३० चैत, काठमाडौं । यतिबेला काठमाडौं शहरका कतिपय ठाउँ रंगविरंगी फूलले ढकमक्क छ ।
सडक छेउ, पर्खाल, खोला किनारलाई बेगमबेलीले रहरलाग्दो बनाएको छ । त्यसैले त भिडियो बनाउनेदेखि फोटो खिच्नेहरुलाई यी मनमोहक दृश्यले लोभ्याएको छ ।
यी …
काठमाडौं : नेपालीहरूको दोस्रो ठूलो चाड तिहार अन्तर्गत आज लक्ष्मीपूजा । घर-घरमा धनधान्यकी देवी लक्ष्मीको पूजा गरेर धुमधामसँग मनाईंदै छ। घरघरमा दीपावली र लक्ष्मीपूजा गरेर मनाइने यो चाडको विशेष रौनक हो।फूल र बत्तीको पर्व पनि हो तिहार। तिहारको पाँच दिन घरघरमा बत्ती र फूलले सजाएर झकिझकाउ बनाइन्छ। यतिबेला फूल र बत्तीको झिलीमिलीले काठमाडौं शहर पनि झलमल्ल बनेको छ।लक्ष्मीपूजाको दिन राजधानी उपत्यकासहित देशभरका सहर चम्किएका छन्। पहिले दियो र मैनबत्ती बालेर गाउँ
काठमाडौं । काठमाडौं शहर भन्ने बित्तिकै धुलो, धुवाँ, हिलो मनमा आइहाल्छ । काठमाडौं उपत्यकाका सडकको अवस्था नै यस्तै छ । जता हेर्यो, त्यतै धुवाँ र धुलो अनि खाल्डाखुल्डी । ट्राफिक जाम, पैदलयात्रुमैत्री फुटपाथ नहुनु लगायतका अन्य दुःखका कुरा मनमा खेल्ने गर्दछन् । न बिहान स्वच्छ हावा खाँदै मर्निङ वाक गर्ने स्थान छ त न कतै […]
काठमाडौं । मुलुकभर फैलिएको वायु प्रदूषणले आम नागरिकको जनस्वास्थ्यमा गम्भीर असर पर्न थालेको छ । विश्वका प्रदूषित शहरमध्ये पहिलो सूचीमा काठमाडौं शहर परेको छ । प्रदूषित शहरको पहिलो सूचीमा काठमाडौं परेपछि मुलुकभरका आन्तरिक उडान प्रायः ठप्प भएका छन् । अहिले वायु प्र्रदूषणका कारण बालबालिका र वृद्धवृद्धा प्रभावित भएका छन् । वायु प्रदूषणको अन्तर्राष्ट्रिय मापन निकाय […]
काठमाडाैं । यति बेला काठमाडौं शहरका मुख्य रात्रीकालीन व्यापार र व्यवसाय हुने ठाउँहरु उज्यालोले धपक्क बलेका छन् । बिजुलीको पर्याप्ततासँगै शहर रंगीचंगी उज्यालोले झकिझकाउ भएकाे हाे । शहरका चोक, गल्लीहरु र रात्रीकालिन व्यापार व्यवसाय सञचालन हुने ठाउँमा सडक र भवनहरु यतिबेला धपक्क बलेको देख्न सकिन्छ । मठ मन्दिरहरुमा बिजुली बत्तीको चमक छरपस्ट भएकाे छ । […]
काठमाडौं : अव्यवस्थित फोहोर मैलाको विरोधमा नेकपा (एमाले) काठमाडौंले प्रदर्शन गरेको छ। एमाले काठमाडौंले गठबन्धन सरकारले फोहर व्यवस्थापनमा देखाएको बेवास्ताप्रति विरोध प्रदर्शन गरेको हो।
विरोध प्रदर्शनमा सहभागीहरुले ‘दुर्गन्धले बेहोस हुने भइयो’, ‘हाम्रो फोहोर कहिले उठ्ने?’, ‘गठबन्धन सरकारको महानगरवासीलाई उपहार, काठमाडौं शहर फोहोरै फोहोरको शहर’ लगायत लेखिएको पम्पलेट प्रदर्शन गरेका थिए।…
काठमाडौं : उपत्यकाका चोक चोक र गल्ली गल्लीहरूमा फेरि फोहोरको थुप्रो लाग्न थालेको छ।काठमाडौं महानगरभित्रका विभिन्न शहर तथा गल्लीहरूमा करिब एक महिनादेखि फोहोर उठ्न सकेको छैन। समयमा फोहोर उठ्न नसक्दा चोक–चोकमा फोहोरको डङ्गुर थुप्रिएर दुर्गन्धित बनेको छ।काठमाडौंका चोक चोकमा थुप्रियो फोहोर, अवरोध खुलाउन महानगरले गुहार्यो संघीय सरकारस्थानीय तह निर्वाचनका बेला मत माग्न सबैले फोहोर व्यवस्थापनलाई प्रमुख एजेण्डा बनाएका थिए। तर, चुनावपछि पराजित भएका उम्मेदवार र राजनीति दलहरूल
चैत २९ काठमाडौं । शहरी विकास मन्त्री राम कुमारी झाँक्रीले काठमाडौं शहर कुरुप भएको भन्दै बस्न होइन हेर्न पनि लायक नहुने अवस्था आउने बताएकी छन् ।
मंगलवार आयोजित राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी कोरिडोर ऐन तर्जुमा सम्वन्धि परामर्श गोष्ठीमा बोल्दै मन्त्री झाँक्रीले यस्तो बताएकी हुन् ।
‘शहर कुरुप छ, यस्तै हो भने यो बस्न होइन हेर्न लायक पनि नहुने अवस्था आउन सक्छ । खोला नालामा परिणत भएका छन्, वर्षा लाग्यो भने खोला वस्तीमा पस्छ । खोलामा वस्ती बसाएका छौं, खोला वस्तीमा होइन, वस्ती खोलामा पसेको हो’, उनले भनिन् ।
ढल, खानेपानी, बाटो, यातायात आम मान्छेले शहरी मन्त्रालयले हेर्ने हो भन्ने बुझेका छन् भन्दै मन्त्री झाँक्रीले विद्युतको पोलमा टाँगिएका तार, हरेक ठाउँमा खनेको बाटोलगायत कुरा युटिलिटि करिडोर मार्फत गर्न सकिन्छ कि भनेर यसको परामर्श शुरु गरेको बताइन् ।
बसाइँसराई डरलाग्दो भएको भन्दै मन्त्री झाँक्रीले यो अवसर पनि भएकोले सहि व्यवस्थपन हुनुपर्ने बताइन्। ‘ पहाडबाट तराई र तराईबाट काठमाडौं बसाइँ सर्नेको लर्को लागिरहेको छ’, उनले भनिन् ।
त्यस्तै सानो सानो बजेटको लागि पनि मन्त्रालय धाउने गरेको बारे पटक - पटक असन्तुष्टी व्यक्त गर्दै आएकी मन्त्री झाँक्रीले नगरका वडा र केन्द्रीय सरकारले गर्ने काम एउटै प्रकारका भएको बताइन् ।
‘५ लाखको योजना माग्न केन्द्रमा आउने आवस्यकता हो या धारणा हो ? पत्ता लगाउँ, विकासे मन्त्रालयले बाटो गाउँमा पुर्याए, मोटर चढेर तराई झरे’, उनले भनिन्, ‘गाउँ - गाउँमा स्कुल छन्, मान्छे बसाईं सरेको सर्यै छन्। टोल टोलमा विद्यालय छन् मर्जर गर्ने अवस्था आएको छ ।‘
काठमाडौं : शहर के हो? भौतिक सुविधाले सम्पन्नताको मानक वा मान्छेको भिड? भौतिक सुविधा शहरको विशेषता हो। तर, कतिपयका लागि सपना हो। कतिका लागि जिउने आधार हो। मान्छेको भिड र उनीहरूको सपनाले घेरिन्छ शहर। अवसर र चुनौतीको सार हो शहर।अहिलेका चल्तीका दोहोरी गायक वसन्त विश्वकर्मालाई कुनै बेला शहर अवसरै अवसरको शहर हो भन्ने लाग्थ्यो। गायक बन्ने सपना देखेर उनी वि.स २०७२ को शरद ऋतुको समयमा उनी उपत्यका छिरेका थिए।उपत्यका छिरेकै भोलिपल्टै उनलाई महसुस भयो, 'क्या गज्जबको शहर! क्षमता छ भने यो अवसरै अव
काठमाडौं : चिसो बढ्न सुरु भएसँगै काठमाडौंको वायु प्रदुषण ह्वात्तै बढेको छ। काठमाडौंमा अहिले हानिकारक कुहिरो मडारिएको छ।
केहीदिन देखि काठमाडौं धुम्म भएको छ। लाग्छ चारैतिर हुस्सु लागेको छ। त्यही धुवाँजस्तो पातलो कुहिरो काठमाडौंवासीका लागि निकै खतरनाक बनेको छ।
अत्याधिक संख्यामा रहेको सवारी साधन, काठ बाल्ने प्रवृत्ति, सडक निर्माण कार्य…
१७ कात्तिक, काठमाडौं । तिहार उज्यालो पर्व हो । तिहारमा घर, पसल, कार्यालय आदि झिलीमिली उज्यालो पार्ने चलन हुन्छ । आज तिहारको दोस्रो दिन काठमाडौं शहर झिलीमिली देखिएको छ । तिहारमा झिलिमिली बनाउने मुख्य दिन लक्ष्मीपूजा हो । आज लक्ष्मीपूजाको अघिल्लो दिन पनि काठमाडौंका मुख्य बजार क्षेत्र, सपिङ मल, विभिन्न कार्यालयहरु, ठूला भवन, सडक उज्यालो […]