समानुपातिकको बन्दसूची तयार गर्न एमाले बैठक

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि समानुपातिक तर्फका उम्मेदवारको बन्द सुची बनाउन नेकपा एमाले केन्द्रीय सचिवालय बैठक बसिरहेको छ । एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार बैठक अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा केहीबेर अघिबाट सुरु भएको हो । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीमा भाग लिने दलहरूलाई असोज २ र ३ गते बन्द सुची पेश गर्न सूचना जारी गरेकाले एमाले लगायतका सवै दलहरु बन्द सूची बनाउन केन्द्रीत भएका हुन् ।  आयोगले समानुपातिक सुची पेश गर्न दुई दिन समय दिएकाले त्य