काठमाडौं : बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको मुद्दामा बुधबार पनि थुनछेक बहस सकिएन। जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरे पनि मंगलबार दिनभर इजलासमा सन्दीपको बयान चलेको थियो। बुधबार न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा थुनछेक बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो। अदालत स्रोतका अनुसार बिहीबार पनि थुनछेक बहसले निरन्तरता पाउनेछ। बुधबार सन्दीपका तर्फबाट अधिवक्ताहरू मुरारी सापकोटा