मध्यपश्चिम विश्वविद्यालय र भारतको चण्डीगढ विश्वविद्यालयले आपसमा शैक्षिक सहयोग एवं द्विपक्षीय सम्बन्धलाई बढावा दिने उद्देश्यले समझदारी पत्र ९एमओयू० मा हस्ताक्षर गरेका छन् । भारतको पञ्जाबमा मङ्गलबार आयोजित कार्यक्रममा मध्यपश्चिमका उपकुलपति प्रा डा नन्दबहादुर सिंह र चण्डीगढ विश्वविद्यालयका सहकुलपति प्रा डा आरएस बावले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो । समझदारी पत्र हस्ताक्षर भएको मितिदेखि पाँच वर्षसम्म लागू हुनेछ । सम्झौतापछि दुवै विश्वविद्यालयले शैक्षिक उत्कृष्टता, सङ्काय र विद्यार्थ