इरानको रिभोल्युसनरी गार्ड्सले अमेरिकाको संसद् भवन क्यापिटोल ध्वस्त पारेको र जेरुसेलम स्वतन्त्र बनाएको भन्दै प्रचारबाजीका लागि नक्कली भिडियो सार्वजनिक गरेको छ ।
उक्त भिडियो इरानको सरकारी टीभीमा आइतवार प्रसारण गरिएको हो । देशका सर्वोच्च शासक अली खमेनीले राष्ट्रको नाममा सम्बोधन गर्नुअघि उक्त भिडियो देखाइएको थियो ।
भिडियोमा आईआरजीसीका सैनिकहरू फर्मेसनमा रही अगाडि बढिरहेको देखिन्छ । अर्को दृश्यमा अपरिचित स्थानबाट क्षेप्यास्त्र प्रहार गरिएको देखिन्छ ।
त्यसपछिको फ्रेममा क्यापिटोल ध्वस्त पारिएको देखाइन्छ । त्यसको ...