नेकपा क्रान्तिकारी माओवादीले अमेरिकी दूतावास अगाडि प्रदर्शन गर्ने क्रममा पक्राउ परेका पार्टीका नेता कार्यकर्तालाई रिहा गर्न माग गरेको छ । पार्टीका महासचिव मोहन वैद्य किरणले शुक्रबार जारी गरेको विज्ञप्तिमा पार्टीका नेता तथा कार्यकर्ताहरु अमीर महर्जन, खगेन्द्र छन्त्याल, टेक बहादुर वि.क., जगदीश्वर महर्जन, राधाकृष्ण थापा, शोभा वि.क., हरि वि.क., शंकर बोहोरा,संसेर वि.क. लगायत पक्राउ परेको उल्लेख गरिएको छ ।
क्रान्तिकारी माओवादीले दक्षिण तथा मध्य एसियाको मामला हेर्ने अमेरिकी राज्य सहायक मन्त्री डोनाल्ड लुको नेपाल भ्रमणको विरोध र एमसीसी...