वन विकासको बाधक होइन, समृद्धिको आधार हो

काठमाडौँ, पुस १२ गते । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले पूर्वाधार विकासमा वन तथा वातावरण मन्त्रालय बाधक नभई समृद्धिको साधक भएको दावी गर्नुभएको छ । राष्ट्रिय समाचार समिति (रासस)का लागि रमेश लम्साल, अशोक घिमिरे र हेमन्त केसीसँग वार्तामा उहाँले वन पैदावार समृद्धिका लागि सदुपयोग गर्नेगरी नीति बनाइएको उल्लेख गर्दै आगामी दिनमा परिणाम प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । मन्त्री बस्नेतसँग गरिएको अन्तवार्ताको सम्पादित अंशः

सम्बन्धित सामग्री

नेपालको समृद्धि भ्रम कि सम्भव ?

काठमाडौं। त्रिभुवन विश्वविद्यालयमा लामो समय प्राध्यापन गरी निवृत्त कमलराज ढुंगेलको ‘इज नेप्लिज प्रस्पेरिटी ए डिलुजन’ नामक कृति प्रकाशनमा आएको छ । आर्थिक अभियान दैनिक तथा न्यू बिजनेश एज म्यागजिनका स्तम्भकार समेत रहेका ढुंगेलले नेपालको अर्थतन्त्रका विविध पक्षको चर्चा गर्दै त्यसको वस्तुस्थितिको विश्लेषण गरेका छन् ।  चार खण्डमा विभाजित यस पुस्तकमा आर्थिक वृद्धि र असमानताको चर्चा गरिएको छ । त्यस्तै नेपालको विदेशी मुद्रा आर्जनको प्रमुख स्रोतहरू विप्रेषण, विदेशी सहयोग र पर्यटनका बारेमा लेखकले विश्लेषण गरेका छन् । लेखकका अनुसार नेपालको अर्थतन्त्र मुख्यतया ६ ओटा विशेषता छन् । ती हुन्– राजनीतिक गतिरोध, द्वन्द्व, कुशासन, जलविद्युत्को विकास, भूपरिवेष्ठितता र विदेशी सहयोग । यिनको सही निकास तथा उपयोगविना आर्थिक वृद्धि हासिल गर्न र असमानता न्यूनीकरण गर्न नसकिने ढुंगेलको निष्कर्ष रहेको छ । जलस्रोत, त्यसको उपयोग, भारत–नेपालबीच भएको ऊर्जा सम्झौता र जलविद्युत्को विकासमा वैदेशिक लगानीका अवरोधबारे चर्चा गर्दै लेखकले बिजुलीको स्वदेशी खपतको आवश्यकता उल्लेख गरेका छन् । नेपालको आर्थिक समृद्धिको बाधक राजनीतिक अवरोध नै भएको लेखकको निष्कर्ष रहेको छ । उनका अनुसार सरकारको ‘रेन्टसीकिङ’ प्रवृत्ति, भ्रष्टाचार, गरीबीका कारण समृद्धिको आकांक्षा पूरा गर्न कठिन भएको हो । ३–४ प्रतिशतको सुस्त आर्थिक वृद्धिले समृद्धिको यात्रा अलमलिएको छ भने आर्थिक असमानता पनि बढ्दो छ । नेपालको अर्थतन्त्र विप्रेषणमा निर्भर रहेको र वैदेशिक सहायता तथा ऋणको परिचालन पनि सही परियोजनाका लागि नभएकाले समृद्धिको यात्रामा अवरोध रहेको लेखकको ठम्याइ छ । तर, जलविद्युत्, कृषि, पर्यटन र सेवा क्षेत्र नेपालको समृद्धिको आधार भएकोमा उनी विश्वस्त छन् । सरकारको विश्वसनीयता, संस्थाहरू स्वनिर्णयमा चल्न सक्ने अवस्था आदिबाटै समृद्धि सम्भव छ भन्ने तथ्य पुस्तकमा प्रस्तुत गरिएको छ । डिमाई साइजमा ३०० भन्दा बढी पृष्ठ रहेको यस पुस्तकको वितरणको जिम्मा रत्नपुस्तक भण्डारले लिएको छ । अन्तरराष्ट्रिय जर्नलका सम्पादक समेत रहेका ढुंगेलले नेपालको ऊर्जा खपतको प्रवृत्ति विषयमा विद्यावारिधि गरेका हुन् । आर्थिक तथ्यांकहरूसहित अर्थतन्त्रका विविध पक्षबारे विश्लेषण गरिएको अंग्रेजी भाषाको यो पुस्तक नेपाली अर्थतन्त्रको स्वरूप, वर्तमान र भावी दिशाबारे जानकारी राख्न उपयोगी हुने देखिन्छ ।

वन क्षेत्र समृद्धिको आधार हो : मन्त्री बस्नेत

काठमाडौं : वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले वन क्षेत्रलाई मुलुकको समृद्धिको मुख्य आधार बनाउने दाबी गरेका छन्। वन तथा वातावरण विकासको बाधक हुन नदिने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले वन क्षेत्रले मुलुकको विकास, निर्माणको काममा अवरोध गरिरहेको भन्ने भनाइमा सत्यता नरहेको पनि स्मरण गराए।  सोमबा...

समृद्धिको आधार र औजार

नेपालजस्तो हिन्दुकुश हिमालय क्षेत्रमा अवस्थित पर्वतीय भूभागलाई विकासको मूल प्रवाहमा ल्याउन यहाँका कलिला पहाड, कमजोर भूबनोट, उपोष्णदेखि शीतोष्ण हावापानी तथा कठिन भौगोलिक अवस्थिति बाधक रहिआएको छ । यस्तो क्षेत्रमा बसोबास गरी आफ्नो जीवन कष्टपूर्ण तवरले निर्वाह गरिरहेका नेपालीको जीवनस्तरमा सुधार ल्याई यस क्षेत्रको समग्र विकास गर्न जनजनको बाँच्ने आधार र विकल्पहरू खोज्नुपर्ने हुन्छ । यसका लागि भरपर्दो, दिगो र निर्विकल्प उपायका रूपमा अगाडि आएको विकासको अवधारणा ऊर्जा, कृषि, पर्यटन र पूर्वाधारको विकास नै हो ।