एमाले केन्द्रीय सचिवालय बैठक जारी

काठमाडौं, ३० फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय थापाथलीमा जारी बैठकमा स्थानीय तहको आगामी निर्वाचनबारे छलफल भैरहेको छ । पार्टीका महासचिव शंकर पोखरेलको अध्यक्षतामा जारी बैठकमा समसामयिक राजनीतिक विषयमा समिक्षा पनि गरिने जनाईएको छ । स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते एकै […]

सम्बन्धित सामग्री

समानुपातिक उम्मेदवार टुंग्याउन एमाले सचिवालय बैठक बस्दै

काठमाडौं, मंसिर २३ । समानुपातिकतर्फ निर्वाचित सांसदहरूको नाम टुंगो लगाउन आज नेकपा (एमाले) केन्द्रीय सचिवालय बैठक बस्ने भएको छ । निर्वाचन आयोगले राजनीतिक दलहरूले समानुपातिकतर्फ प्राप्त गरेको सिट संख्या टुंग्याएर निर्वाचित हुने सांसदहरूको नामबारे सुझाब मागेलगत्तै एमालेले बैठक बोलाएको हो । समानुपातिकतर्फ पहिलो लोकप्रिय मत पाएको एमालेले संघमा ३४ जना सांसद निर्वाचित गराउनेछ । त्यस्तै, एमालेले सातमध्ये ६ […]

समानुपातिकको बन्दसूची तयार गर्न एमाले बैठक

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि समानुपातिक तर्फका उम्मेदवारको बन्द सुची बनाउन नेकपा एमाले केन्द्रीय सचिवालय बैठक बसिरहेको छ । एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार बैठक अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा केहीबेर अघिबाट सुरु भएको हो । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीमा भाग लिने दलहरूलाई असोज २ र ३ गते बन्द सुची पेश गर्न सूचना जारी गरेकाले एमाले लगायतका सवै दलहरु बन्द सूची बनाउन केन्द्रीत भएका हुन् ।  आयोगले समानुपातिक सुची पेश गर्न दुई दिन समय दिएकाले त्य

एमाले केन्द्रीय सचिवालय बैठक जारी

काठमाडौं। एमाले केन्द्रीय सचिवालयको बैठक केन्द्रीय कार्यालय, च्यासलमा शुरु भएको छ । बैठकमा आगामी निर्वाचनको तयारी, प्रचार कामको व्यवस्थापन, बैचारिक-राजनीतिक प्रशिक्षण, सदस्यता विस्तार र नवीकरण, विभागहरूको काम व्यवस्थापनलगायतका सातवटा कार्यसूचीमा छलफल र निर्णय हुने केन्द्रीय सदस्य विष्णु रिजालले बताएका छन् ।

एमाले केन्द्रीय सचिवालय बैठक सुरु

काठमाडौं, १९ असार । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय, च्यासलमा शुरु भएको बैठकमा आगामी निर्वाचनको तयारी, प्रचार कामको व्यवस्थापन, बैचारिक(राजनीतिक प्रशिक्षण, सदस्यता विस्तार र नवीकरण, विभागहरूको काम व्यवस्थापनलगायतका सातवटा कार्यसूचीमा छलफल र निर्णय हुने केन्द्रीय सदस्य विष्णु रिजालले बताएका छन् ।

बालकोटमा एमाले सचिवालय बैठक जारी

नेकपा एमाले केन्द्रीय सचिवालय बैठक बसिरहेको छ । अध्यक्ष केपी ओलीको निवास बालकोटमा केहीबेर अघि बैठक सुरु भएको हो । सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्ने नेताहरुले बताएका छन् । स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै चुनावी रणनीति बनाउन एमालेले केन्द्रीय कमिटी र स्थायी कमिटी र पोलिटब्युरो बैठक बोलाउने तयारी गरेको छ ।

एमाले केन्द्रीय सचिवालय बैठक बस्दै

काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज मंगलबार बस्दैछ। स्थानीय तहको चुनाव नजिकिँदै गएपछि त्यसको तयारीसहितका विषयमा छलफल गर्न नेकपा एमालेले दिउँसो ३ बजेका लागि सचिवालयको बैठक बोलाएको हो।

बालकोटमा एमाले केन्द्रीय सचिवालय बैठक बस्दै

काठमाडौं, चैत १। नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दिउँसो ३ बजे बस्ने तय भएको बैठकमा स्थानीय तहको निर्वाचनको तयारीलगायत समसामहिक विषयमा छलफल हुने जनाईएको छ । आजको बैठकमा स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको आह्वान गर्ने एमालेको तयारीको बारेमा समेत छलफल हुने जनाइएको छ […]

एमाले केन्द्रीय सचिवालय बैठक सुरु

काठमाडौं, १९ माघ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को केन्द्रीय  सचिवालयको बैठक भर्खरै सुरु भएको छ। दिउँसो १ बजे बस्ने भनिएको केही बेर ढिलो गरेर भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बैठक सुरु भएको हो । स्थानिय तहको निर्वाचन जेठमा हुने भएलगत्तै पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माणलगायत विषयमा छलफल गर्न बैठक बोलाइएको हो । मंगलबार […]

एमाले केन्द्रीय सचिवालय बैठक सुरु

काठमाडौं : नेकपा (एमाले)को केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ। भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बैठक सुरु भएको उपमहासचिव प्रदीपकुमार ज्ञवालीले जानकारी दिए। बैठकमा स्थानीय तहको निर्वाचन, यही माघ १२ गते सम्पन्न राष्ट्रियसभा निर्वाचनको समीक्षालगायत समसामयिक विषयमा छलफल हुने उनले बताए। यस्तै‚ विभागहरू गठन, प्रदेश, जिल्ला र जनसंगठनका अधिवेशनलगायतका विषयमा पनि छलफल हुने बैठको कार्यसूची रहेको छ। एमाले केन्द्रीय सचिवालयमा केन्द्रीय अध्यक्षसहितका पदाधिकारी रहने व्यवस्था छ। एम

एमाले केन्द्रीय सचिवालय बैठक सुरु

नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको हो ।