काठमाडौं, ११ असोज । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई कोरोना संक्रमण भएको छ। अधिकारी संक्रमण पुष्टि असोज ५ गते भएदेखि नै होम आइसोलेसनमा बसेका हुन् । अधिकारीको स्वास्थ्य लाभ नभएसम्मका लागि डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनालाई कायममुकायम गभर्नरको रुपमा जिम्मेवारी दिएको बैंकले जनाएको छ ।