काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा उलंघन गर्दै होटल सञ्चालन गर्ने सञ्चालनमाथि ४ लाख रुपैयाँ जरिवाना भएको छ ।
महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले त्रिपुरेश्वर स्थित रहेको युनाइटेड बिजनेस होटलमा छापा मारी होटल सञ्चालक अश्विन श्रेष्ठलाई ४ लाख जरिवाना तिराएको हो ।
श्रेष्ठले होटल खुला गरी मान्छे भेला गराई समाजमा सङ्क्रमण रोग फैलाउने कार्य गरी रहेको पाइएकाले कानुनी कारबाहीको लागी जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा पठाईएकोमा सो जरिवाना गराइएको हो ।
यस्तै २ विदेशी नागरिकसहित अन्य ८ जनालाई पनि जरिवान...