मध्यपश्चिम विश्वविद्यालयले कुनै पनि हालतमा अनलाइन परीक्षा गर्न नसकिने स्पष्ट पारेको छ । बिहीबार एक सूचना जारी गर्दै विश्वविद्यालयले विद्यार्थी संगठनको अनलाइन परीक्षाको माग सम्बोधन गर्न नसकिने बताएको हो । संयुक्त विद्यार्थी संगठनले १८ बुँदे मागमा अनलाइन परीक्षाको माग समेत गरेको थियो । विगतको अनुभव, उपलब्ध प्रविधि र यसको पहुँच, शैक्षिक गुणस्तर, वैधानिकता तथा विद्यार्थीको भविष्यलाई समेत मध्यनजर गर्दै विश्वविद्यालयले उक्त माग पुरा गर्न नसकिने प्रष्ट पारेको छ । नेपाल विद्यार्थी संघ, अखिल ने