झिलिमिली काठमाडौं (फोटो फिचर)

काठमाडौं : नेपालीहरूको दोस्रो ठूलो चाड तिहार अन्तर्गत आज लक्ष्मीपूजा । घर-घरमा धनधान्यकी देवी लक्ष्मीको पूजा गरेर धुमधामसँग मनाईंदै छ।  घरघरमा दीपावली र लक्ष्मीपूजा गरेर मनाइने यो चाडको विशेष रौनक हो।फूल र बत्तीको पर्व पनि हो तिहार। तिहारको पाँच दिन घरघरमा बत्ती र फूलले सजाएर झकिझकाउ बनाइन्छ। यतिबेला फूल र बत्तीको झिलीमिलीले काठमाडौं शहर पनि झलमल्ल बनेको छ।लक्ष्मीपूजाको दिन राजधानी उपत्यकासहित देशभरका सहर चम्किएका छन्। पहिले दियो र मैनबत्ती बालेर गाउँ