प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता डा. दिनमणि पोखरेललाई नियुक्तका लागि सिफारिस गरेका छन् । प्रधानमन्त्री दाहालले पोखरेललाई महान्यायाधिवक्ता नियसक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको प्रधानमन्त्रीको सचिवालय स्रोतले दावी गरेको छ । माओवादी केन्द्रनिकट मानिने वरिष्ठ अधिवक्ता पोखरेल सर्वोच्च अदालतको न्यायाधीशमा जाने चर्चा चलेको थियो । प्रधानमन्त्रीमा दाहाल नियुक्त भएसँगै सरकारको कानुनी सल्लाहकारको रुपमा महान्यायाधिवक्तामा