लिम्बुले गोल गरिन् । विराटनगरकी […]

हिमालयन डिस्टिलरीले शतप्रतिशत लाभांश वितरण गर्ने

हिमालयन डिस्टिलरीले शतप्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिले २५ प्रतिशत नगद लाभांश र ७५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।सञ्चालक समितिको यस प्रस्ताव साधारण सभाले पारित गर्नुपर्ने हुन्छ । कम्पनीले गत आर्थिक वर्षको नाफा तथा संचित मुनाफासमेतबाट आफ्ना सेयरधनीलाई शतप्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको जनाएको छ ।

लिभरपुलको शतप्रतिशत जित

एजेन्सी – इंग्लिस क्लब लिभरपुलले युइएफए च्याम्पियन्स लिगको समूह चरणमा शतप्रतिशत जित निकालेको छ । समूह चरणको अन्तिम खेलमा इटालियन क्लब एसी मिलानलाई २–१ ले पराजित गर्दै लिभरपुलले समूह चरणमा शतप्रतिशत जित आत्मसात गरेको हो । मिलानोमा मंगलबार राति भएको खेलमा लिभरपुलको जितमा मोहम्मद सलाह र डिभोक ओरिगीले गोल गरे । घरेलु टोलीका फिकायो टोमोरीले […]

सप्तरीमा शतप्रतिशत धान रोपाइँ

रासस। यस वर्ष मनसुन छिटै सक्रिय भई निरन्तर वर्षा जारी भएपछि सप्तरीमा शतप्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। असारको पहिलो साताबाट धान रोपाइँ शुरु भएर अहिले जिल्लामा शतप्रतिशत रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ। कृषि ज्ञान केन्द्रका अनुसार धानखेतीका लागि करिब ७० हजार ५०० हेक्टर जग्गा रहेको सप्तरीमा यस वर्ष ५९ हजार हेक्टरमा धान रोपाइँ भएको छ।

एपिएफको शतप्रतिशत जित

दुई खेलअगावै उपाधि निश्चित गरिसकेको विभागीय टोली एपिएफले शतप्रतिशत जितको नतिजासँगै महिला राष्ट्रिय लिगको यात्रा टुंग्याएको छ । शुक्रबार भएको लिगको अन्तिम खेलमा अर्काे विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई ३–०...