चालु आर्थिक वर्षको ६ महिना बित्दा पनि संघ सरकार मातहतका जिल्लास्थित विकास निर्माणसम्बद्ध सरकारी कार्यालयले विकास बजेटको एक चौथाइ हिस्सा पनि खर्च गर्न सकेका छैनन् । जिल्लाका सरकारी कार्यालयको चालु आवको विकास बजेट ४ अर्ब १० करोड १७ लाख ५५ हजार रुपैयाँ रहेकोमा शुक्रबारसम्ममा ५१ करोड ९८ लाख ४६ हजार १ सय १२ रुपैयाँ मात्र खर्च हुन सकेको छ ।